banner
banner

छाउपडी : समस्या घटेको छैन

पदम हमाल -
पश्चिम पहाडका जिल्लामा विद्यमान छाउपडी उन्मुलनका लागि एनजीओ, आइएनजीओ खटिए पनि सरकारले चेतना बढाउने कार्यक्रम गर्न नसक्दा घटेको छैन । अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरादेखि सुर्खेतसम्मका  जिल्लाहरू छाउगोठ भत्काइयो तर भत्केका छाउगोठहरु फेरिब न्न थालेका छन् । किन ? यसको जवाफ सरकारले दिन सक्ने स्थिति छैन किनभने सरकारलाई सत्ता र भ्रष्टाचारमा जुन स्वाद आइरहेको छ, समाज सुधारमा उसको ध्यान देखिन्न ।
छाउ प्रथाबाट अहिले पनि आक्रान्त भइरहेका छन् महिलाहरु । रजस्वला अथवा सुत्केरी अवस्थाका महिलाले घरका मालमत्ता छोए अनिष्ट हुने, देवता रिसाउने अन्धविश्वासमा छन् ग्रामीण जनता । यस्तै अन्धपरम्परालाई पछ्याएर महिलाहरूलाई घरभन्दा अलग रहेको छाउपडी गोठमा उनीहरू शुद्ध नहोउन्जेल भन्दै केहीदिन राख्ने गरिन्छ । वर्तमान सभ्य युगमा पनि यस्तो छुवाछूतलाई प्रोत्साहित गरेर महिलाप्रति विभेदकारी प्रचलनबाट मुक्त गर्न जरुरी छ । छुन नहुने, अशुद्ध हुने नाममा महिलालाई राखिने त्यस्ता छाउपडी गोठ पशुलाई राखिने गोठभन्दा पनि स्तरहीन र सर्पको समेत जोखिममा रहेका हुनछन् । घरभन्दा अलग रहेका, मान्छे बस्न लायक नभएका, असुरक्षित, अस्वस्थकर त्यस्ता खोरमा बस्नुपर्दा धेरै महिलाले ज्यान गुमाएका समाचार बेलाबेला आउने गरेका छन् ।
छाउपडीया एक्लै बसेकी महिला कहिले बलात्कृत हुने कहिले बाघ भालुको शिकार बन्नुपर्ने, कहिले चिसोले कठाङ्ग्रिएर मर्नुपर्ने, कहिले न्यानो निम्ति बालेको आगोको धुवाँमा निसासिएर ज्यान जाने जस्ता घटनामा पर्ने गर्दछन् । कतिपय छाउपडी प्रथा उन्मुलन घोषणा गरिएका गाउँमा छाउ बसेका युवतीहरुले ज्यान गुमाउनु परेका घटना सार्वजनिक हुँदा समेत सरकार मौन छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper