banner
banner

पृथ्वीनारायण शाहको थिति सम्बन्धि सोच

स्वयम्भुनाथ कार्की -
नेपालको इतिहासमा पृथ्वी नारायण शाह भन्दा पहिले गोरखामा राजा रामशाहले अनि काठमाण्डौ खाल्टोमा राजा जयस्थिति मल्ल र राजा महिन्द्र मल्लले समाजिक व्यबहारका निमित्त थिति बसाएका थिए । यस्ता थितिहरु शासन संचालनका निमित्त मार्ग चित्र त थिए नै त्यस वेलाको समय सापेक्ष ककसले के के गर्नु पर्छ, समाजिक मान्यता कसरी कायम राख्नु पर्छ व्यापार र व्यबहारमा कस्तो नैतिकता राखिनु पर्दछ भन्ने कुराहरुमा राज्य र जनताको कर्तव्य निश्चित गर्ने मनसायले बाँधिएका थिए । चौधौं शताव्दिका मल्ल वंशका पहिला शासकले जसलाई जे मन लाग्यो त्यहि गर्ने अनि शासकले पनि जति खेर जे सनक चड्यो त्यहि हुकुम गर्ने परिपाटीको अन्त्य गर्दै विभिन्न विषयमा नियम बनाएका थिए ।
प्रजाको घरखेतलाई उनीहरुको सम्पत्ती स्विकार गरेर जग्गाको वर्गिकरण गर्ने, जरिवाना समेतको प्रचलन गरेर नया दण्ड विधान गर्ने विभिन्न नापतौललाई परिभाषित गर्ने नियमका साथै आज कल सर्वाधिक आलोच्य वनेको जातजातीको परिभाषा उनिहरुले गर्नु पर्ने काम र उनिहरुको स्तर पनि निर्धारण गरेका थिए । त्यहि वेलादेखि नेपालमा उपल्लो जात र तल्लो जातको भेदभाव पनि शुरु हुने आधारभूमि तैयार भएको थियो । सबै राम्रो थिति हुँदाहुदै मन्छेमान्छेमा भेदभाव हुने थिति समेत वाँधिदा अहिलेको सोचाएईमा एउटा नराम्रो काम भएको छ तर यो सबै आजभन्दा १७ सयबर्ष पहिलेको कुरा भएकाले आजको परिपेक्षमा मूल्यांकन गरिनु हुन्छ वा हुन्न त्यो भने लामो वहसको विषय हुन सक्छ । हुनसक्छ आजका प्रगतिशिल भनिएका कुरा सयबर्ष पछिको मापदण्डमा बर्बर लागोस ।
त्यस पछि मध्य सोह्रौ शताव्दिमा राजा महिन्द्र मल्लले त्यहि थितिमा केही थिति थप गरेर जारी गरेका थिए । जुवा खेल्ने मनाहि गर्ने कामका साथै गाउँगाउँ टोल टोलमा झगडामा न्याय अन्याय हेर्न त्यहि ठाउँबाट थकाली नियुक्त गरेर त्यस ठाउँको जिम्मेवारी सुम्पने काम गरेका थिए । उत्पादनका साधनहरु खाली नराख्नु, गाउ टोलको विकास हुने काम गर्नु अनि आफ्ना ठाउका सबैले खाए सुनिश्चित गर्ने कामको जिम्मेवारी पनि थकालीलाई सुम्पने काम भएको थियो । यसरी पञ्चायतको आदिमरुपको स्थापना उनले गरेका थिए । वाहिरबाट कुनै पनि शिप र कौशल जुनसुकै तरिकाले पनि सिक्न प्रेरित गरेका थिए । यस्तो शिप सिक्ने कामा उचित अनुचित सबै किसिमका उपाएहरु अबलम्बन गर्नुलाई उनले देशसेवा हो भन्ने थिति बाँधेका थिए ।
यसैको केही पछि सत्रौ शताव्दिको शुरुमा गोरखामा रामशाहले पनि थिति बाँधेका थिए । उनको यो थितिमा कुनै कुराको आयतन नाप्न मुठि माना पाथी मुरी, तौल नाप्न लाल मासा  तोला,बोडी विसौली घार्नी जस्ता नाप तौलको परिभाषा गरेका थिए । ऋण धनको व्यबस्थापन विर्ता दिदाको नियम जस्ता कुरा पनि राम शाहको थितिमा सामेल थियो । जग्गा आवाद गर्ने, बाटो पानीघाट, गौचर, गुठी आदिको पनि नियमन रामशाहको थितिले गरेको थियो । यो वाहेक तत्कालिन आफुलाई सहयोग गर्नेहरुलाई दरवारमा स्थान इत्यादिको व्यबस्था पनि गरिएको थियो । यो कुरा कालान्तरमा कायम राख्न नसकिने कुरा थियो । यस्ता थितिहरु समयानुसार अध्यावधिक गर्न‘ पर्ने आबश्यकता पृथ्वीनारायण शाहलाई बोध भएको थियो । 
नेपालको एकिकरण अभियानमा आफ्नो शासनकालको अधिकांश समय खर्च गरेका पृथ्वी नारायण शाहले संभवत आफ्नो अन्त्य कालको आभाष पाई सकेका थिए । त्यसैले आफ्नो दिव्य उपदेशमा भन्छन, ‘उप्रान्त राजा राम शाहले बाध्याको थिति पनि हेरिसकें । राजा जयेस्थितिमल्ले बाध्याको थिति पनि हेरिसकें । राजा महिन्द्र मल्लले बाध्याको थिति पनि हेरिसकें, इश्वरले दियो भन्या म पनि यस्ता बन्देजको बाह्र हजारको थिति बांधि जाला भन्ने अभिलाषा थियो ।’ (दिव्य–उपदेश, तृतीय संस्करण,  ऐ. शि. बाबुराम आचार्य योगी नरहरीनाथ पृ४७) । तर यति हुदाहुदै पनि उनले आफ्ना भावी पिढीलाई यो यो थिति गर्नु भनेर दिव्य उपदेशमा अह्राएर गएका छन । उनको दुरदर्शिता र जुझारुपनको राम्रो छनक दिव्य उपदेशमा लिपिवद्ध भएको छ आफ्mुले बाध्न चाहेको थितिको वारेमा उल्लेख गरेर ।
‘अदालतका पैसा दरबार भित्र नहाल्नु । फकिर फकिडा अतित जोगी सन्यासि ब्राम्हणहरु  इनैलाई दषिणा भोजन चलाईदिनु । उप्रेका पैसा दक्षिणा चलाई धोती रुमाल चलाइदिनु । यस्व भया असत्यको दोष लाग्दैन ।
 षानी भयाका ठाउमा गाउ भयापनि गाउ अरु जग्गामा सारिकन पनि षानीचलाउनु । गह्रो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवद गर्नु ।’ (दिव्य–उपदेश, तृतीय संस्करण,  ऐ. शि. बाबुराम आचार्य योगी नरहरीनाथ पृ ५६—५७)
 दण्ड जरिवानालाई राजश्वको हिस्सा मान्न नहुने उनको कुरा आज पनि सान्दर्भिक छ, भने उत्पादन हुने जमिनलाई उत्पादनमै लगाउनु पर्छ भन्ने कुरा आजकल च्याउ सरी उव्जेका घडेरी कारोवार र त्यसले कृषि उत्पादनमा पारेको नकारात्मक असरले प्रष्ट देखाएको छ । जग्गालाई प्रयोग अनुसार वर्गिकरण गरेर त्यही प्रयोजनमा मात्र प्रयोग गर्न दिनुपर्छ भन्ने आजको विचार अठारौ शताव्दिमा नै पृथ्वी नारायण शाहले देखिसकेका थिए । 
‘राजाले ठुलो नि‘ा निसाफ हर्नु । अन्याय मुलुकमा हुन नदिनु । निया निसाफ विगान्र्या भन्याको घुस दिन्या र घुस खान्या । ईन दुईको त धन जिव गरि लियाको पनि पाप छैन । ई राजाका महा सतुर हुन ।’ (दिव्य–उपदेश, तृतीय संस्करण,  ऐ. शि. बाबुराम आचार्य योगी नरहरीनाथ पृ ५२)  राजाले अर्थात राजकाज चलाउनेले ससानो मामिलामा अल्झेर हुदैन उसले त ठुलो ठुलो मामिला हेर्नु पर्छ । मुलुकमा अन्याय हुन नदिनु र न्याय सुलभ र मुलाहिजा बेगरको बनाउने शासकको प्रमुख कर्तव्य हो । यो कर्तव्यमा व्यवधान भनेको भ्रष्टाचरले हुन्छ, त्यसैले यीनीहरुलाई निमिट्यान्न पर्नु पर्छ भन्ने पृथ्वी नारायण शाहले गरेको कुरा आज पनि उत्तिकै सान्दर्भिक भएको कुरा अस्विकार गर्न सकिने कुरा हैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper