banner
banner

यसवर्षदेखि फेरि एकता दिवस

गोविन्दप्रसाद पौडेल -
माओवादीले राष्ट्र निर्माताको सम्झना गर्नु हुन्न भनेर विदा कटौती गरेको थियो, बल्ल चुनाव आयो र चुनावी सरकारले विदा पुनस्र्थापना गर्ने निर्णय गर्‍यो । यसकारण यो कार्यको प्रशंसा गर्नुपर्छ ।
१० वर्ष अघि काटिएको राष्ट्रनिर्माताको सम्झनामा मनाइने एकता दिवस यसवर्ष पुस २७ मा मनाइनेछ, यो देशभक्तहरुको जित हो ।
तर एमालेले विरोध गरेको छ । एमाले आफूलाई नेपालवादी भन्छ, स्वाधीनताको पक्षमा रहेको बताउँछ, तर एमालेका नेताहरुले विदा दिनुहुन्नथ्यो भनेर किन भनिरहेका छन् ? यो बुझ्न सकिन्न, एमालेको दोहोरो चरित्र छ ।
पहिले पैगम्भर महोम्मदको विदा दियो, क्रिशमसको विदा दिइयो र बल्ल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा बिदा दिने निर्णय गरियो । यो घटना पनि आश्चर्यलाग्दो हुनगयो । राष्ट्रनिर्माता राष्ट्रका गौरव हुन् ।
जेहोस्, ढिला भए पनि गल्ती करेक्शन भएको छ । फेरि फेरि यस्तो गल्ती कुनै पनि पार्टी सरकारले नगरोस् । र, ०४६ सालपछि पुनस्र्थापना भएको दलीयतन्त्र आएको २७ वर्ष भयो । यो २७ वर्षमा लोकतान्त्रिक संस्कार र लोकले गर्व गर्न लायक एउटा पनि काम हुनसकेन । अव राष्ट्रनिर्माताको जन्मजयन्ती मनाएपछि निर्वाचित जनप्रतिनिधिहरुले ठप्प भएको विकासको प्रक्रियालाई गति दिउन् ।
चुनाव जितेपछि यो र त्यो गर्छु भनेर नेताहरु भाषणमाथि भाषण गरिरहेका छन् । लाग्छ, अहिलेसम्म केही पनि भएकै छैन । अव हुन्छ । अव हुन्छ भने नेताहरुले विकासको गतिलाई बढाएर रोजगारीको सिर्जना गरुन् । यसवर्षदेखि थालनी हुने एकता दिवसले राष्ट्रिय एकता र अखण्डताका साथै विकासको थालनी गरुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper