banner
banner

विद्याजी, चार दिनको रामछायाँ नहोस्

पदम हमाल -
सय दिनमा सय काम गर्ने प्रतिवद्धता तुहियो, तुहियो, मेयर विद्या सुन्दर शाक्यले धुलोमाण्डौंलाई सफा सुन्दर काठमाडौं बनाउन रातरातभर महानगरको साधन र स्रोत परिचालन गर्न थालेका छन् । ठमेल, रत्नपार्क, सिंहदरवार इलाकालाई राति नै ब्रमरसमेत लगाएर सफा गर्ने अभियान चलाउनु स्वागतको कुरा हो, तर भन्नैपर्छ, मेयरसाव, यो चारदिनको रामछायाँ, फेरि अन्धकार नहोस् ।
धुलोमुक्त क्षेत्र बनाउने अभियान थालनी भएको छ । विदाका दिन पनि महानगर सक्रिय रह्यो । यस्तो सक्रियता सिंहदरवार, ठमेल र रत्नपार्कमात्र होइन, बिस्तार गरेर सिंगो काठमाडौंमा यो सफाइ अभियान चल्नुपर्छ ताकि ललितपुर भक्तपुर नगरले पनि अनुकरण गरेर सफाइमा लाग्न बाध्य होस् ।
सफा, स्वच्छ, हराभरा काठमाडौं जस्ता नारा धेरै लागे । यी सबै नाराहरु चार दिनकी चाँदनी फिर अँधेरी रात साबित भएका हुन् । क्लिन काठमाडौं, जो निर्वाचित मेयरले सुरु गरेका छन्, यो नरोकियोस्, निरन्तर जारी रहोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper