banner
banner

राष्ट्रको अखण्डता बचाउने हो भने...

शाश्वत शर्मा -
गत कार्तिक ४ गते भाइटीकाको अवसरमा पूर्वराजाले व्यक्त गरेका उद्गारहरुको समर्थकहरुमा ढिलै भए पनि बिस्तारै स्वागत र समर्थनका स्वरहरु गुञ्जायमान हुनथालेका छन् । मुलुकभरि बरु सानै किन नहोस्, पूर्वराजाको समर्थनमा जुलुस र आमसभाहरु हुनुले बिस्तारै लहरको स्वरुप लिन थालेको आभाष हुनथालेको छ ।
केही राजावादीहरुले मात्र धानेका राजतन्त्रवादी आन्दोलन, हिन्दुराष्ट्रको लागि आन्दोलन अव बिस्तारै बिस्तारै दन्कदो छ । एकातिर गणतन्त्र भनाउँदो यो भाँडतन्त्रलाई संस्थागत गर्न केन्द्र र प्रदेशको चुनाव गराइदैछ भने अर्कातिर यो शासन व्यवस्थाका विरुद्ध संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रका लागि काठमाडोंलगायत मुलुकभर जुलुस, सभा सम्मेलन गरिदैछ, गराइँदैछ । एकथरिको विचारमा स्वयम् पूर्वराजा दलबलका साथ देखिनेगरेर मैदानमा उत्रने हो भने यो आन्दोलनको लक्ष्य पूरा हुन्छ । त्यस्तै अर्काथरिचाहिं पूर्वराजा अहिले नै सक्रिय रुपमा देखा पर्न ठिक नहुने तर्क राख्छन् ।
खासगरी इसाई र भारतीयहरको बोलवाला रहेको अहिलेको मुलुकमा सबैभन्दा पहिले राजतन्त्र र हिन्दुराष्ट्रका सम्बन्धमा चलाइएका नकारात्मक हल्लालाई दह्रो रुपमा चिर्न सक्नुपर्छ । विदेशी विधर्मीहरुले चलाएका प्रायोजित र नियोजित चलाएको राजतन्त्र र हिन्दुधर्मको बारेका गलत विचारलाई खण्डन गर्न सक्नुपर्छ । त्यसो गरेको खण्डमा केही नेपालीहरु जो अहिले पनि यी नेता र तिनको पार्टीहरुको लहैलहैमा लागेका छन्, तिनको होस ठेगानमा आउने थियो । वास्तवमा अहिलेको शासन व्यवस्था नेपाल र नेपालीकोहितमा छैन, यो सन्देश हरेक नेपालहिरुले बुझ्न सक्नुपर्छ, मुलुकप्रति चिन्तितहरुले तिनलाई बुझाउन सक्नुपर्छ । तवमात्र राजतन्त्रवाद र हिन्दुवाद आन्दोलन सफल होला ।
अवको आन्दोलन विचारको हुनुपर्छ । यतिबिघ्न असुरक्षाका बाबदुद केही नेपालीहरु नबुझेरै मुलुकलाई विनासतिर डोर्‍याउने चुनावमा होमिएका छन् । यो गणतन्त्र धर्मनिरेपक्षता अनि त्यो संघीयताले मुलुकलाई भड्खालोमा हाल्छ भन्ने कतिपयलाई थाह हुँदाहुँदै पनि कतिपय अन्जानवश गणतन्त्र, धर्मनिरपेक्षता रसंघीयतालाई दह्रो बनाउनका लागि हुन गइरहेको चुनावमा एकदम उत्साहपूर्वक लागेका छन् । तिनको चेत उघार्न सक्नुपर्छ ।
विश्लेषकहरु यो चुनावपछि मुलुक भयंकर द्वन्द्वमा फस्न जानेछ, त्यसपछि अहिले चुनावलाई सफल बनाउन लागिपरेकाहरुको आँखा उघ्रिन्छ । तर होइन, त्यो पनि मुलुकका लागि घातक हुनेछ । मुलुक विवादमा जानु र नेपाली नेपालीका वीचमा काटामारको स्थिति आउनु निश्चय पनि सुखद होइन । हो, यदि सकेको भए यो संविधानलाई खारेज गराएर वा सुधारेर जनअपेक्षाअनुकूलको मूलभावको साँचोमा उतार्न सकेको भए मुुलुकको हितमा हुनेथियो । तर अव समय घर्किसक्यो । गर्न सक्ने हो भने यी नेता, तिनका पार्टी र वर्तमान शासन व्यवस्थालाई नाङ्गेझार पार्नुपर्छ । सबैभन्दा ठूलो कुरा मलुक हो । मुलुकलाई नै समाप्त पार्ने शासन व्यवस्था चाहिदैन ।
निषेधको, विभेदको राजनीतिलाई समाप्त पार्न अव नेपाली जनता जागरुक हुनपर्छ । एकातिर राजतन्त्रको आन्दोनलर अर्कोतिर जनतालाई चेतना दिन घरघर पुग्न सक्नुपर्छ । तवमात्र संघीयता, धर्मनिरपेक्षता संस्थागत हुन सक्नेछैन ।
मूलकुरो अहिलेको संविधानलाई जनताले आत्मसात गरेकै छैनन् । आत्मसात गरेको २०४७ को उत्कृष्ठ संविधानले त हावा खायो, २०७२ को संविधान त कार्यान्वयन नै हुनसकेको छैन, यसको के कुरा गर्नु र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper