banner
banner

चिनियाँ रेलको आउने सम्भाबना

धर्मरत्न श्रेष्ठ -
नभन्दै चिनियाँ टोली आयो, केरुङ, रसुवा, काठमाडौं, पोखरा र लुम्बिनीसम्मको स्थलगत र नक्सा अध्ययन गरेर फर्कियो । 
यो रेलमार्ग विशेषज्ञहरुको टोलीले काठमाडौं, पोखरा, लुम्बिनीलाई रेलमार्गले जोड्न सकिने आश्वासन दिएर गएको छ ।
नेपालको अनुरोधमा चिनियाँ टोली नेपाल आएको थियो । चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेर नेपालमा रेलसेवा पुर्‍याउन सकिने निष्कर्षसहित थप तैयारी गर्ने भएको छ ।
नेपालको रेलवे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायका अनुसार राम्रो अध्ययन भएको छ । थप अध्ययन र तैयारी अघि बढ्ने भएको छ ।  उनका अनुसार ‘उहाँहरू सकारात्मक देखिनु भएको छ, विस्तृत रिपोर्टका लागि विभागसँग पनि केही डाटा माग्नु भएको छ, हामीसँग भएको भौगोलिक अवस्थाको डाटा दिन्छौं, तयो अध्ययन गरेर चिनियाँ पक्षले हामीलाई रिपोर्ट पठाइदिनु हुन्छ ।’ काम नपाएको रेलवे विभाग व्यस्त देखिन थालेको छ ।
यसअघि सरकारले काठमाडौं–पोखरा (१८७ किमी) रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो भने काठमाडौं– केरूङ (१०० किमी) को पूर्वसम्भाव्यता अध्ययन भएको थियो । त्यही रिपोर्ट बोकेर चिनियाँ टोली चीन फर्केको छ । पोखरा–लुम्बिनीको भने अहिले अध्ययन थालिएको हो, अध्ययन अनुसार चिनियाँ रेलको पहुँच नेपाल हुनसक्छ ।
चीनले सन् २०२० सम्म केरुङसम्म रेल पुर्‍याउने गरी काम गरिरहेको छ । यसअघि उच्चस्तरीय भ्रमणमा नेपाली पक्षले केरूङसम्म आउने रेल नेपालसम्म ल्याइदिन प्रस्ताव राखेका थियो । चीन ओविओआर नीतिअनुसार पनि नेपाललाई ट्रान्जिट बनाएर दक्षिण एसियामा व्यापक रुपमा फैलिन खोजिरहेको छ । चीनले वानबेल्ट वान रोडको यही सोचलाई भारतले नकारात्मक रुपमा लिएर भुटानसहित समर्थन गरेको छैन ।
भारतको चीन फैलिने योजनालाई असफल पार्न जति खोजिरहेको छ, चीन त्यत्तिकै आक्रामक रुपमा नेपालमा लगानी बढाउन र रेलसेवा फैलाउन आकर्षित भइरहेको देखिन्छ । चीनको लगानी नेपालमा व्यापक रुपमा बढ्ने खतरालाई मध्यनजर गर्दै भारतले चीनलाई रोक्ने अनेकन रणनीति तैयार त गरिरहेको छ तर नेपालमा माओवादी र एमालेको वामगठबन्धन, आसन्न निर्वाचन अघि नै पार्टी एकीकरण र निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर ५ वर्षे स्थिर कम्युनिष्ट शासन स्थापना गर्ने हो कि भनेर भारत तथा नेपाललगायतका विश्व राजनीतिमा ठूलै हल्लाखल्ला चलेको छ । यसको कारण कम्युनिष्ट शासनको आधार चीनकै भित्री सहयोगमा भइरहेको विश्वास तिनको छ ।
हुन पनि उत्तर र दक्षिण ध्रुवीयजस्ता देखिने माओवादी र एमाले पार्टी एकीकरण नै गर्न अग्रसर हुनु निश्चय नै चीनको भित्री उत्प्रेरणा हुनसक्छ । त्यसो हो भने नेपालमा प्रजातन्त्र खतरामा पर्ने आँकलन पनि सुरु भएको छ । प्रजातन्त्रवादीहरु खतराका आहट सुन्न थालेका छन्, सुनेर आत्तिन पनि थालेका छन् । स्वयं कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले त कम्युनिष्ट शासन आयो भने रुन पनि पाइन्न भनेर तर्साएका छन् । नेपालमा चीनको रेल आउन लागेको हो कि कम्युनिजम ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper