banner
banner

दुईसय चालीस वर्ष कत्तिको आलोच्य छ ?

स्वयम्भुनाथ कार्की -
दुई सय चालीस बर्षलाई शाहवंशको शुरुवात भन्ने हो भने पनि त्यो यो कालखण्डमा प्रार्दुभाव भएको होईन । कुनै कुनै इतिहासकारको मत मान्ने हो भने पृथ्वि नारायण शाह भन्दा पहिले नै द्रव्य शाहले शाहवंशको जग हालेका थिए । तर द्रव्य शाह आफै राजाका छोरा भएकाले शाहवंशको जग उनि भन्दा पहिल्यै बसिसकेको थियो भन्न सकिन्छ । गोरखामा शाहवंशको अद्भुदय भएको कुरालाई नै शाहवंशको जग मान्ने हो भने कुरा बेग्लै हो । तै पनि आमाले चेपे नदिमा दुध बगाएर दुई भाईको झगडा रोक्ने कोशिस गरेको कुराले पनि द्रव्य शाहले शाहवंशको शिलान्यास गरेको कुरा मान्ने वा नमान्ने भन्ने संसय उत्पन्न गर्दछ । तसर्थ दुई सय चलीस बर्षको आलोचनाले शाहवंशलाई छुदैन ।
आधुनिक नेपालमा जंगबहादुरले स्थापना गरेको राणा शासन एकसय चार बर्षसम्म राजा अहिलेको राष्ट्रपति भन्दा पनि धेरै अधिकार र शक्ति विहिन भएर नै रहे । राणा शासनको अन्त्य पछि नेपाली कांग्रेसले फेरी राजालाई थपना नै राख्न चाह्यो । । नेपालमा देशको सम्पुर्ण वागडोर आफ्नो हातमा लिएर सत्ता चलाउने शाह वंशीय राजा केवल चार बटा मात्र भए । दुई हजार त्रीसठ्ठी सालबाट फेरी राष्ट्रप्रमुख थपना राखेर अरुले नै हालीमुहाली गर्ने पद्धति स्थापना भएको छ ।
नेपालको एकिकरणको नेतृत्व गर्ने पृथ्वि नारायण शाहले आफ्नो सम्पूर्ण कार्यकाल भरि नै आफ्नै हातमा शासनको वागडोर राखे । उनको कार्यकालको सबैजसो हिस्सा एकिकरण अभियानमा नै खर्च भयो । पृथ्वि नारायण शाहका छोरा प्रताप सिंह शाहले केवल दुई बर्ष सत्ता सम्हाले र आफ्नो हातमा शासनको वागडोर राख्ने दोश्रा शाहवंशिय राजा भए । दुई बर्षका काखे बालकलाई थपना राखेर आफु संसारबाट बिदा लिए । प्रताप सिंह शाहका माईला छोरा रणबहादुर शाह दुई बर्षको उमेरमा नेपालको राजगद्धिमा बस्दा उनले सत्ताको वागडोर आफै सम्हाल्न सक्ने अबस्थै थिएन । राजमाताको नाममा राजेन्द्र लक्ष्मी र काका बहादुर शाहले नै वास्तविक सत्ता सम्हाले । 
रणबहादुर शाह नै नेपालका प्रथम शिशु राजा थिए । शिशु राजाको अबधारण जो संविधान सभाको निर्वाचन भन्दा पहिले उठेको थियो त्यसको कार्यान्वनयन नै नेपालमा अठार सय तेत्तिससालमै भएको थियो । यो शिशु राजाको कार्य काल नै देशमा राजा र जनताको बिचको प्रत्यक्ष सम्पर्क टुटाउने प्रथाको शुरुवात भयो । बिसे नगर्चिसंग सल्लाह गर्ने पृथ्वी नारायण शाहका वंशजहरुसंग जनताले भेट गर्नु पर्‍यो भने औपचरिकताको कठिन बिधि पुरा गर्नु पर्ने परिपाटी कायम भयो । गिर्वाणयुद्ध विक्रम शाह पनि सानैमा राजा भए । बालक राजाको थपना राखेर भिमसेन थापाले लामो समयसम्म मुलुकमा हाली मुहाली चलाए । राजपरिवार भन्दा बाहिरका भएर पनि मुलुकमा हालीमुहाली चलाउने उनि पहिला व्यक्ति हुन पुगे । 
त्यस पछि राजेन्द्र विक्रम शाहले पनि सानैमा राजाहुने परंपरा थामे । आफुले त आफ्नो करिब एकतीस बर्षिय कार्यकालमा बागडोर लिन सकेनन् । श्रीमतीलाई शासन सुम्पिन पुगे । उनकै कार्यकालमा नेपालको ईतिहासमा थापा र पाण्डेको आपसी कलहले मुलुक नै हल्लाउन पुग्यो । रानीको आज्ञाले आफ्नो मामालाई गोली ठोकेर जंगबहादुरले आगामी शतव्दिसम्मको निमित्त राणा शासनको जग हाले । 
आफ्ना बाबुलाई सत्ता छोडन लगाएर सोह्र बर्षैमा शासन समाल्ने सुरेन्द्र विक्रम शाह पनि किशोरावस्था मै राजा भएका हुन । किशोर राजा रिझाएर आफ्नो शासन कायम गराउन जङ्ग बहादुरलाई कुनै आइतवबर परेन । युवराज त्रैलोक्य विक्रम शाह जवान भई सकेका थिए । पकडमा राख्न आफ्नो भाईको छोरीहरुसंग बिवाह गराउदा पनि उनलाई अचेट्न जंगवहादुरलाई हम्मेहम्मे परेको थियो । तर गद्धिमा चढन भन्दा पहिल्यै भएको उनको शंकस्पद मृत्युले राणा शासनको जग मजबुत गर्‍यो भने रणबहादुर शाहदेखी आरंम्भ भएको थपना राजतन्त्रबाट शाहवंश मुक्त हुन पाएन ।
त्यस पछिका पृथ्वि विर विक्रम शाह तथा त्रिभुवन विर विक्रम शाह शिशु राजा नै भए । तर हजुरबुबा त्रैलोक्य विक्रमको सोच त्रिभुवनमा आउदा थपना राजापर्दा उनको मन पोलेको हुनु पर्दछ । उनि राणाको चंगुलबाट मुक्त हुन चाहे , त्यसको निमित्त कोशिस गरे अनि सफल पनि भए । उनको यो सफलतामा लुकेरै भएको भए पनि भएको राजा तथा जनताको सम्पर्कको महत्व छ ।
युवा महेन्द्र विर विक्रम शाहले गद्धि समाल्दा मुलुक संक्रमण कालमा थियो । छ बर्षको दलहरुको खिचातनी पछि आफ्नो हातमा मुलुकको वागडोर लिन उनि सफल भए । त्यस पछिका एघार बर्षको शासन कालमा मुलुकको अन्तरराष्ट्रिय चिनारी , देशमा औद्योगीकिकरण , र विकासका पुर्वाधार बनाउने जस्ता काम आज कसैलाई मन परे पनि नपरे पनि भएका छन । 
युवा विरेन्द्र विर विक्रम शाहले आफ्नै स्वेच्छाले वागडोर आफ्नो हातमा राखेनन् । शासनकालको पुर्वार्धमा रानी एैश्वर्यको हातमा र उत्तरार्धमा संवैधानिक राजा भएर दलको हातमा शासन सुम्पन पुगे । विरेन्द्रको सकृय राजतन्त्रको युग भनिएको दुई हजार अठ्ठाईसदेखी दुई हजार सत्चालीस सालसम्म ऐश्वर्यको शासनमा प्रत्यक्ष हाली मुहाली देख्नेहरु जीवितै छन ।
अब केवल अहिलेको नेपालको गठन नै भन्ने गरिएको दुई सय चालीस बर्ष पहिलेको उल्लेख्य कुरा हो । यसर्थ जो दुई सय चालीस बर्षलाई गाली गर्दछ त्यसले नेपाललाई गाली गर्छ । विश्वमा जत्तिकै उदार भनिएका मुलुकहरुले पनि मुलुकलाई गाली गर्ने स्वतन्त्रता दिएको छैन । यस्ता कुरा देशद्रोहको परिभाषामा पर्दछन । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper