banner
banner

सुतेको जनता पटक्कै उठ्दैन । किन ?

शाश्वत शर्मा-
कार्तिक ४ गते पूर्वराजाले केही कुरा भने । भाइटीका र तिहारको अवसर पारेर केही बोल्न आग्रह गर्दा पूर्वराजाले शुभकामना मात्र भनेनन्, अरु धेरै कुरा भने । ती धेरै कुराहरुमध्ये अव समय आइसक्योजसतो लाग्छ, र, जनताले चाहेमा भन्ने वाक्य अलि बढी महत्वपूर्ण थिए भन्ने कुरा केही विश्लेषहरुले मनन गरेका छन् । हुन पनि भ्रष्टाचार, नातावाद, कृपावाद, पार्टिवाद अनि अनाचा, दुरुचारा, आदि बिकृतिहरु गौण भएर गए । अव त मुलुक नै नरहने, मुलुक टुक्रा टुक्रा हुने खतरा हलक्क बढेर गयो । यस्तो दुरावस्थाका समयमा पूर्वराजा जसका पुर्षाहरुले यो मुलुकको एकीकरण गरेर नेपाल राष्ट्रको निर्माण गरेका हुन्, ले मुलुक बचाउनका लागि आफूले नेतृत्व लिन तैयार भएको भन्नु अस्वभाविक थिएन । 
नेपालको अधवैंसे पुस्तालाई राजाको शासन कस्तो हुन्छ ? भन्ने राम्रोसँग थाहा छ । राष्ट्रियताको जग कत्तिको बलियो हुन्छ, धर्मसंस्कृति र संस्कारको उत्थान कसरी हुन्छ ? मुलुकमा शान्ति सुरक्षा कत्तिको दह्रो हुन्छ ? आपसी भाइचारा कसरी देखिन्छ ? जातपात, समानतालाई कसरी उत्साहित गरिन्छ ? त्यो सबै नेपालको अधवैंसे पुस्ताले बुझेका छन् ।
अझ राजतन्त्रका बेलामा नेपालको इज्जत र मानप्रतिष्ठा विश्वमा कति उँचो थियो ? विश्वमा नेपालको आवाज कति ध्यान पूर्वक सुनिन्थ्यो, त्यो सब थाहा छ । तर आज ? हाम्रो यो नेपाल भनेर विश्वमा चिनिने मुलुक भारतको कुनै एउटा प्रान्तभन्दा पनि तल्लो स्तरमा पुगेको छ । बरु भारतको केन्द्रीय सरकारले त्यहाँको प्रान्तमा जथाभावी हस्तक्षेप गर्न पाउँदैन, तर नेपालमा त्योभन्दा चर्को भारतीय हस्तक्षेप भइरहेको छ । पश्चिमाहरु चीनलाइृ घेर्ने भन्दै यहाँ इसाइकरण गर्न तीब्र रुपमा लागिपरेका छन् । संघीयता, धर्मनिरपेक्षता, कुनैनेपालीहरुले नचाहदा नचाहदै पनि जबरजस्ती लादिएको छ । गणतन्त्त नेपालहरुको इच्छा अनुसार आएको होइन  बिकाउ नेता र विकाउ पार्टीको लहडमा लादिएको अहिलेका सम्पूर्ण विकृतिहरु बाट छुटकारा पाउने भनेको जनआकांक्षाको कदरबाट मात्र सम्भव छ । समय एकातिर र दलहरुले आफ्नो इच्छा लाद्ने अर्कोतिर हुँदा देश झन झन अस्थिर बन्दैछ ।
नेपाललाई एकतावद्ध राख्ने, नेपाललाई सुरक्षित राख्ने भनेको जनता जनतालाई जोडेर हो, एकतावद्ध पारेर हो । योसब जान्दा जान्दै पूर्वराजाले आह्वान गरिसकेपछि यी सबै बुझेका पुस्तासमेत सडकमा उत्रिएन । नयाँ पुस्ताको त कुरै छाडौं । तिनको शिक्षादीक्षा नै तोडफोड, आगजनी, हिंसा र हाम्रो परम्परागत संस्कृति र रितिरिवाजको विरुमद्धमा भएको छ ।  पुरानो पुस्ता किन मौन छ ? किन कोठामा रल्लिएर बसेको छ ? तिनीहरु किन तर्सिएको मानसिकता पालिरहेका छन् ? कस्तो नेपालालई कस्तो बनाइयो ? खै किन कोही सडकमा दह्रो रुपमा उत्रिदैनन् ? खाली ससानो झुण्ड सडकमा उत्रिएर नेपाल र नेपालीकै खिल्ली उडाउने काम भइरहेको छ, यो त अति भएन र ?
कात्तिक ४ गते पूर्वराजाले आफ्नो भावना पोखे, त्यसपछि ससाना जुलुस निस्कियो, केही व्यक्तिहरुले मोटरसाइकल र्‍याली निकाले, केही व्यक्तिहरुे दीप प्रज्ज्वलन पनि गरे, यस्तै केहीले विदेशबाट समर्थन र स्वागत पनि गरे । तर सडकबाट फालिएको राजतन्त्र र षडयन्त्रपूर्वक फालिएको हिन्दुत्व फिर्ता गर्न सडक तताउनै पर्छ भन्ने मानसिकता अझै विकास भएको देखिदेन ।
चोक चोक, गल्ली गल्लबिाट जनता उठ्नुपर्छ, उठेन । नेपालीत्व मरिसकेको भान पो भयो । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको अगाडि नेपाली राष्ट्रियता मैन पग्लिएजसरी पग्लदै गएको छ । यहाँ प्रणाली होइन, मुलुक बचाउने कुरा छ । यहाँ हलुका नेताको होइन, मुलुकलाई एक बनाएर लैजाने राजनेताको नेतृत्वको कुरा छ । त्यो आवश्यकता परिपूर्ति गर्न उठ्नुपर्ने जनता हो । सुतेको जनता पटक्कै उठ्दैन । किन ? यो रहस्यमय छ ।
र, जनता सबै पार्टीमय भइसकेको हो कि ? पार्टीमय बनेका जनता पार्टीको आदेशअनुसारमात्र उठबस गर्छन्, बोलचाल गर्छन् । आमजनता छरिएर रहेका छन्, तिनलाई संगठित गर्ने नेतृत्व छैन, बाँकी पार्टीमय जनता पार्टीको लहैलहैमा लागिरहेका छन् । अनि पूर्वराजाले बोलेको कुराको ओजन र महत्व कसले बुझ्ने ?
जो बुझ्ने थिए, ती सबै खाडीदेखि अमेरिका युरोपसम्म दौडिरहेका छन् । कोही रोजगारी खोज्न, कोही सुरक्षित जीवन बाँच्न ? धेरैजसो रोजीरोटी र परिवारलाई पाल्न ज्यान हत्केलामा राखेर हिडिरहेका छन् । जो नेपालमा छन्, तिनीहरु पार्टीपीडित छन् र शासन पीडित भएर सहिरहेका छन् ।
मुलुकलाई काँक्रे चिरा पार्नेगरी हुनलागेको चुनाव देशलाई लागिसकेको छ । यहाँसम्म कि राजा आउ देश बचाउ भन्ने नारा लगाउन पुगेका व्यक्तिहरुसमेत कोही बुढो भइसकियो, बाँचुन्जेल आस्था राख्ने हो भन्दै चाउरिएका देखिन्छन्् भने कोही चुनाव लागिसक्यो । अव चुनावमा लाग्नुपर्छ भनेर अप्रत्यक्ष रुपमा पार्टीको पृष्ठपोषक बनिरहेको पनि देखिन्छ । यथार्थमा इमानदार राजभक्त, हिन्दुवादीहरुको कमी हुँदै गएको छ । अवसरवादी चरित्रले अधिकांशलाई नराम्रोरी प्रभावमा लिइसक्यो ।
दुर्भाग्य हामी नेपालीहरुको । राजाले आफ्नो इच्छा जाहेर गरिसके, नेतृत्व लिन तैयार भइसके तर जनता दह्रो रुपमा अगाडि बढ्न र पूर्वराजाको कदममा कदम मिलाउन तैयार भएको देखिदैन । हिजोसम्म संशय थियो, राजइच्छा के हो भनेर ? अव बिड होइन, पिँध तातिसक्यो । मुलुक बचाउनका लागि पूर्वराजा अग्रसर हुन तैयार भइसकेको स्थिति छ । यो स्थितिमा पूर्वराजालाई साथ दिएर मुलुक बचाउन आमनागरिक किन हच्किरहेका ? र, राजावादी, हिन्दुवादी भनिनेहरुको ठूलै जमात पनि छ, त्यो जमात किन सडकमा निस्किन डराइरहेको हो ? कसले रोकेछ देशभक्ति देखाउन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper