banner
banner

भवन भट्ट, जो भ्रष्टाचारमा मुछिए

धर्मरत्न श्रेष्ठ -
केही दिन अघिमात्र एनआरएन अध्यक्षमा चुनिएका भवन भट्टको कम्पनी विवादमा मुछिएपछि र लगानी बोर्ड तथा तत्कालीन मन्त्रीले नै बिरोध गरेपछि भवन भट्टको नेपालमा ठूलो लगानी भित्र्याउने योजना हावादारी त होइन भन्ने प्रश्न उठेको छ । तथापि भवन भट्टले केही त गर्छन् भन्ने हावा चाहिं रोकिएको छैन ।
समाचार अनुसार तामाकोसी तेश्रो जलविद्युत् आयोजना सर्वेक्षणको अनुमतिपत्र टीबीआई होल्डिङसलाई दिएको बारेमा लगानी बोर्डले आपत्ति जनाएको हो । सरोकारवाला मन्त्रालय आफैले ऐन विपरित निर्णय गर्दा भविष्यमा बोर्डको उपस्थिति माथि नै प्रश्न उठ्न सक्ने भन्दै बोर्डले आपति जनाएको हो । किन मन्त्रालयले यसरी सम्वद्ध निकायहरुको संलग्नताबेगर निर्णय गरेको होला भन्ने प्रश्न गम्भीर छ ।
नियमानुसार ५ सय मेगावाटभन्दा माथिका आयोजना लगानी बोर्डको अधिकार क्षेत्र भित्र पर्छ । यो क्षेत्राधिकार मन्त्रालयले मिचेको छ । उर्जामन्त्रालयबाट भएको पछिल्लो निर्णयले जलविद्युत् आयोजना निर्माणको सवालमा दीर्घकालमा नकारात्मक असर पर्ने भन्दै बोर्डले विदेशी लगानीकर्तालाई थप सशंकित पार्ने काम गरेको आरोप पनि लगाएको छ । भनिन्छ, यो निर्णय भवन भट्टको प्रभावमा गरिएको हो ।
लगानी बोर्डले आयोजनाका लागि सरकार, सरकारबाट प्रवद्र्धित संस्था र सर्वसाधारणको समेत लगानी हुने गरी अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट लगानीको छनौट प्रक्रिया सुरु गरिसकेको स्थितिमा साढे ६ सय मेगावाट क्षमताको तामाकोसी तेश्रो जलविद्युत् आयोजनाबारे सरकारले यस्तो निर्णय गरेको हो । नेपालको सन्दर्भमा तामाकोसी तेश्रो आयोजना अत्यन्त महत्वपूर्ण आयोजना हो ।
जनता किन विश्वस्त हुन सकेनन् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper