banner
banner

राष्ट्रवाद, राजावाद र राजा

स्वयम्भुनाथ कार्की -
नेपालमा लामो समयसम्म राष्ट्रवाद र प्रजातन्त्रलाई एक अर्काको विलोमको रुपमा प्रस्तुत गरियो । वीपीको सरकार राष्ट्रवादी हो तर प्रजातन्त्र विरोधी हो भन्ने कुराको उत्तरमा महेन्द्रले यो कुरा इतिहासले मुल्यांकन गर्ने छ भनेका थिए । १७ सालमा शासन आफ्नो हातमा लिएदेखि मृत्यु पर्यान्त उनले गरेको कामले दल माथिको प्रतिवन्ध बाहेक प्रजातन्त्रका मान्यतामा सम्झौता गरेनन । तर एकथरीले दलतन्त्र मात्र प्रजातन्त्र हो भनेर प्रचार युद्ध चालु राख्यो भने अर्को थरीले साम्यवाद मात्र जनवाद भन्ने अडान कायम राख्यो । जतिसुकै दलमा प्रतिवन्ध भए पनि नेपालमा तीन वाद अस्तित्वमा रहे , राष्ट्रवाद प्रजातन्त्रवाद र साम्यवाद । 
महेन्द्रले राष्ट्रवादमा प्रजातन्त्र र साम्यवादको समिश्रण गराए जसलाई पञ्चायती प्रजातन्त्र भनियो । साम्यवादको वर्ग संघर्षलाई पञ्चायतले वर्ग समन्वयमा रुपान्तरण गर्ने प्रयत्न गर्‍यो । वीपीको भूमि सुधारको अवधारणालाई कार्यरुपमा ल्याए तर साम्यवादी स्वादमा । यसरी राष्ट्रवाद राजावाद र राजा प्रजातन्त्रवाद र साम्यवाद दुवैको विरुद्ध हैन सहयात्री भन्ने सावित गर्ने प्रयत्न गरे । तर यो क्रम उनीपछि उल्टियो राष्ट्रवाद र प्रजातन्त्र एकअर्काको विपरित भनेर सावित गर्न सत्ता नै लाग्यो । साम्यवादी नजिक प्रजातन्त्रवादी विरोधी भन्ने भावना फैलाउनेहरु राजा कै सल्लाहकारहरु थिए । महेन्द्रले मेटदै लगेको यो तीन धार बीचको सिमा वीरेन्द्रको शासनको शुरुमा नै झन प्रष्ट हुँदै गयो ।
विद्यार्थी राजनीतिमा यो वैमनश्य यति धेरै बढ्यो कि ज्यानै जाने झडपहरु पनि भए । विराटनगरमा त्यतिखेर गोवर भुस र खरानी भनेर एक अर्कालाई सम्बोधन गरेका सम्झने धेरै अहिले पनि जीवित नै होलान । राष्ट्रवाद राजावाद र राजा एकै हुन भन्ने राष्ट्रवादी नेपालीको सोच हल्लिन लागेको त्यही अवसरदेखि नै हो । एकै नभए पनि एउटै टोलीको हो भन्ने आजको धारणा अहिलेसम्म ठिक नै होला । तर स्पष्ट फरक पनि बुझ्न आवश्यक छ । पहिले राष्ट्र अरु त्यसपछि भन्ने सोच राष्ट्रवाद हो भने राजसंस्था भएपछि राष्ट्र स्वत: हुन्छ भन्ने सोच राजावादी हो । राजा त्यो राजसंस्थाको प्रतिनिधि हो । तर, एक्लो व्यक्ति हैन आफ्नो सल्लाहकार, गुप्तचर र सुरक्षा संयन्त्र सबैको समिष्टि हो ।
कथं कुनै अवस्थामा राजा असफल हुन्छ भने त्यो असफलता एक्लो व्यक्ति राजाको हैन त्यो सल्लाहकार, गुप्तचर र सुरक्षा संयन्त्र सबैको हो । यस्तो अवस्थामा व्यक्ति राजाले आफ्नो असफलतामा यी तीन तत्वहरुमा ककसको केके भुमिका छ भनेर केलाउन र सुधार गर्न पर्छ । यदि त्यो गर्न सकेन भने जनताको आस्थाले मात्र काम गर्देन । किनभने जनताको आस्था भिष्मको जस्तै राजसंस्था प्रति हो,  व्यक्ति प्रति हैन । आफ्नो राजा नै नभएको अवस्थामा पनि बेलाईतको राजगद्धिलाई मान्ने अष्ट्रेलियाले एलिजावेथलाई हैन गद्धिलाई मानेको हो । वीरेन्द्रको वंशनाश पछि ज्ञानेन्द्रलाई राजा व्यक्तिलाई हैन गद्धिलाई मानेको हो । 
राजसंस्थालाई भमिका विहिन बनाईए पनि त्यसको प्रतिनिधिको रुपमा राजाको जयजयकार नेपालीको राजगद्धि प्रतिको आस्था हो । कुनै न कुनै वेला फेरी गद्धि सम्हालेर आफुलाई त्राण दिन्छन भनेर हो । जुन वेला जनतालाई राजाले गद्धि सम्हाल्ने हिम्मत गर्दैनन भन्ने लाग्छ त्यो वेला अर्को संभावित पात्र खोज्न पनि वेर लगाउने छैनन । बाक्लै आउने गरेका सन्देश, अभिव्यक्ति आदिले संभावित पात्र खोज्न आवश्यक नभएको महशुस भएको त छ । हरेक यस्ता अभिव्यक्ति पछि उत्साहित भएकाहरु जव त्यसको पृष्ठभुमि र कार्य योजना खाली देख्छन निराश हुन्छन । 
उनले केवल जनतालाई आश्वासनको भरमा समर्थन लिन यस्ता अभिव्यक्ति दिन्छन भन्ने शंका गर्नु निरर्थक हो । किनभने त्यत्रो लामो विरासत आफ्नो पालमा गुम्दा पक्कै पनि सबैभन्दा ठूलो चोट उनलाई नै परेको छ । तर आश्चर्यजनक तरिकाले उनका यस्ता अभिव्यक्तिको धेरै पहिलेदेखि धेरै पछिसम्म जनतासंग सम्पर्क सुत्रको रुपमा रहेकाहरु व्यस्त भईदिन्छन । जनतासंगको सम्पर्क नै टुटने गरेर भएको यस्तो व्यस्तताले कुराको गम्भिरतामा असर पर्न सक्छ भन्ने ख्याल राख्न आवश्यक छ । वारंवारको यस्तो व्यवहार प्रत्युपादक हुने तर्फ सचेतताको आवश्यकता छ । 
पुराना संयन्त्रले थाम्न नसक्नु नै त्यसको अयोग्यताको प्रमाण हो । त्यसमा नयाँ थपेर बलियो नबनाएसम्म हुन्न । यसको निमित्त सही पात्र छान्न सम्पर्क र भेटघाट चाहिन्छ भनेर पनि सल्लाह दिन नसक्ने सल्लाहकारले फेरी परिआउदा कौशलता के देखाउलान 
र ? वारंवार उत्साह जगाउदै सेलाउदै जाँदा वास्तविक आवश्यकता परेको वेला नपत्याउने खतरा नहोला भन्न सकिन्न । अव फेरी राष्ट्रवाद, राजावाद र राजा एकै स्थानमा राख्ने प्रयत्न हुन पर्ने अपरिहार्यता छ । नत्र मनमा आस्था बोकेरै पनित राष्ट्रवादीले एक्लै राष्ट्र वचाउने प्रयत्न गर्नै पने हुन्छ । किनभने ‘जननी जन्मभूचिश्च: स्वर्गादपि गरियसी’ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper