banner
banner

मधेसको राष्ट्रवाद : देवनारायण

धर्मरत्न श्रेष्ठ - 
सीमा मिच्न दिन्नौं भनेर सप्तरी तिलाठीमा लाठी उठाएर लड्ने देवनारायण यादवलाई रिस फेर्न भारतले लगेर थुन्यो, मुद्दा लगायो । छोराले भारतीय बालिक केटीसँग लभ गरेर विहे गर्‍यो भन्ने विषयलाई अपहरण भन्ने गलत व्याख्या गरेर बाबुछोरालाई नै थुनियो । यसको तीब्र विरोध भयो युवा समुदायबाट, तव गएर भारतले यिनलाई रिहा गरिदियो । तिनै देवनारायण यादवलाई भारतीय राजदूत मञ्जिवसिंह पुरीले भेट्न बोलाए । तर सीमा रक्षक यी देव नारायण यादवले राजदूतलाई भेट्ने कारण नभएकाले भेट गर्न आउन्न भन्ने जवाफ दिए । यो हो मधेसको राष्ट्रवाद ,।
हम्रा नेताहरु दिनदिनै यी राजदूतका पाउमा लम्पसार पर्छन् । भेट पाउँ, आर्थिक सहयोग पाउँ, एम्बुलेन्स पाउँ, छात्रबृत्ति दिलाई पाउँ भनेर दलाली गरिरहेका छन् तर देव नारायण यादवले बिना कारण भेट्न नसक्ने बयान दिएर आमनेपालीको मनमा इज्जत र सम्मान आर्जन गरेका छन् । स्यावास देव ।
यो हो आत्मसम्मान । मधेसको पहिचान । मधेसको राष्ट्रवाद । देव नारायण यादवको यो चरित्रले मधेसी दलहरुका नेताहरुलाई नराम्रो झापड हानेको छ । ठूला भनिने दलहरुलाई पनि झट्का दिएको छ । स्वयम् भारतीय राजदूत समेत यस्ता व्यक्ति पनि मधेसमा रहेछन् भनेर चकित परेको दूतावासका कर्मचारीस्रोतबाट थाहा हुन आएको छ । बल्ल राजदूतले नेपाललाई बुझेका छन् ।
राजधानी आएका देवनारायण यादव एमाले प्रवेश गरेका छन् । जो जुन पार्टीमा प्रवेश गरे पनि हुन्छ तर मनमा नेपाल र नेपाली राष्ट्रवाद हुनुपर्छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper