banner
banner

खोक्रो राष्ट्रवाद र पोटिलो राष्ट्रवाद

पदम हमाल -
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरवहादुर देउवाले एमालेका अध्यक्ष केपी ओलीलाई खोक्रो राष्ट्रवाद भनेर आलोचना गरेका छन् । ओली के कम, कांग्रेस र माओवादीको सरकार गर्ने नहुने राष्ट्रघात गरिरहेको उनको आरोप छ । अव प्रश्न उठ्छ, खोक्रो राष्ट्रवाद र पोटिलो राष्ट्रवाद । निश्चय नै देशका लागि पोटिलो राष्ट्रवाद चाहिन्छ । कस्तो खालको राष्ट्रवाद पोटिलो राष्ट्रवाद हो ? के भारतले जे जे भन्छ, पहाड र तराई टुक्रा भन्दा टुक्य्राउने राष्ट्रवाद पोटिलो राष्ट्रवाद हो ? भारतले सीमाअतिक्रमण गरिरहेको छ, नेपालको भूभाग सुस्ता, कालापानी, लिपुलेकमा मनपरी गरिरहेको छ, त्यतातिर हेर्दै नहेर्ने, बोल्दै नबोल्ने राष्ट्रवाद पोटिलो राष्ट्रवाद हो ? कैलालीमा नेपालभित्रै छिरेर भारतीयले गौतम गोविन्दको हत्या गरेर फर्किए, दशैं मान्न भारतमा काम गर्न गएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले नाङ्गेझार पारेर लुटिरहेका छन्, त्यसबारे नबोल्नु, चुपचाप बस्नु र भारतले भनेको सुन्नु र लम्पसार पर्नु पोटिलो राष्ट्रवाद हो ?
ओलीले नेपालीको निर्णय नेपालीले गरौं, हिन्दी भाषा र अंगीकृतलाई राष्ट्रपति बन्ने अवसर दिनुहुन्न भने, त्यो खोक्रो राष्ट्रवाद नै हो त देउवाजी ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper