banner
banner

लोकतन्त्र हुरीको दियोजस्तो

शाश्वत शर्मा -
१२ बुादे दिल्ली सम्झौतामा उभिएको राजनीतिक दलहरुको “एकता” ढलपल ढलपल गर्न थालेको छ । कतै टाइटाइनिक जहाज डुबेजस्तो गरी डुब्ने हो कि भन्ने खतरा देखिन थालेको छ । दिन त दिल्लीले दिएको लोकतन्त्र हो, दिल्लीको सबै माग पूरा नभएकाले लोकतन्त्र हुरीको दियोजस्तो निभ्ने खतरामा पुगेको छ ।
दिल्लीले केही दिन रोक्न भन्दासमेत संविधान फास्ट ट्य्राकबाट जारी गरियो, जसका कारण संविधान कार्यान्वयन हुन्छ कि हुन्न, अझै अनिश्चित नै छ । दिल्लीले माने संविधान हुने, नत्र सडक गान हुने नियति तेश्रो संविधान दिवस मनाएपनि संविधान त्यो नियतिबाट उम्किन सकेको छैन । हुन त स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसक्यो र अव प्रदेश र केन्द्रीय संसदको निर्वाचनतिर मुलुक उन्मुख छ, तथापि संविधानलाई आमजनताले अपनत्व ग्रहण गरेकै छैनन् ।
जुन स्पिडमा भ्रष्टाचार, अनियमितता र भागबण्डाको राजनीति चलिरहेको छ, त्यो हेर्दा एक दुईवर्षमै जनताले संविधान च्यातेर अर्को क्रान्ति र परिवर्तन नगर्लान् भन्न सकिन्न । यतिबेलाको आम मौनता आाधी अघिको शुन्यजस्तो अनुभव भइरहेको छ ।
पार्टी नेताहरुको एकदोस्राप्रतिको राजनीतिक मनमुटाव चरमविन्दुमा पुगिसकेको छ । दिल्लीले बोलाउादै, हप्काउादै र मिलाउादै यहाासम्म त ल्याइपुर्‍याएको छ । यिनको “एकता” लाई भारतले कहिलेसम्म अड्याएर राख्न सक्ला र ? त्यसै पनि एमाओवादी अध्यक्ष प्रचण्ड को पार्टी टुक्रा टुक्रा भइसकेको छ । कांग्रेस र एमालेभित्र ङारङुर भइरहेको सुनिन्छ । संविधान कार्यान्वयन भन्दाभन्दै स्थिति बेकावु भएर राजनीति नरसंहारमा परिणत होलाजस्तो छ । प्रत्येक ठूला दलले दस्ता, डन, कमाण्डो पाल्ने संस्कृति जो आगालेका छन् । यस्ता चालाले लोकतन्त्र संस्थागत हुन्छ भनेर कसैले पनि विश्वास गरेका छैनन् ।
प्रदेश र केन्द्रको मंसिरमा हुने निर्वाचन युद्धमैदान हुने निश्चित भइसक्यो भन्दा हुन्छ । स्थानीय निर्वाचन भएपछि पनि द्वन्द्व बढ्दै गएको छ । भारतीय विस्तारवाद आफैले जुराई दिएको “लगनगााठो” कस्न यदि भारत अघि नसर्ने हो भने यी बिना पिंधका लोटाहरु आफै आफैमा मारामार गर्दैर् सकिनेछन्– यदुवंशीहरु भैंm । अर्काले मिलाइदिएकाहरु अर्काको भरमा कति दिन टिक्न सक्छन् र ? उसैले पहिले उचाल्यो, अहिले थचार्दैछ । यिनको “एकता” सैद्धान्तिक थिएन, त्यसैले यिनीहरु लेनदेनमात्र हेरिरहेका छन् । सेटिङ र भागबण्डा गरिरहेका छन् । भारतले कहिलेसम्म यिनलाई मिलाउने र आफ्नो स्वार्थसिद्ध गर्दै जानेछ, हेर्नु त्यत्तिमात्र छ । नेपाललाई आफ्नो प्रान्त बनाउनका लागि उत्तरी र दक्षिणी “ध्रुव” लाई भारतले जबरजस्ती मिलाई दिएको छ, नेपालमाथिको हस्तक्षेप गरेर भारत नांगिएको छ ।
भारतको बकसमा पाएको लोकतन्त्र आखिर उसैका लागि मात्र लाभदायक निस्कियो । नेपाली जनताका लागि हातमा लाग्यो शून्य भयो । तैपनि लोकतन्त्रको झ्याली पिट्न नेताहरुले छाडेका छैनन् ।
निष्कर्षमा भन्नुपर्दा संविधान हुरीका सामु बलेको दियो हो, जुन दियोलाई यिनैले निभाउने खतरा छ । त्यो खतरा भ्रष्टाचारिकरण हो । भ्रष्टाचार, जता हेरे पनि सेटिङसहितको भ्रष्टाचार, मिलोमतोको भ्रष्टाचार । जब स्थायी सरकार मानिएको कर्मचारी प्रशासन, सुरक्षा निकाय र राजनीति यी तीन बर्ग मिलेर भ्रष्टाचार गर्छन्, त्यो देशको कडी खुस्कियो भन्दा हुन्छ । भर्खरैको आयल निगमको जग्गा काण्ड, एयरपोर्ट र रसुवा नाकाबाट भित्रिएको सााढे ३३ र ८८ किलो सुनको सत्य किस्साले नेपालको प्रशासन, राजनीति र सुरक्षाको सर्वाङ्ग नांगो तस्वीर देखिएको छ । भरिया पक्राउ पर्ने, मालिकलाई जोगाउने पद्धतिले प्रगति गर्न गराउन सक्दैन । यसकारण पनि यो लोकतन्त्र हुरीको सामु बलेको दियो बनेको भन्दा फरक पर्दैन । हुरीको झोक्का कुन बेला बढ्छ र त्यो दियो निभेर अन्धकार हुन्छ, यस्तै जोखिम र दुर्घटनाउन्मुख छ नेपालको अहिलेको लोकतान्त्रिक शासन व्यवस्था ।
हेर्दै जाउा, केही महिला अथवा वर्षमै नेपालमा अर्को क्रान्तिको हुरी चल्नेछ र संविधान दुर्घटनामा पर्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper