banner
banner

माझी र मोदीको तुलना

– तारा सुवेदी - 
विद्वान तारा सुवेदीले माझी र मोदीको तुलना यसरी गरेका छन् । जुन नेपाल र भारतको सन्दर्भमा यथार्थपरक छ । तारा सुवेदीको विचारमा– 
विश्व राजनीति परिवेश र परिप्रेक्ष्यमा ‘माझी’ र ‘मोदी’को तुलना गर्न‘ वा सादृश्यता देखाउने जमर्को गर्न‘ स्वाभाविक र सहज हो होइन, थाहा छैन । तर भारतीय उपमहादेश खासगरी सार्क संगठनका सदस्य राष्ट्रहरु र अझ नेपाल को परिवेश र परिप्रेक्ष्यमा हेर्ने हो भने नेपालको हिमाली नदीका बडे बडे सर (सअर) माछाका —शुरुमा उल्लेखित कुशल शिकारी) माझीजस्तै लाग्छ मोदी पनि । 
फरक यत्ति हो, ँमाझी नदी किनारामा बस्दै जाल र बल्छी हालेर ठूला साना माछाको शिकार गर्छन् । मोदी नेपालको राजनीतिक धारालाई धमिल्याएर ठूला साना सबै चरित्र, वर्ग वा दलका नेताहरुलाई कूटनीतिक जालझेल र बल्छी खेलेर आफ्नो शिकार बनाउँछन् । यसको उपक्रम भलै ँइन्दिरा गान्धी राजीव गान्धी र सोनिया गान्धीकै पालोमा प्रारम्भ भएकोू पनि भन्ने मान्नेहरु होलान् देखिएलान् । तर त्यसबेला उनीहरुले नेपालमाथि अघोषित आधीपत्य र उपनिवेशवादी कूटनीति अख्तियार गरेका थिए । स्थायी प्रच्छन्न रुपमा ँकसरी भारतको आधिपत्य स्थापित गर्न‘पर्छ गर, हाम्रो सरकारको नेपाल सम्बन्धी विदेश नीति हिजो आज भोलीको पनि यहीा हो, त्यस्का लागि रअ र परराष्ट्र (विदेश) मन्त्रालय र नेपालस्थित भारतीय राजदूतले संयुक्त रुपमा काम गर्नू भनेर आफ्नो नोकरशाही संयन्त्र (निकाय) (ब्यूरोक्रेटिक इष्टिच्यूशन) लाई उनीहरु (नेहरु गान्धी आधिवंश वादीहरु)ले जिम्मा दिएका थिए । त्यो संयन्त्रले ँअंग्रेजी दासताको आफ्नो भोगाई नेपाल माथि लादेर नेपाल र नेपालीलाई पनि अद्र्धदासको व्यवहार गर्न‘ पर्छँ भन्ने बुझे, ठानेर मोदीको उदयपर्यन्त त्यस्तै व्यवहार गरे । त्यसैले गर्दा ‘जनस्तरमा शदियौं वा अनादिकाल देखि नेपाल भारत धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक जातीय, सांस्कारिक र ‘रोटीबेटी’को स्तरमा स्थापित अभिन्न र अमेद्य सम्बन्धलाई राजनीतिक र कूटनीतिक सम्बन्ध र व्यवहारले दुर्ग्न्धित बनाएको थियो । नेपाली मन माथिङ्कलमा ँभारतमाथि छिमेकीप्रति हेपाहा, मिचाहा, उपनिवेशवादी नवविस्तारवादी, ठालू र दादावादी भन्ने पर्दै गएको थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper