banner
banner

जे हुन्छ भारतले चाहेजस्तो

शाश्वत शर्मा -
ठूला पार्टीहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले : उनीहरु मात्र सत्ता राजनीति गरिरहेका छन् । उनीहरुलाई भूकम्पपीडित को हो ? बाढी पीडितलाई के गर्ने ? पहिरो पीडित जेसुकै हुन्, केही मतलव देखिदैन ।
सिंगो तराई चुर्लुम्मै डुब्यो, श्रीसम्पत्ति बगायो, उनीहरुको नाना, खाना र छानाको बन्दोबस्त गर्न युद्धस्तरमा जुट्नुपर्ने बेलामा ठूला दलहरु असोज २ गते कसरी आफूले बाजी मार्ने, ठूलो पार्टी हुने भन्ने प्रतिस्पर्धामा जुटेका छन् । यस्ता छन् लोकतान्त्रिक पार्टीहरु ?
संविधान संशोधन भए मधेसको मसिहा बन्ने, हुन नसके प्रयास गरेको हो, अर्को प्रयासमा गरौंला भनेर सत्तारुढ कांग्रेस माओवादीले संसदमा संशोधन प्रस्ताव भोटिङ गराए । हार्नु थियो हार्‍यो । राप्रपाले समेत साथ दिएन । एमाले त बिरोधमै थियो, बिरोध गर्‍यो, जसका कारणले संविधान संशोधन फेल भयो । त्यही एमाले यतिखेर प्रचारमा जुटेको छ कि दशैंको लगत्तै एमालेका बरिष्ठ नेता बामदेव गौतमको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ ।
कांग्रेस माओवादी मिलेसम्म कसरी बन्छ एमाले नेतृत्वको सरकार ? एकातिर भारत नचाहने, अर्कोतिर गठजोडमा फरक पर्दैन भनेर माओवादी अध्यक्ष खोकेको खोक्यै छन् । यो अवस्थामा देउवा सरकार गिर्छ भन्नु झिंगाले डिंगा मर्नुजस्तै हो ।
तथापि यतिखेर राजपा र राप्रपाको चर्चा शिखरमा छ । राप्रपा तोडफोड भएर पनि हिन्दुवादी र राजतन्त्रवादीको मूलधार मै छ, तथापि उसले त्यो सिद्धान्त अँगालेको कुरामा धेरैले शंका गरेका छन् । अध्यक्ष थापाले शंका नगर्न प्रष्टिकरण दिइरहेका छन् । भने अर्कोतिर राजपा छ, जो भाजपाको भाई हो कि नेपाली दल चिन्नै सकिन्न ।
यसकारण त भन्न थालिएको छ– संविधान संशोधन न राप्रपाले चाहेजस्तो, न राजपाले भनेजस्तो । जसले जे भने पनि तिनले चाहेजस्तोगरी संविधान संशोधन गरिदैन, हेर्दै जानुहोला ।
संविधान त्यसरी नै संशोधन हुनेछ, जसरी भारतले चाहेको छ । संविधान जारी नगर भनेर दबाब दिने भारतले संविधान आफूले चाहेजस्तो संशोधन नगराई छाड्छजस्तो देखिदैन । किनकि भारत भद्दा शासक भएको देश हो जसले नेपालको पानी र जवानी लुट्छ लुट्छ ।
एकजना विद्वान यसो भन्दै थिए । यहाँ सबैलाई, खासगरी जनतामाझ जानका लागि एउटा न एउटा मुद्दा चाहिएको छ, त्यसकारण पनि यी दुई पार्टी नै आ–आफ्नो माँग पूरा होस् भन्ने चाहदैनन् । माँग पुरा भइहाल्यो भने, जनतामाझ के लिएर जाने ?
अर्को कुरा राप्रपा र राजपा, यी दुई पार्टीलाई आफुहरुले उठाएका मुद्दाका बारेमा आफैलाई पुरापुर चासो पनि देखिदैन । उस्तै उस्तै परिस्थिति र अझ चुनावताका मात्रै हो, राप्रपालाई राजसंस्था, हिन्दुधर्मको र राजपालाई प्रदेश संख्या, सिट संख्या, सिमांकन, जनसंख्याको आधार आदि चाहिने । अरु बेला यिनका मुद्दा यिनैलाई सम्झनासम्म पनि आउँदैन, घटनाले देखाएका छन् ।
अझराजपा भन्ने मधेसवादी पार्टी त भारतको भाजपाजस्तो व्यवहार गर्ने प्रयास गर्छ । जसरी चुनावका बेलामा भारतको भाजपालाई अयोध्या र त्यहाँको राममन्दिर निर्माा गर्ने काम सम्झना आउने गर्छ, त्यसरी नै नेपालको राजपालाई मधेसको हक र अधिकारको सम्झना आउने गर्छ ।
संविधान संशोधन नभए चुनावमा भाग लिदैनौं, तराई मधेसमा चुनाव हुन दिदैदिन्नौं, यहाँका ठूला पार्टीका नेताहरुलाई तराई मधेसमा ओर्लनसमेत दिदैनौं, लघार्छौ भन्ने राजपा आज आफै साइकल लिएर स्थानीय तहको चुनाव ३ मा भाग लिन कुदिसकेको छ ।
त्यो त सत्तारुढ कांग्रेस, माओवादी केन्द्रले पनि संविधान संशोधन विधेयक संसदमा पेश गराएर, फेल समेत गराएर राजपालाई फेस सेभिङको मार्ग प्रशस्त गरिदिएका थिए । अर्थात राजपाको मुद्दा कमसेकम स्थापित भइसकेको छ भन्ने हल्ला फिजाएर महन्थ ठाकुरहरु विजेतासरी तराईमा असोज २ मा हुने चुनावमा होमिएका छन् ।
संसदमा विधेयक दर्ता भएर छलफलमा समेत गइसकेपछि आधा जीत भयो, अव बाँकी जीत प्रधानमन्त्री शेरबहादुरले पुन: संसदमा संशोधनका लागि पेश गरेपछि हुन्छ भनेर शरदसिंह भण्डारीहरु आफ्ना आफ्ना कार्यकर्ताहरुलाई मुर्ख बनाउन दत्तचित्त भएर लागेका छन्  यो त भयो राजपाको कुरा, उता राप्रपा पनि कम छैन । घरी हिन्दुराष्ट्रमात्र त, घरी संवैधानिक राजतन्त्र नै पार्टीको मुख्य नीति हो भन्ने गर्छ । उस्तै पर, बढी आलोचना हुनथाल्यो भने पार्टीको विधान पढ्न भन्दिए भइहाल्यो । विधानमा स्पष्टसँग राजतन्त्र र हिन्दुधर्म अनि संघीयताका विषयमा व्याख्या गरिएको छ भनेर आफुहरुचाहिं ठाउँठाउँमा कडा कडा बोल्दैहिड्ने कला शायद राप्रपाका नाम कहलिएका नेताहरुसँग मात्र छ । भन्नुको अर्थ जति पनि मुद्दा उेका छन्, ती सबै आफूहरुलाई स्थापित गराउनका लागि मात्र हुन्  जन्मजन्मान्तरसम्म यस्ता मुद्दाहरुकोसुनवाई भउन भनेर जनता र कार्यकर्ताहरुलाई मूर्ख बनाइरहने ? यिनीहरु सत्तामा पनि सहभागी हुनछन्, दुई तिहाईपुग्दैन भनेर सत्तासुख उपभोग गरी उठाइएका मुद्दाहरुलाई ज्यूँका त्यूँ राख्छन्, के भन्ने अव ?
जनता सोझा कि नेता धूर्त ?
हेर्दै जाउँ, संविधान संशोधन होला, राजपा र राप्रपाले भनेजस्तो त हुँदै हुँदैन, भारतले भनेजस्तो हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper