banner
banner

मोदी मन्त्रमा देउवा लम्पसार

Shaswot Sharma- 
भनिन्छ, भारतका प्रधानमन्त्री गोर्वाचोभका नयाँ अवतार हुन् । पेरोस्त्रोइका र ग्लास्तनोभ भन्नेन ीति ल्याएरत्यत्रो सोभियत संघलाई छरपस्ट पारिदिए भने बाँकी कसर पेत्सिनले पूरा गरिदिए । त्यस्तै हुन् भारतका नरेन्द्र मोदी पनि । सबका साथ सबका विकास– भन्ने मूलमन्त्र जपेर करीव तीनवर्ष अघि भारतको केन्द्रीय सत्ता कव्जा गरेका नरेन्द्र मोदीको पछिल्लो गतिविधि छिमेकीहरुलाई कब्जा गर्नु त थियो नै, त्यो बाहेक आफ्नै देशभित्र पनि बिभाजनकोरेखा कोर्न नजानिदो तवरले अग्रसर हुनुथियो । अरु धेरै गहिराईमा नजाउँ, भन्न सकिन्छ कि अहिले पृथकतावाद, जातिवाद र साम्प्रदायिताको ज्वाला पहिले भन्दा अझ बढी अड्किदो छ । आफूले प्रधानमन्त्रीको शपथ खाँदा छिमेकी देशका प्रधानमन्त्री र नेताहरुलाई बोलाएपछि धेरैलाई अव भारतको हेपाह, मिच्ने प्रवृत्तिमा सुधार आउँ कि भन्ने लागेको थियो । तर त्यसो हुन सकेन ।
पाकिस्तानसँग सीमामा प्राय: दिनहुँजसो झडप हुने गरेको छ भने उता चीनसँगको भुटानको सीमामा बिगत डेढ दुई महिनादेखि भारत चीनसँग भिडिरहेको छ  । आफ्नो अर्काे उत्तरी छिमेकी मुलुक नेपाललाई पिल्साएको त उहिले देखि नै हो । नेपालको सन्दर्भमा भन्नुपर्दा रोचक कुरा के छ भने सत्तामा रहेका दल र नेताहरुलाई भारत असल छिमेकी लाग्दछ भने बाँकी नेपाली जनता र विपक्षीहरुलाइ छिमेकी मित्र राष्ट्र भारत सधैं विस्तारवाद लाग्ने गरेको छ । हाम्रा अहिलेका प्रधानमन्त्री शेरबहादुर ेउवाले गत आइतवार त्यही मित्रराष्ट्र भारतको ५ दिने भ्रमण सम्पन्न गरेका छन् । र एकदमै सफल र फलदायी लाग्यो भनेका छन् भने विपक्षी पार्टीहरुले मुलुकको सार्वभौम अखण्डता भारतमा लगेर बन्धकी राखेको आरोप लगाएका छन् । बाँकी जनता त पीडा र अपमान अनि सिमानामा मिचेको, नाकावन्दी लगाएको, प्रत्यक्ष हस्तक्षेप गरेको आदि घटनाबाट पीडित छँदै छन् ।
भन्नुको तात्पर्य भारतलाई नेपाली सधैं हस्तक्षेपकारी र विस्तारवादी दृष्टिकोणले हेर्छन्, भारतले कृत्य पनि त्यस्तै गर्दै आएको छ । हाम्रा नेताहरु पनि सत्तामा हुन्जेल भारतलाई माईवाप नै ठान्छन्, उसका सामु लम्पसार पर्छन् । यसै मेसोमा गतहप्ता केही विज्ञहरुले भारतीय सेना क्याम्प रहेको नेपाली भूभाग कालापानी र लिपुलेकबाट भारतीय सेना हटाउनु पर्ने उचित समय यही हो भनेका छन् । काठमाडौंमा आयोजित कालापानी सिमाना अतिक्रमणको यथार्थ विषयक अन्तर्कृयामा विज्ञहरुले यो भारत भ्रमणमा प्रम देउवाले कालापानी र लिपुलेकको कुरा नउठाएकोमा असन्तुष्टि प्रकट गरेका थिए । अव यी बबुराहरुलाइृ थाहा हुनुपर्ने हो कि ती विचरा देउवाले दिल्लीमा के के बोल्ने ? के नबोल्ने ? यो सबै पहिले तय गरेर जाने बन्दोबस्ती नै गरेनन् । त्यसैले त सत्तालोलुप देउवाले देशभक्तिका कुरा किन उठाइरहन्थे र ?
नेपालको ठूलो रणनीतिक भूभाग कालापानी र लिपुलेक भारतले कब्जा गरेको छ । बोल्न नसक्नेले फिर्ता ल्याउने कुरा यिनको बुताको कुरा थिएन । खाइपाई आएको तलव सुविधाहरु कसले पो छाड्छन् र ? केही विश्लेषकहरु छन् जो भ्रमण अवधिमा देउवाले संविधान संशोधन जसरी पनि गर्छु ख्वामित भनेकोमा तिनलाई चित्त बुझेको छैन, संसदको अपमान भयो भनिरहेका छन्, भनेर के गर्नु, संसदले प्रम देउवालाई गर्न सक्ने के हो र ? देउवाले मोदीलाई खुशी पारे कि यहाँको राजपा हो कि भाई भाजपाले सुन्नासाथ तेश्रो चरणको चुनावमा भाग लिन तैयार भएर जुटिहाल्यो । मोदीका सामु प्रम देउवाले बचन दिएपछि त्यो पक्का ठान्यो राजपाले र अवको पाली संविधान संशोधन भएरै छाड्छ भन्ने विश्वासमा परेका छन् राजपावालाहरु । उता मोदी पनि संविधान संशोधनमा सघाउने बचन जो दिएर पठाएका छन् । अव विपक्षी केपी ओली कुर्लेरमात्र संविधान संशोधन राष्ट्रघाती साबित होला र ?
भारतले सप्तकोशी उच्च बाँधको कुरा अघि सारेको छ । नेपालका नाका नाकामा इण्डियन आयलको पम्प खुल्ने सवाल अघि सारेको छ, पाइपलाइन र सामुहिक सुरक्षा सवाल पनि भारतले उठाएको छ । अर्थात नेपालमा अरु नै बहानामा आर्मी डिजाइन अन्तर्गत काम गर्न भारत तम्सिएको छ, भारतलाई रोक्ने साहस कसको ?
खोई कहाँ गयो महाकाली सन्धि, कोशी व्यारेजबाट नेपालले पाउनै पर्ने पानी र विजुली किन पाएन ? सीमामा भारतले तटबन्ध र बाँध नबनाउने र बनाएको बाँधबाट नेपाललाई परेको मर्काको क्षतिपूर्तिका कुरा ? पुराना जलविद्युत देखि पारवहनसम्मका कुनै कुरा उठेनन्, सीमामा भारतीयले गरेको बलजफ्ती, अबैध उठ्ती र नेपाली लुट्न छाड्ने कुरा पनि उठेन । यतिमात्र होइन, गोविन्द गौतम मारिएकोमा क्षतिपूर्तिको कुरा पनि देउवाले उठाएनन् । देउवा गन्थन गर्न गए, माफी मागेको शैलीमा प्रस्तुत भएर फर्किए । निष्कर्ष के निस्क्यो ?
मोदी साखुल्ले बनेर प्रस्तुत भए, पसेर सिध्याउने कुरा गरे । मोदीले भारतमा जेसुकै गरुन्, त्यो तिनको मामिला हो, हामीले असजिलो मान्नुपर्ने कुरा मोदी नेपालको हितकारी तत्व सावित हुनसकेनन्, उनलाई नेपालको पक्षमा उभ्याउन देउवा असफल भएकै हुन् । समष्टिमा देउवाको भारत भ्रमण चार घण्टै भेटघाटका लागि भएको थियो तर उनले ५ दिन लगाएर भारत घुमेर, तीर्थब्रत गरेर फर्केका छन् । नेपालको विपत्तीमा राहत बन्नुपर्ने सरकार प्रमुख आहत भएका छन् ।
भारतका लागि मोदी मिखाइल गोर्वाचोभको नयाँ अवतार बनुन्, नेपालका लागि उनको भूमिका शंकास्पद र नेपाल सिध्याउने खालको भएकोमा हामीले सचेत हुनैपर्छ । अचेत हुनु मृत्युघण्ट नसुन्न हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper