banner
banner

तीज पर्वमा पर्यटकको सादगी

Padam Hamal- कुर्ता सुरुवाल, सलवार, घाँटीमा पोते, पर्यटकहरुले समेत तीजको महिमामा रमाएको दृश्य हो यो । पशुपति क्षेत्रमा यस खालका पर्यटक महिलाहरुको व्यापक भीड नै लागेको देखियो । हाम्रा चेलीहरु तीघ्रा देखाएर यसपालीको तीजमा भोड्का पिइन्छ भन्दै नाचे । तीज चड्किलो र भड्किलो पनि देखियो तर विदेशी महिलाहरुको सादगी देख्दा लाग्यो– नेपालमा तीजको महत्व विदेशीले पो बुझेछन् ।
विदेशीहरु मन्दिर मन्दिरमा गएको र कतिले त नेपाली कम्मर भाँचेर नाचेका पनि देखयो । नेदरलेण्डमा गीता पढाइन्छ, जर्मनमा तन्त्रमन्त्र र हिन्दुधर्मलाई कोर्समा राखिएको छ । अमेरिकामा नेपाली भाषाको महत्व बढेर गएको छ, तर पूर्वीय दर्शन मान्ने नेपालमा पश्चिमा संस्कार बढेर जानु दु:खद कुरा भएको छ ।
पहिले पहिले महिलाले मनाउने तीज भनेको विवाह गरेर गएकी चेली माइत आउने अवसर, दु:खसुखका कुरा गर्ने र आफन्तजनसँग सम्बन्ध नविकरण गर्ने मौकाका रुपमा प्रयोग गर्थे । अन्य महिलाहरुले राम्रो बर पाउन देवदेवीको आराजधना गर्ने अवसर पनि हुनेगथ्र्यो । तर आजकल तीज भनेको महिनौं अघिदेखि दर खाने भन्दै रंगरलिया गर्ने रुपमा बदनामा गरिदैछ । सुनचाँदी ढल्काएर हुनेखानेले नहुनेहरुलाई गिज्याउने, अपमानित गर्ने प्रचलन पनि बढेको छ । यस्तो तरिकाले संस्कार र संस्कृतिको जगेर्ना होइन, बिनास हुने निश्चित छ । हिन्दुसंस्कार र संस्कृतिलाई बदनाम गराउन पनि तीजलाई बिकृत बनाउने प्रयत्न भइरहेको हुनसक्ने आँकलन पनि गरिएको छ । तीजको महत्व कसरी राख्ने, अझै नसोच्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper