banner
banner

२ प्रतिशत व्याजमा ऋण कता हरायो ?

धर्मरत्न श्रेष्ठ -
भूकम्पपीडितलाई २ प्रतिशत व्याजदरमा घर निर्माण गर्न ऋण दिने निर्णय गरेर बैंकहरुलाई निर्देशनसमेत दिएको राष्ट्र बैंकले आफ्नो त्यो निर्णय लागू भए नभएको अनुगमन गर्न छाडेको छ । गाउँमा १५ लाख र नगरमा २५ लाखसम्म ऋण दिने निर्णयको परिपत्र भएको हो, तर बैंकहरुले अनेक झमेला देखाएर त्यस्तो खालको ऋण प्रवाह नै गरेनन् । बरु अन्धाधुन्ध जग्गाजमीन र सवारी साधन खरिदमा लगानी गरेर मुनाफा कमाउनतिर लागेका छन् ।
राष्ट्र बैंकले कडिकडाउ नगरेर बैंकहरुलाई मनलागि गर्न छुट दिएका कारणले पनि पीडित पीडित नै रहे र बैंकहरुवीच कसले कति अर्व कमायो भन्ने प्रतिस्पर्धा गरिरहेका छन् । जनमैत्री वैंक सेवा कि मुनाफामुखी ? यसबारेमा गभर्नर र राष्ट्र बैंकका बोर्डसदस्यहरुलाई कुनै मतलव नै छैन । उनीहरु व्यक्तिगत लाभ हेरिरहेका छन् ।
यथार्थ के देखियो भने राष्ट्र बैंकले त्यसरी दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्देशन दिएपछि वाणिज्य बैंकहरू तयार त भए, तर त्यसका लागि नेपाल राष्ट्र बैंक ऐनको दफा ४९ लाई संशोधन गर्न चासो देखाएन । यो ऐनअनुसार राष्ट्रिय वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकबाट एकपटकमा ६ महिनाका लागि मात्र पुनर्कर्जा प्राप्त गर्न सक्नेछन् । घर निर्माणको लागि उपलब्ध गराइने कर्जाको अवधि ६ महिनाभन्दा बढी हुने भएकोले वाणिज्य बैंकहरूले ऋण दिन नसकेको जनाउ दिए । राष्ट्र बैंक त्यो जनाउ टेबुलमा राखेर बस्यो । गभर्नर चिरञ्जीवी नेपालले ऐन संशोधनका निम्ति अहिलेसम्म कुनै पहल गरेका छैनन् । यहीकारणले गर्दा सरकारको घोषणा घोषणामा सिमित हुनपुग्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper