banner
banner

कुन गायत्री मन्त्री लिन भारततिर ?

धर्मरत्न श्रेष्ठ -
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तैयारी सुरु भइसकेको छ । देउवा भारत भ्रमणमा जानुपर्ने एजेन्डा के के हुन् ? यसबारेमा कुनै बहस हुन सकेको छैन । प्रतिपक्षीहरुसमेतको विश्वास जितेर भारत भ्रमणमा जानसके भारतसँग कुरा गर्न बल मिल्ने ज्ञान देउवाका सल्लाहकारहरुले दिन सकेनन् ।
एक्लो ढेडुजस्तो भएर बहुमत छ,कसले मेरो सरकार हल्लाउने भन्ने अहंकारी बनेर भारत जानुको कुनै तुक छैन । यसरी भारत जानु भनेको दुईदेशवीचका समस्याहरु थाँति राखेर भारतका सामु लम्पसार पर्नुमात्र हो । सीमा समस्या छन्, कैलालीमा गौतम गोविन्दको हत्या भएको छ । मधेसी अर्थात राजपा चुनावमा भाग लिने नलिने तय भइसकेको छैन । संविधान संशोधन प्रस्तावमा कुनै निर्णय हुनसकेको देखिदैन । चीन ओविओआर भनिरहेको छ, नेपालले सही गरिसकेको छ तर भारत र भुटान त्यसको विपक्षमा उभिएका छन् । र, सबैभन्दा डरलाग्दो स्थिति भारत र चीनवीच युद्ध हुनसक्ने खतरा देखिएको छ । यस्तो स्थितिमा नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जानुको कूटनीतिक अर्थ अनर्थपूर्ण पनि लाग्न सक्छ जसले नेपालको हक, हित र भविष्यमा समेत नकारात्मक असर पार्ने निश्चित छ ।
यसकारण पनि देशमा राजनीतिक स्थिरता कायम नहुन्जेल, राजनीतिक दलहरुको एकमत र एकविचार नबनुन्जेल भारत जानु भनेको राष्ट्रपति कोविन्दको मेजमानी खानु र प्रधानमन्त्री मोदीको दर्शन गर्नुमा मात्र सिमित हुनेछ । चेतना भया ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper