banner
banner

हिन्दुराष्ट्र र राजतन्त्रको राजनीति

शाश्वत शर्मा - 
संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र भनेपछि जनता लोभिन्छन् । जनता आकर्षित हुन्छन् । यो कुरा प्रमाणित पनि भएको हो । जब हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रप्रति अलिकति तलमाथि हुन्छ, जनतामा आशंका बढ्छ र त्यस्ता सिद्धान्त बोकेका र बगारेका पार्टीहरुले मत पाउनन्न्, तिनको साख स्वात्तै झर्छ, ज्वरो झरेजस्तो गरेर ।
स्थानीय निर्वाचनमा फेरि उही कांग्रेस र एमाले दुई प्रतिस्पर्धी देखिए, माओवादी र राप्रपाको साख ओह्रालो लाग्न पुग्यो । जनताले माओवादी र राप्रपा दुबैलाई सबक सिकाएका छन् । यदि प्रदेशसभा र केन्द्रीय निर्वाचनसम्म पनि यिनले आफ्नो अडानलाई जनताका सामु स्पष्ट पार्न सकेनन् भने जनताको गोर्खे लौरीले यिनलाई सुम्ला बसाल्ने निश्चित छ । लेखेर राखे हुन्छ, अव जनता लल्लरीबिल्लरीमा विश्वास गर्नेवाला छैनन् । उनी स्पष्ट प्रतिवद्धता, नीति र निष्ठामा मात्र विश्वास गर्नेछन् । माओवादी र राप्रपाले सोचुन् 
खुमबहादुर खड्काले हिन्दु अभियान चलाएका थिए, त्यो अभियान कहाँ पुग्यो, कसैलाई थाहा छैन । आजकल खुमबहादुर खड्का आफ्नो स्वास्थ्य र पार्टीको स्वास्थ्य सबल बनाउनतिर लागेका छन् । उनलाई के विश्वास छ भने आफ्नो र पार्टीको स्वास्थ्य बन्यो भने हिन्दुत्वसहितको नेपालको स्वास्थ्य ठिक हुन्छ ।
कांग्रेसका अर्का राजधानीका हस्तप् हरिबोल भट्टराईले पनि हिन्दुराष्ट्र नेपालका लागि भारतबाट अभिायन सञ्चालन गरेका छन् र उनले आचार्य बालकृष्ण आचार्यदेखि योगी आदित्यनाथसम्मलाई हिन्दु अभियानमा सहभागी गराएका छन् । उनको अभियान हिन्दुराष्ट्रसम्मै पुग्छ कि कांग्रेसलाई अनुकूल पारेपछि रोकिने हो , त्यो चाहिं समयले बताउला ।
संवैधानिक राजतन्त्र र हिन्दुवाद बोकेर डा.प्रकाशचन्द्र लोहनी र केसर विष्ट अघि सरेका छन् । यिनीहरुले पनि सत्तामा पुग्ने भर्‍याङका रुपमा यी मुद्दा उठाएका होइनन् भन्ने आधार देखिदैन । यद्यपि यिनीहरु जनताको आँखामा चढ्नका लागि आकर्षक रुपमा नारा घन्काइरहेका छन् । यस्तो नारा त राप्रपाले मेची महाकाली नै घन्कायो, चौथो ठूलो दल पनि भएकै हो । अलिकति जिब्रो लटपटिदा स्थानीय निकायको नतिजामा राप्रपा कमजोर देखियो । अध्यक्ष कमल थापाले भनेका छन्– सत्तामा सहभागी नबनाएर प्रम देउवाले राम्रै गरिदिएका छन् । यही मौकामा पार्टीको सवलता र सफलताका सूत्रहरु खोजिनेछ, पार्टीलाइ प्रभाकारी बनाइने छ । हाम्रो शुभकामना छ, राप्रपा आफ्नो अडानमा खरो र दरो रुपमा प्रस्तुत होस् । जनताको मनमा देखिएको चिसो सुकोस् ।
न कांग्रेसको भरोसा छ, न त लोहनी र केसर विष्टको । लोहनी र विष्टलाई त अमेरिकन भन्ने हिन्दुहरु धेरै देखिएका छन् । जसले पार्टीभित्र बसेर सिद्धान्तको लडाइ लड्न सकेनन्, तिनले नयाँ पार्टी पसल खोलेर हिन्दराष्ट्र घोषणा गराउलान् ? संवैधानिक राजतन्त्र पुनस्र्थापित गर्न सक्लान् ?
अहिलेसम्म हिन्दुराष्ट्र र राजतन्त्र राजनीतिक मुद्दामात्र बनेको छ । नेपालको राजनीतिमा न तेल छ, न तेलको धार । छ भने अवसरवादिता छ, अवसर पाएपछि मुद्दा किनारा लाग्छन् । देखिएको धार यही धार हो ।
अहिलेसम्म लोकप्रियताको शिखरमा भएको राजतन्त्र र ९५ प्रतिशत ॐकार परिवारले मान्ने हिन्दुधर्म मान्नेहरुमाथि जे भएको छ, भ्रमछर्ने राजनीति भन्दा थप केही भएको छैन । गणतन्त्रवादीहरु त्यही राजतन्त्र र हिन्दुवादीमाथि हमला बोल्ने, सत्तामा पुग्न अथवा चुनाव जित्न त्यही राजावाद र हिन्दुवादको लोकप्रियतालाई मतपत्रमा भजाउने । चुनाव लड्नका लागि यिनै दुई मुद्दा बोकेकाहरुसँग चन्दा असुली पनि गर्ने । क्या काइदा, फाइदै फाइदाको राजनीतिक मुद्दा बन्यो नि राजावाद र हिन्दुवाद ।
धर्मनिरपेक्षता चलेन, संघीयता र गणतन्त्र पनि चलेन । यो सिद्धान्तलाई संस्थागत गर्न जारी गरिएको संविधान पनि चलेन । सबैभन्दा अलोकप्रीय केही छ भने चालु पद्धति छ, कोही अलोकप्रीय छन् भने अहिलेका सत्ताधारी दलहरु छन् । जो आफूलाई लोकतन्त्रवादी भन्छन्, लोकतन्त्रको नामबाहेक विधि केही छैन, कहीँ देखिदैन । जे देखिन्छ, अनियमितता, भ्रष्टाचार र अनीतिमात्र छ । तैपनि लोकतन्त्रको साइनबोर्ड चम्किरहेको छ किनभने हिन्दुवाद र राजावाद बोकेर सडकमा निस्कने नेतृत्वको अभाव छ । त्यही अभावको फाइदा उठाइरहेका छन् भ्रष्टहरुले ।
राप्रपा, राप्रपा नेपाल, हिन्दुराष्ट्र बनाउने आन्दोलन, अभियान । सबैतिर जे छ, त्यो हिन्दुवाद र राजावाद नै छ तर के गर्नु जुन मुद्दाको जग हालेर पार्टी अथवा आन्दोलनहरु सुरु भएको छन्, असली मुद्दा नै ओझेलमा पार्न यिनै कस्सिएर लागेका छन् ।
मूल मुद्दा कहाँ छ, कहिले उठाउने, मुद्दामा उठ्न, आन्दोलन गर्न साइत कहिले जुराउने ? यी मुद्दाको बैधानिक निक्र्यौल कहिले गर्ने, गर्न बाध्य पार्ने ? यस्ता प्रश्नहरुमा हिन्दुवाद र राजावाद उभिएको देखिदैन । अबेर गरे घुम्दैफिर्दै रुम्जाटारमात्र हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper