banner
banner

कालोदाग हट्यो, सुरक्षित उडान होला ?

धर्मरत्न श्रेष्ठ- 
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले ४ वर्षअघि गम्भीर सुरक्षा चासोका साथ कालोसूचीमा राखेको नेपालको उड्डयनलाई बल्ल गम्भीर सुरक्षा चासो सूचीबाट हटाएको छ । आइकाओको निरीक्षणबाट नेपालले ६६।०८ अंक पाएपछि गम्भीर सुरक्षाचासोबाट मुक्ती पाएको हो । यही आधारमा नेपालले अनुरोध गरेपछि इयुले नेपाललाई कालोसूचीबाट हटाउने छ ।
भित्री कुरो नेपालले चीनसँग जहाज खरिद गरेपछि युरो अमेरिकनहरु रिसाएर नेपाललाई कालोसूचीमा राखेका थिए । नेपालले २ थान वाइडबढी एयरवस किन्न पहिलो किस्ता भुक्तानी गरेपछि उनीहरु नरम भएका हुन् र कालोसूची हटाउन राजी भएको अनुमान गरिएको छ । यसैवीच नेपालले आइन्दा चिनियाँ जहाज नकिन्ने मौखिक आश्वासन पनि दिएकाले आइकाओ र इयु नेपाली जहाजलाई उडान अनुमति दिन तैयार भएको बताइन्छ । आइकाओले विश्वव्यापी उडान सुरक्षामा चासो राख्छ र गम्भीर सुरक्षा चासो देखिएमा कालोसूचीमा राख्नेगर्छ, यही सूचीलाई इयुले पनि आफ्नो मुलुकहरुमा त्यस्ता कम्पनीका जहाजलाई अनुमति दिदैन ।
आइकाओले वर्गीकरण गर्दा हवाई कानून, नागरिक उड्डयन संगठन, व्यक्तिगत इजाजत, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, एयर नेभिगेसन सेवा र विमानस्थल सञ्चालन रहेका छन् । २ हप्ता अघि आएको आइकओका प्रतिनिधिहरुले यी सबै मापदण्डबारे छानबिन गरेका थिए ।
अव नेपालले २ थान वाइड बढी जहाज भित्र्याएपछि र निजीक्षेत्रले पनि हवाई सेवामा बढाउँदै लगेको लगानी हेर्दा नेपालले विश्वव्यापी उडान गर्नसक्ने छ र यसैको पूर्व शुभलक्ष्यणका रुपमा कालोसूची हट्नुलाई लिन सकिन्छ । सवाल के पनि छ भने आइन्दा हवाई सेवामा कुनै खेलाची कसैले पनि हुन रोक्नुपर्ने छ ।
नेपाल एयरलाइन्सका कमीकमजोरीका कारण नेपालले ४ वर्षसम्म अन्तर्राष्ट्रिय बेइजत बेहोर्नुपर्‍यो । बल्ल बल्ल आएर त्यो कालोसूची हटाउन नेपाल सफल भएको छ । कारण एउटै छ, नियमको उल्लंघन गर्नु र उड्डयन क्षेत्रमा अस्तव्यस्तता पार्नु । यसको जिम्मेवार नागरिक उड्डयन प्राधिकरणले पनि लिनुपर्छ र सम्बन्धित निकाय सबैलाई दण्ड दिनुपर्छ । कसैलाई केही कारवाही भएन, राष्ट्रले बेइजति भोग्य । आइन्दा त्यस्तो नहोस् भनेर अहिलेदेखि नै नियममा कडाइ थाल्ने हो कि ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper