banner
banner

राष्ट्र विवेक खोजिरहेछ

अधिवक्ता शिवप्रसाद सिग्देल -
  कुरो विक्रम सम्बत् १६७५ देखि १६९८ सम्म काठमाडौंमा शासन गर्ने राजा लक्ष्मी नरसिंह मल्लको शासनकालको हो । राजा लक्ष्मीनरसिंह मल्लको राज्य व्यवस्थामा काजी भीम मल्लको ठूलो हात थियो । भीम मल्ल अर्थशास्त्रका निकै ज्ञाता थिए । बुद्धिमान, दूरदर्शी तथा व्यवसायकुशल व्यक्ति थिए । राज्यमा ३२ वटा पसल खोल्न लगाएर भोटसित पनि व्यापारिक सम्बन्ध स्थापित गरो थिए । भोटस“ग भएको तत्कालीन सन्धिले भीम मल्लाको बुद्धिमत्ता, दूरदर्शिताको परिचय दिन्छ । यिनैले कान्तिपुर राज्यको सीमा आधा कुतीसम्म पु¥याएका थिए । काजी भीम मल्ल राजा लक्ष्मी नरसिंह मल्ललाई सम्पूर्ण उपत्यकाको राजा बनाउन लगनशील थिए ।
काजी भीम मल्लको बढ्दो भ्रभुत्व दरवारको अरु बर्गको आ“खामा कसिंगर झैं बिझ्न थाल्यो । ती छुल्याहाहरुले राजाको कानमा यो कुरो भरिदिए कि काजी भीम मल्ल भोटस“ग भिलेर आफै राजा हुने प्रयत्नमा गर्दैछन् ।
राजाले सत्य कुराको छानबिन नै नगरिकन काजी भीम मल्ललाई विवेकहीन भएर मार्न आदेश दिए । एउटा देशभक्त, कर्तव्यपरायण र दूरदर्शी सेवकको अन्त हुनपुग्यो । पछि पछुतो सिवाय केही हुनसक्ने स्थिति रहेछ । सतीको आ“सु बग्यो, बेदनायुक्त अश्रुपूर्ण सतीको कण्ठबाट अनायास सराप निस्कियो– ‘यो राज्यमा विवेक नरहोस् ।’
त्यसबेला देखि नेपालको नियति नै बनेको छ, जो जसलार्य शासनको बागडोर सम्हाल्ने अवसर मिल्छ, ऊ सत्तामा बिराजमान हुनासाथ विवेकहीन बन्छ । उसको विवेक हराएर जान्छ । गर्नै नहुने निर्णयहरु गर्ने गर्छ । व्यक्तिगत लाभ, सुखचैन, सत्तामोहको कुटिल खेलहरुमा रुमलिन पुग्छ । सर्वसाधारण, किसान, मजदुर, गृहिणी, राजनीतिक दलका इमान्दार कार्यकर्ताहरु र देशभक्त राष्ट्रवादी सबै गुनासोहरु पोखिरहेका देखिन्छन् । विवेकका लागि ब्याकुल हुन्छन् । तैपनि विवेक पाउन सक्दैनन् । किनकि भीम मल्लकी सतीको सरापबाट हामी मुक्त भएका छैनौं ।
देशभक्त भीमसेन थापा जसले यही माटोमा सुधार र निर्माणको श्रृंखला सुरु गरेका थिए । साम्राज्यवादको विरुद्ध शंखनाथ गरेका थिए । एसियाकै तारा बनेका थिए, इतिहास बोल्न सक्दैन कि उनको एउटा पनि दुर्गुण थियो भनेर । तर तिनै देशभक्त सपुतको लाश चील, गिद्धलाई खुवाइयो । सत्य पराजीत भएको इतिहास अन्यत्र पनि छन् । सत्य लेख्यो भनेर राजा एन्टोनीले सिसेरोलाई फा“सी दिए । यथार्थको खोज गरेर पृथ्वी गोल छ भनेर सत्य बोल्दा ग्यालिलियोलाई झुण्ड्याइयो । वास्तविक चिन्तनका हिमायती सुकरातलाई विष खुवाएर मृत्युदण्ड दिइयो । यसरी सत्यले सजायको सामना गर्नुपरे पनि कहिल्यै सत्य आझेल परेर बस्न सकेन ।
कांग्रेस, एमाले, माओवादी, राप्रपा, सद्भावना वा अरु पार्टीहरु, सबै क्षेत्रमा इमान्दार व्यक्तिहरुको उपेक्षा र चाटुकार, व्यापारीहरुको दिनप्रतिदिन बढोत्तरी देख्न सकिन्छ । नीतिशास्त्रमा भनिएको छ– ‘अयोग्यलाई योग्य सरह, योग्यलाई अयोग्य सरह गर्ने, काम गर्न सक्नेबाट काम नलिने भएमा काम गर्नेहरुले छोडिदिन्छन् ।’
मणिलाई का“च र का“चलाई मणि सम्झने परिपाटीले प्रत्येक क्षेत्र ग्रसित भएको छ । १९८८ साउन २८ गते जेलमा पर्नु भएका प्रजातान्त्रिक सेनानी खड्गमान सिंहले जेलमा २० वर्ष भन्ने पुस्तकमा लेखेको प्रसङ्ग सम्झना भएको छ । ‘२००७ सालमा प्रजातन्त्त आउनुभन्दा पूर्व राणा शासनको विरुद्ध प्रजातन्त्रको लाग संघर्ष गर्नेर चुटाइ र पिटाइका साथै जेल जीवन व्यतित गर्नेहरु २००७ सालमा प्रजातन्त्त आएपछि उपेक्ष्ँित हुन पुगे । त्यसपछि मनाइने प्रजातन्त्र दिवसका कार्यक्रमहरु र चियापान समारोहमा एक कप चिया खान पनि ती चुटिने पिटिने र जेलको भुक्तमान खप्ने राजवन्दीहरु सिला खोज्दा पनि नपाइने गरी उपेक्षित भए ।’
हो, नेताहरुमाथि अनेकन दमन भएका हुन् । नेताहरुले पनि अनेकन गल्ती गरेका छन् । गल्ती सच्याउन नखोजेर थप गल्तीहरु थप्दै जानु भनेको राष्ट्रमाथि कुठाराघात गर्नु हो । यति ठूला ठूला परिवर्तन भएर पनि विश्वासको वातावरण, भराशायोग्य राजनेता किन जन्मन सकेन ? किनकि देश नै विश्वासको संकटको आगोको मुस्लो बनेर दन्किरहेको छ । शौभाग्य आउनुपथ्र्यो, दुर्भाग्यले थिचिरहेछ ।
राज्यका प्रत्येक क्षेत्र यतिबेला विवेकशून्य रोगले ग्रस्त हुनपुगेका छन् । सत्यवान मरेपछि सावित्रीले बचाएको इतिहास पढेका हामी कहिल्यै सावित्री मरेपछि सत्यवानले बचाएको इतिहास पढ्न पाएनौं । यसैले प्रत्येक राजनीतिक पार्टी र इमान्दार कार्यकर्ताहरु, सुशासनका झल्का र झिल्काहरु विवेक शून्य नियतिमा नै रुमल्लिइरहेको छ ।
विवेक र मूल्यांकनको भीख मा“ग्ने होइन, जग्गा जमिन र घरवार छैन भने पनि आफूले टेकेको पैतालाले टेकेको मोटालाई नै मेरो देशको माटो भनेर गर्व गर्नुपर्छ । अव प्रत्येक इमानदार र नैतिकवानहरुले राष्ट्रियता बोल्नुपर्छ, बोक्नुपर्छ । योभन्दा अर्को मार्ग छैन हाम्रा सामु । अर्काको अत्तरमा रमाउने नेपाली हिजो थिएनन्,आज पनि कुनै नेपालीको त्यस्तो बानी छैन । हो, केही नेताहरु परायाको हैकममा रमाउन खोजिरहेका छन्, परायालाई देशको मालिक बनाउने साजिसमा सामिल छन् । इतिहास र वर्तमानमा समायोजन गरेको यो धारणा कसैलाई नमीठो पनिलाग्न सक्ला तर पनि विद्वानहरु भन्छन्–
Two men looked out from the prison bars,
one saw the mud, the other saw the stars .

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper