banner
banner

क्लिन फिडमा देउवा क्लिन बोल्ड

पदम हमाल -
काठमाडौं । साउन १ गतेदेखि लागू हुने भनेर सरकारले ल्याएको क्लिन फिड नीतिले हावा खाएको छ । विचारै नगरी त्यस्तो नीति ल्याउ“दा टेलिभिजन कम्पनीहरुले यसरी आपत्ति प्रकट गरे कि प्रधानमन्त्री झुक्न बाध्य भए, नीति लागू हुनसकेन ।
क्लिन फिड नीति भनेको नेपालमा प्रशारण हुने विदेशी टीभीहरुमा विज्ञापनरहित हुनुपर्ने नीति हो । चर्को आलोचना र विरोध भएपछि सञ्चार मन्त्रालयले सो नीति कार्यान्वयनका सम्बन्धमा गर्नुपर्ने कतिपय कार्यहरु गर्न बा“की रहेकोले तत्कालका लागि स्थगित गरिएको सूचना निकाल्यो । 
क्लिन फिडको सरकारी नीतिको अर्थ नेपालीले पैसा तिरेर हेर्ने गरेको विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित बनाउने नीति हो । उपभोक्ताले च्यानलकै लागि पैसा तिरिसकेपछि उसको विज्ञापन पनि हेरिरहन आवश्यक नहुने विश्वव्यापी प्रचलन अनुसार नेपालमा पनि क्लिन फिड नीति ल्याइएको थियो । भारतीय टेलिभिजन च्यानलहरुको साझा संस्था इन्डियन ब्रोडकास्टिङ फेडेरेसनले नेपालमा क्लिन फिड लागू भए विज्ञापनरहित सामाग्री मात्रै पठाउन नसक्ने जनायो । यता नेपालका टेलिभिजन च्यानलहरुले यो नीतिको चर्को विरोध गरे । यसपछि सरकार पछि हट्न बाध्य भयो । क्लिन फिड नीतिमा सरकार क्लिन बोल्ड हुनपुग्यो ।
डिसहोमवालाले पनि विदेशी च्यानल आउन दिने तर विज्ञपान आउन नदिने भन्ने कुरा गलत भन्यो । धेरै मुलुकहरुले विदेशी च्यानल प्रवेश गर्न दिन्छन्, तर विदेशी विज्ञापनको ठाउ“मा आफ्नो देशको विज्ञापन राख्छन् । यसरी क्लिन फिड लागू गर्न सकिन्छ । यो विकल्पमा नेपालमा टेलिभिजन सञ्चालकहरुमा मतैक्य बन्न सकेन । विदेशी च्यानल बन्द नै हुने स्थिति छ, अधिकांश केबल टिभी सञ्चालकहरुले व्यवसाय बन्द गर्नु पर्ने अवस्था सिर्जना हुने चेतावनी दिए । त्यसपछि सरकारी नीति निर्णय कार्यान्वयन हुन नसकेको हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper