banner
banner

राप्रपाभित्र अप्रजातान्त्रिक चरित्र

शाश्वत शर्मा - 
राप्रपाभित्रको विवाद चुलिदै गएको छ । स्वयम् बरिष्ठ नेता पशुपतिशमशेर जबरा र संसदीय दलका नेता दीपक बोहराहरु नै विवादलाई मलजल गर्न लागेपछि पार्टी फूटको संघारमा जस्ता शीर्षकहरु पत्रिकामा छाएका छन् ।
एकथरि भन्छन्– अध्यक्षले ४२ जनाको नाम केन्द्रीयसदस्य भन्दै निर्वाचन आयोगमा बुझाएपछि विवाद दावानल बनेको हो । अर्कारिका अनुसार राणा र थापाको गठबन्धन नै अप्राकृतिक थियो । राजतन्त्र र हिन्दुधर्ममा उठेको राप्रपा नेपाल र गणतन्त्र, धर्मनिरपेक्ष्ँता रसंघीयताका पक्षपाती राणाजीस“ मिल्ने कुरै थिए, आधारै थिएन । सर्तमा मिल्यो, माटाको भा“डो जोडेर जोडिएला र ? त्यसो त युरोपियन युनियनको पैसामा चलेको आरोप लागिसक्यो फुटेर नया“ पार्टी खोलेका डा.प्रकाशचन्द्र लोहनीमाथि पनि । राप्रपाको मुख्य समस्या भनेकैअ र्काले खेल खेल्नु हो । त्यसमाथि इगोको समस्या झन बिकराल छ ।
त्यसो त अधिवेशनबाट अध्यक्ष बनाइएका कमल थापाले राणा र बोहराको आदेशमा चल्नुपर्ने कुरै छैन । कमाण्ड हातमा लिन निर्णय त गर्नैपर्छ, निर्णय गर्दा राणा र बोहरा बर्बराउ“छन् भने त्यसको ओखती के हुनसक्छ ? मुख्य कुरा अधिवेशनले पारित गरेको पार्टी लाइन, अर्थात विधान हो । त्यो विधानअनुसार अध्यक्षले गरेको निर्णयमा राणाले किन आपत्ति प्रकट गर्ने, बोहरा किन रिसाएर फनफनिने ? अनि पार्टीकै लेटर पैडमा बोहराले म पार्टी लाइनमा छु, मेरो बारेमा पीत पत्रकारिता भयो भनेर खण्डन छपाउने ?
हो, स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा राप्रपाको करारी हार भएकै हो । यसमा थापा र राणाको लाइन विपरित फिजाइएको हल्लाले काम गरेको पनि भनिन्छ । यसपटकको पूर्वराजाको जन्मोत्सवमा अध्यक्ष कमल थापा नजानु र टंक ढकाललाई प्रतिनिधि बनाएर पठाउनुले अझ अनिष्ठ हुने संकेत देखिदैछ पनि भनिदैछ । यथार्थ के हो भने कमल थापा, जो राप्रपाका अध्यक्ष छन् उनले भनिसकेका छन्– राप्रपा आफ्नो पारित विधान र नीतिमा अडिग छ । उनको यो धार राप्रपाको शक्ति हो । कतिपय कारणले स्थानीय निर्वाचनमा हार भयो होला, तर राप्रपा पारित सिद्धान्तकै आधारमा फेरि आफ्नो शक्तिमा फर्कने छ ।
राप्रपाले नेता र कार्यकर्ताको रेकर्डचाहिं राख्नुपर्ने हुन्छ । केही कार्यकर्ता कहिले अध्यक्षस“ग, कहिले राणास“ग, कहिले डा. लोहनीको पार्टीमा त कहिले अरु पार्टीमा गइरहेका देखिन्छन् । जनतालाई आकर्षित गर्ने राम्रो सिद्धान्त, नीति र विधान छ राप्रपास“ग । फेरि किन राप्रपाको पोर सो देखियो चुनावमा । यस विषयमा राप्रपाभित्र विशेष आत्म मन्थन हुनुपर्ने आवश्यकता छ ।
हिजो कमल थापा दह्रा नेता थिए, त्यसो भन्नेहरु आज थापालाई तानाशाह देख्न र भन्न थालेका छन् । हिजो पशुपतिशमशेरमाथि पनि यस्तै आरोप लागेको थियो । तिनै राणाले थापामाथि प्रश्न उठाउनु कति जायज होला ?
राप्रपा नेपाल छ“दा पद्मसुन्दर लावतीहरु बाउ“ठिएर गएकै हुन् । छोरोलाई मन्त्री बनाएन भनेर लोकेन्द्रबहादुर रिसाएकै हुन् । डा.प्रकाशचन्द्र लोहनी राष्ट्रिय अध्यक्ष हुन पाइन भनेर नया“ पार्टी खोलेकै हुन् । राप्रपाभित्र पटक पटक मारामार हुनेगरेको छ । अहिले पशुपतिशमशेर जबराले अध्यक्षविरुद्ध राजनीतिक हतियार उठाएका छन् । अध्यक्षले एकलौटी निरंकूशता चलाए भनेका छन् । पशुपतिशमशेर अथवा बोहरामा ताकत थियो भने केन्द्रीय समितिमा लाप्पा खेल्नु नि । अध्यक्षलाई हराएर देखाउनु नि । अध्यक्षलाई भनेअनुसार गर्न बहुमतको दबाब दिनु नि । गर्न केही नसक्ने निरंकूश भए भनेर सडकमा आफ्नै पार्टीविरुद्ध हल्लाखल्ला गर्ने ।
आङ कन्याएर छारो उडाउने भनेको यही हो । पशुपति अथवा बोहरास“ग अर्को पार्टी खोल्ने ताकत छ ? डा.लोहनीको पार्टीमा गा“सिन जाने हिम्मत छ ? छैन, राप्रपा नै मातृपार्टी हो भने जति लडिबुढी खेल्नुछ, आफ्नै पार्टीभित्र खेल्नु नि । पार्टीमा पकड बनाएर र पार्टीपंक्तिको विश्वास जितेर कमल थापा काम गरिरहेका छन् भने निश्चित अवधिसम्म उनलाई काम गर्न दिनुपर्छ । सकेनन् भने अर्को अधिवेशनले उनलाई पन्छाइदिनेछ र सक्ने बहादुरलाई अध्यक्ष छान्ने छ । यही हो प्रजातान्त्रिक अभ्यासको मार्ग ।
हो, कमल थापा दुधले नुहाएका होइनन्, ह्युमन इरर उनमा पनि छ । काम गर्दा, पार्टी चलाउ“दा कहिलेकाही“ उ“चनिच हुन्छ । बीसको उन्नाइस हुनासाथ कमल थापा निरंकूश भनेर मान्नु गलत हुनेछ । कम्तिमा गाईछापेहरुले गाईमाथि घात गर्नु र अध्यक्षमाथि शंका उठाउनु उस्तै हो । बस्न नसके पार्टी छाडेर जानु, सकिन्छ पार्टीमा टिकेर बस्नु । चित्त नबुझेका कुरा पार्टीभित्र राखेर आन्तरिक संघर्ष गर्नुपर्छ । प्रजातान्त्रिक शैली यही हो, अरु पार्टीमा पनि यस्तै देखिन्छ ।
कांग्रेसभित्र रामचन्द्र पौडेललाई खपिसक्नु भएको होला ? माओवादीभित्र काखी च्यापेका बाबुराम उछिट्टिएर गए, काखमा खेलाइरहेका नारायणकाजी असन्तुष्ट भइरहेका छन् । एमालेभित्र झलनाथ खनाल र माधवकुमार नेपाल ओलीलाई झेलिरहेका छन् । हुने भए आजै फालिदिन्थे, तर जतिसुकै मनमुटाव भए पनि पार्टीका लागि सबै एक छन्, एकपंक्तिमा उभिएका छन् । तिनको एकताले स्थानीय निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाएर खडा गरिदिएका छन् । यो हो, पार्टीमा बस्ने र टिक्ने तरिका । आदेश खोज्ने, आदेश मान्ने संस्कारमा हुर्केका राप्रपाभित्रका पूर्वपञ्चहरुमा अझै पनि प्रजातान्त्रिक संस्कार विकसित हुन सकेको देखिदैन ।
यथार्थमा स्थानीय निर्वाचनको परिणाममा राप्रपा हरायो । किन हरायो भने राप्रपाका नेताहरुले राप्रपालाई हराए, राप्रपाको नाम हराउनुको मूल कारण राप्रपाका नेता तथा नेतापछि लाग्ने कार्यकर्ताको ठूलो दोष छ ।
झगडा, मतभेद नेतृत्वस“ग होला, मतभेद हुनुपनि पर्छ । बिबाद छलफलबाट टुङ्गिने विषय हो । बिबाद जति बढ्यो, उति पार्टी माझिदै जान्छ । तर व्यक्तिगत बिबादका कारणले पार्टीलाई बली चढाउने काम स्थानीय तहको निर्वाचनमा राप्रपाका नेता तथा कार्यकर्ताले गरेका छन् । जसको कारणले चुनाव कमल थापाले होइन, राप्रपाले हार्न पुग्यो । सिंगो पार्टीले चुनाव हार्दा कार्यकर्ता सबैले चुनाव हार्न पुगे । खोई विवेकको ढक्कन खोलेको ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper