banner
banner

कृषि व्यवसाय र कृषि व्यवसायीको अवहेलनाको परिणाम

स्वयम्भुनाथ कार्की- 
केही दशक पहिले नेपाल धेरै कृषि उत्पादनमा आत्मनिर्भर थियो । आत्मनिर्भर मात्र होईन धेरै उत्पादनहरु निर्यात पनि गरिन्थ्यो । किशोर र युवा अवस्थामा भएकाहरुलाई यो कुरा अचम्म लाग्न सक्छ, तर चालीस पचासको उमेरका व्यक्तिहरुले त आङ्खनो वाल तथा किशोर अवस्थामा देखेकै कुरा हो । विराटनगरको रानी क्षेत्रबाट आङ्खनो राजनिति शुरु गरेर मुलुक हा“केका धेरै नेताले यो संसारबाट बिदा लिईसके । उनीहरु नेपालको राजनितिमा केन्द्रिय भुमिका थिए तै पनि रानीले भने आङ्खनो कृषि आधारित औद्योगिक परिचय लगभग गुमाई सक्यो । जुटमिलहरु समाप्त प्राय छन, चीनी मिल इतिहास हुुदैछ । यी मुलुकको कृषि उत्पादन प्रशोधन नामी उद्योग थिए । 
धान चामल तराईस“ग जोडिएका हरेक अञ्चलबाट विदेश निकासी हुन्थ्यो । यसैमा आधारित भएर अञ्चलै पिच्छे अञ्चलकै नामले धानचामल निर्यात कम्पनी पनि अस्तित्वमा थिए । वर्तमानले गरेको प्रमुख विकास हो कि आज मुलुक कुनै पनि कृषि उत्पादमा आत्मनिर्भर छैन । कृषि उत्पादस“ग जोडिएका उद्योगले प्रसिद्धि पाएका महत्वपुर्ण औद्योगिक शहरहरु आङ्खनो औद्योगिक परिचय गुम्दै गएर मृत्युशैयामा परेको छटपटाहटमा छन् । नेपालका सबै जसो उद्योगहरु विदेशबाट आयातित कच्चा पदार्थमा निर्भर छन । प्रकृतिक विविधताले भरिपूर्ण मुलुकमा आयको निमित्त अव केवल आङ्खनो सुन्दरता प्रर्दशन गर्नु तथा अर्काको मुलुकमा गएर निम्न कोटीको श्रम गर्नु सिवाय अर्को विकल्प रहेको छैन ।
ससाना घरेलु उद्योगलाई विस्थापित गर्दे ठूला उद्योगको स्थापनाले औद्योगिक विकास नभएको भने होईन । तिब्बतियन शिप, तिब्बतियन वा अस्टे«लियन ऊनमा नेपालको भुमि र हातले औद्योगिक उत्पादन निर्यातको बाटो देखाएको कार्पेट उद्योग स्वयं उद्योगीहरु कै नजरमा रुग्ण उद्योग भएको छ । कपडा, मेसिन, डिजायन विदेशी नेपालीको केवल श्रम भएको गार्मेन्ट उद्योग आयात गर्ने मुलुकले सुविधा नदिदैमा खण्डहर बन्दैछ । यत्रो औद्योगिक विकासले मुलुक आत्मनिर्भर बन्दै जानुको सट्टा झन पर निर्भर बन्दै जा“दैछ । आकार र व्यबसायिक कारोवारको मात्राले औद्योगिकिकरण भएको भने पनि प्रभावको रुपमा यस औद्योगिक विकासलाई विकासको रुपमा लिन सकिन्छ वा सकिदैन यो वेग्लै चर्चाको विषय हुन्छ ।
दुधको उमाल जस्तो भुलुक्क उम्लेको कुनैपनि उद्योग त्यसै गरेर तल झर्नुको प्रमुख कारण नै कच्चा मालको अभाव हो । न जुटका वस्तुहरुका प्रयोग समाप्त भएको छ न चीनीको विक्रि नै कम । कार्पेट अनि गार्मेन्ट माग सकिने बस्तु नै होईनन । तर कच्चामाल परदेशवाट, प्रविधि उतैबाट अनि वजार पनि उतै भएपछि टेक्ने समाउने आधार नै भएन । कुनै समयको जुट निर्यातक राष्ट्र अहिले वंगलादेशबाट जुट आयात गरेर उत्पादन गर्छ अनि त्यो अन्तराष्ट्रिय वजारमा पठाउ“छ भने निश्चित हो कि प्रतिस्पर्धा गर्न कठिन हुन्छ । अनि कि त नेपालले बिषेश सुविधा दिनु प¥यो कि खरिदकर्ता मुलुककले । अर्थात विदेशी खरिदकर्तालाई सस्तो परोस भनेर नेपाली जनताको रगतपसिनाको कमाईको राजश्वबाट सुविधा चाहियो । 
उत्पादनको प्राथमिक साधन, धेरै जसो औद्योगिक कच्चा पदार्थ तैयार गर्ने कच्चा पदार्थको प्रारंम्भिक उत्पादन कृषिबाटै हुन्छ । कृषि उत्पादन कृषि व्यवसायबाट कृषि व्यवसायीले गर्दछ । कृषक वा भुस्वामी नभनेर सौतानी व्यवहार गरुन्जेल वा कृषि व्यवसायीलाई व्यवसायीको रुपमा नहेरुन्जेल यो अबस्था सुधार नहुने मात्र होई बरु ओरालो लाग्ने क्रम अझ तिव्र हुन्छ । कृषक र कृषिकर्मलाई जे संज्ञा दिए पनि वास्तवमा यो आधारभुत उद्योग हो र यसमा संलग्नहरु पनि उद्योगी र मजदुर हुन । अन्य उद्योग भन्दा यस उद्योगको स्थान महत्वपूर्ण तथा उच्च छ किनभने यो उद्योग नै सबैको अन्नदाता हो । पेट भर्न नोटका विटा, बहुमूल्य सामान टोकेर हु“दैन । कृषि बाहेक अरु कुनै माध्यमले पेट भर्ने अन्न पैदा गर्न सक्दैनन् ।
मान्छेलाई नभई बा“च्नै नसक्ने हरेक बस्तु कृषि उद्योगले पैदा गर्दछ । दाना, नाना र छाना कृषि बाहेक अन्य कुनै उद्योगले एक्लैले दिन सक्दैन । अझ दाना त कृषि बाहेक अन्य उद्यागेले दिनै सक्दैन । तर कृषि उद्योगले दाना, नाना र छाना तीनै बस्तु एक्लैले दिन सक्छ । कपास, अल्लो, रेशम वा ऊन जस्ता नानाको कच्चा पदार्थ, अनि बा“स, काठ तथा खर पराल जस्ता छानाको न्युनतम बस्तुहरु कृषि उत्पाद कै परिणाम हुन् । यो सबै उत्पादमा ह्रास आउनुको एकमात्र भुमि सुधार अपव्याख्या गरेर  गरिएको कृषि उद्योग माथिको अत्याचार नै हो भन्न नहिचकिचाए हुन्छ । कृषि उत्पादनमा बृद्धि भए मात्र मृतप्राय भएका नेपालका गौरव सरहका उद्योगहरु फेरी संचालन हुन सक्छन ।
मुलुकले कमाउन आङ्खनो सुन्दरताको प्रर्दशन वा नागरिकहरु निकृष्ट श्रमिकको रुपमा विदेश पठाउने मात्र विकल्प रहदैन । वैदेशिक रोजगारी नाम दिईएको यो पाटोले संसारभर नेपाल र नेपालीले आत्मसम्मान गुमाउन थालेको छ । मुलुक भित्र पनि नया“नया“ किसिमको विकृति पैmलदैछ । पर्यटन सहज कमाईको बाटो जस्तो लागे पनि यसै बाटोबाट प्रख्याति पाएका मुलुकहरुमा यौन पर्याटनको योगदान भएको कुरा छ“दैछ । तसर्थ नेपालको गौरव पुर्नस्थापना गर्न अन्नदाताको रुपमा रहेका कृषि उद्योगी र कृषि उद्योगको सम्मान नै एकमात्र बाटो हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper