banner
banner

जेष्ठ नगारिकहरुलाई घरमै डाक्टर: यो हो लोकतन्त्रको झल्को

रोशन कार्कि - 
सोलुदूधकुण्ड नगरपालिकाले दूधजस्तै पवित्र निर्णय गरेछ । नगरभित्रका ७९ नाघेका जेष्ठ नगारिकहरुलाई घरमै डाक्टर लगेर उपचार सेवा दिने । अव तिनले पाउने भत्ता पनि घरमै गएर हातमै दिने व्यवस्था पनि हुनलागेछ ।  नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा धन्यवादका पात्र भएका छन् । यस्तो निर्णय देशभरिका गाउ“पालिका र नगरपालिकाले गर्नुपर्छ । जेष्ठ नागरिकलाई स्वास्थ्य, भत्ता र सवारी साधनमा कन्सेसनका लागि सडक संघर्ष गर्नै नपर्ने स्थिति ल्याउनुपर्छ ।
नगरपालिकाले गम्भीर उपचार लागेका बुढाबुढीलाई अस्पतालसमेत लैजना प्रवन्ध मिलाएछ । हरेक गाउ“ र नगर आ–आफैले जेष्ठ नागरिकको तथ्यांक लिएर तिनलाई सेवा दिने हो भने वैंकसम्म पुग्न, लाइन लागेर लखतरान हुन, अस्पतालमा लम्पसार पर्नु पर्ने छैन । योभन्दा राम्रो लोकवादी निर्णय अर्को हुनसक्दैन । त्यसैले सबै गाउ“ नगरले जेष्ठ नागरिकलाई दिने सेवाका बारेमा राम्ररी सोचुन, खुला मनले निर्णय गरुन् । एकदिन सबै बुढो हुन्छन्, मर्छन् । बा“चुन्जेल जेष्ठ नागरिकको सेवा गर्ने र सल्लाह लिनु उत्तम मार्ग हो ।
सोलुका जेष्ठ नागरिकको मन खुशी भएको छ । यसरी नै नेपालभरिका जेष्ठ नागरिकको मन खुशी हुनुपर्छ । जेष्ठ नागरिकले बनाइदिएको संरचनामा आजका जनप्रतिनिधिले राज गर्न पाएका हुन् । आजकाले सेवा संष्कार बसाले भने भोलिका पुस्ताले पनि त्यही सिको गर्नेछन् । जेष्ठ नागरिकलाई अपहेलना गरेर, घरबाट निकालेर, असरल्ल छाड्ने बढ्दो प्रवृत्तिमा पनि लगामा लाग्नेछ । बृद्धाश्रम खोलेर बुढाबुढीलाई फाल्नु हुन्न भन्ने मनस्थितिको विकास हुनेछ ।
लोकतन्त्रमा जेष्ठ नागरिकको सम्मान हुनु, तिनका कुरा सुन्नु र तिनका आवश्यकतालाई सकभर पूरा गर्नतिर लाग्दा कुनै ठूलो भार न राज्यलाई पर्छ, न स्थानीय तहलाई । सुसंस्कृत समाजको निर्माणमा जेष्ठ नागरिकको हेरचाहले ठूलो मद्दत पुग्ने कुरामा दुईमत छैन । पहिलोपल्ट सोलुदूधकुण्ड नगरपालिकाले जे निर्णय गरेको छ, त्यही निर्णयमा स्थानीय तहले अनुकरुण गर्नु बुद्धिमानी हुनेछ । हुन त काठमाडौं महानगरले बृद्धभत्तामा १२ हजार थपिदिएको छ । पैसा थपेरमात्र हुन्न, बुढाबुढीहरु माया“को भोका हुन्छन् । श्रद्धा, सम्मान र मीठो बोली सुन्न लालायित हुन्छन् । उनीहरु पैसा, खानाभन्दा पनि व्यवस्थित जीवन खोजिरहेका छन् । तिनलाई तिनका अपेक्षाअनुसारको बिधिव्यवस्थापन गर्ने हो भने उनीहरु त्यसै खुशी हुनेछन् । तिनको आशीषले राम्रो गर्ने प्रेरणा मिल्नेछ ।
हुन त अतिसार रोग, बालबालिकाको स्वास्थ्योपचार र शिक्षा जगतमा गर्नु धेरै छ । महत्वपूर्ण बालबालिका र बृद्धबृद्धा नै हुन्, जसलाई बढी सेवाभावको आवश्यकता पर्छ । यसकारण बृद्धबृद्धाहरुको हेरविचार गर्न सोलुदूधकुण्ठ नगरले जसरी अगुवाई गरेको छ, त्यसमा थप अझै केही गर्न सकिन्छ भने त्यतातिरसमेत सोचेर निर्णय र कार्यान्वयनमा तत्काल ध्यान पु¥याउन जरुरी छ । बृद्धको सेवा देशको सेवा हो । योभन्दा अर्को मानवधर्म होला र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper