banner
banner

बिहंगम दृष्टिमा शाहवंशका ११ पिढी

स्वयम्भुनाथ कार्की -

मध्ययुगतिर राजाको कर्तव्य राज्यको सुव्यबस्था त छदै थियो तर राज्य विस्तारको कामलाई राजाको सबैभन्दा महत्वपुर्ण काम मानिन्थ्यो । रोमन सम्राट अलेकज्याण्डर हुन् वा सम्राट अशोक परापूर्वकलदेखि अहिलेसम्म जुनसुकै रुपमा भए पनि नाम लिइने व्यक्तित्वहरु हुन् । उन्नाइसौ शताव्दिको मध्यसम्मको गौरवशाली मानिने सिमा विस्तारलाई वर्तमानले विस्तारवादको रगतमुच्छेल कलंक मान्छ । दोश्रो विश्वयुद्ध पछि कुनै पनि युद्धलाई सभ्य मानव समाजले गौरव हैन अभिषापको रुपमा लिन्छ । त्यस्तै वर्तमानका कुनै गौरवमय मानिएका कार्यलाई भविष्यले कलंक पनि मान्न सक्छ । त्यसैले इतिहासका कुनै घटनालाई वर्तमानको कसीमा परख गर्न मिल्दैन ।

बिस बर्षे ठिटोले जुनसुकै आशयले बाईसी चौबिसी राज्यमा विजय गर्ने अभिलाषाले काम गरेको भए पनि परिणाम आजको नेपाल हो । यो नेपालको अस्तित्व नेपाली सबैलाई स्विकार्य मात्र हैन पुज्य पनि छ । बाह्र हजार घरधुरी भएको सानो राज्य, साधन श्रोतको अरु छिमेकी राज्य भन्दा उल्लेख्यरुपमा कमी भएको राज्यको राजगद्धिमा बसेका बिस बर्षे लोर्के पृथ्वीनारायण शाहसंग अदभ्य इच्छा शक्ति थियो । त्यहि ईच्छाशक्तिको बलमा उनले आफु भन्दा ठूला राज्यहरुलाई गाभेर आधुनिक नेपालको सपना साकार पारे । एक निमेष पनि खेर नफालेर आङ्खना असफलताबाट पाठ लिदै निरन्तर प्रयत्नशिल नभएको भए आजको नेपाल संभव नै थिएन ।

 गोर्खाको सानो भुभागको राज्यको सट्टा नेपालको राजगद्दि पाएका प्रताप सिंह शाह चौविस बर्षको उमेरमा नेपालको सिंहासनमा बसे । उनको साथमा बाबुको भन्दा कैयौ गुणा धेरै साधन र श्रोत थियो । पृथ्वीनारायण शाहले आङ्खना बाबुबाट पाएको भन्दा धेरै आङ्खना छोरालाई छोडेर गएका थिए । प्रताप सिंह शाहले बाबुको सबै भौतिक वस्तु त प्राप्त गरे तर ईच्छाशक्ति भने लिन सकेनन । यो उनका भाई बहादुर शाहको भागमा लाग्यो । बाबुको ईच्छाशक्ति र अदम्य साहस पाएका भाईबाट उनले सहयोग लिन सकेनन् बरु उनलाई भाईबाट डर भयो ।

बहादुर शाहले दाजु र त्यसपछि भाउजुको शंकालु दृष्टिले खप्नु परेको पिडाले हरेश खाएनन् । दाजुको देहावशान पछि पनि दुई बर्षे भतिजाको गद्दिलाई महाभारतमा भिष्मले हस्तिनापुरको गद्दिको भैmं रक्षा गरे । साथमा बाबुको अधुरो रहेको सपना नेपालको निर्माणमा पनि लागे । तर तिनै व्यक्ति इतिहासमा एक अनजान पात्रको रुपमा रहेका छन् । इतिहास अध्ययन गर्दा कसैकसैको मनमा बहादुर शाह दाजु र प्रताप सिंह शाह भाई नहुनु नेपालको दुर्भाग्य रहेछ भन्ने पनि आउन सक्छ ।

बहादुर शाह पछि बढेको भारदार, दरवारिया आदिको प्रभाव अनि दरवारको वेलावेलामा प्रकट भएको कायर र लुते तालले मुलुक आक्रान्त बन्यो । पुर्ननिमाण गरेर मुलुकको उन्नति गर्नै पर्ने मुल्यवान समय पाण्डे र थापा खलकको कलहमा खर्च हुन थाल्यो । संयोगले पनि यस्तै प¥यो कि नेपालको राजगद्दिमा लगातार तीन दुधमुखे शिशु बस्नु प¥यो, अर्थात शिशु राजा भए । तोतेवोली बोल्ने राजाहरुको नामबाट लगातार कहिले यो खलक त कहिले त्यो खलकले हालीमुहाली चलाउ“दै आए । राजमातालाई प्रभावमा जसले लिन सक्यो त्यो शक्तिशाली र अर्काको सर्वश्वहरण निरन्तरता भइरहेको नेपालमा जंगबहादुर राणाले कार्यकारी महाराजको पद पड्काउन पाए ।

सुरेन्द्रवीर विक्रम शाह उमेर पुगेर राजा भएका भए पनि जंगवहादुरको वशमा थिए । जंगबहादुरको कुभलो नहोस भनेर आङ्खनै बाबु राजेन्द्रवीर विक्रम शाहलाई पनि थुनेका थिए । मोहनीमा लठ्ठ परेर बरु जंगवहादुरलाई  सम्धि बनाउन पुगे । राजपरिवारमा जंगवहादुर, उनका भाई भैयादका बाहेकसंग विबाह नै गर्न नहुने जस्तो परंपराको शुरुवात भयो । त्यस पछिको संयोग पनि अचम्मको नै भयो, लगातार दुई पि“ढी शिशु राजा नेपालले पायो । यसरी ११ पिढीमा ५ पिढी त नेपालले शिशु राजा नै भोग्यो । राणाबाट आक्रान्त भएका जनताले त्रिभुवनबाट आशा राखे ।

राजा हुनु सजाय सरह भएको अबस्थामा त्रिभुवनले जनताको साथको उपयोग गरेर राणा शासनबाट मुलुकलाई मुक्त गरे । त्यसपछि शुरु भएको राजनीति दलको खिचातानीलाई उनले झेल्न सकेनन । राणाशासन भन्दा पहिलेको पाण्डे र थापा खलकको कलहको वायु दलहरुको र दलभित्रको कलहमा रुपान्तरण भयो । राणशासनबाट मुक्त भएको नेपालले उन्नति तर्पm पाईला बढाउनको साटो झन दलगत कलहको भुमरीमा अमुल्य समय खेर फाल्न मै बिताउनु प¥यो । इतिहासले नायकत्व प्रदान गर्दा पनि राजा त्रिभुवनले परिस्थितिले गराएको क्रान्तिको नेतृत्वको आलंकारिक भूमिका निर्वाह बाहेक अरु केही गर्न सकेनन् ।

जनता नै शक्तिका श्रोत हुन भन्ने कुरा पृथ्वीनारायण शाहले राम्ररी बुझेका थिए । बहादुर शाहले पनि बुझेका थिए । त्यसपछि महेन्द्रवीर विक्रम शाहले पनि बुझे । राजनैतिक दलहरुले शक्ति प्राप्त गर्ने श्रोत जनतालाई आङ्खनो पनि शक्तिश्रोत महेन्द्रले बनाए । उनमा ईच्छाशक्ति थियो, गर्ने साहस थियो अनि जनतामा जाने कार्यनीति थियो र नै संसदमा त्यति प्रचण्ड (दुईतिहाई) बहुमत भएको सरकारलाई अपदस्थ गरेर शासन संचालन गर्न सके । आफु समेत लागेर प्रतिपादन गरिएको पञ्चशीललाई लत्याउदै भारतीय संसदले सार्वभौम नेपाललाई प्रान्त मान्ने जस्तो गरेर प्रस्ताव नै पारित ग¥यो । जवाहरलाल नेहरुले यो कदम नरुचाउदा पनि जनताको शक्तिको भरले छिमेकको यो अरुचीलाई मथ्थर गरे ।

यदी कसैले सेनाको बलमा टिकेको भनेर भन्छ भने बुझे हुन्छ । नेहरुको अरुचीसंग नेपालको सेनाले लड्न सक्ने थिएन । माओत्सेतु¨ र नेहरुले नेतृत्व गरेको चीन र भारतको बीचमा रहेको नेपालले सैनिक शक्तिले होइन कौशल र आङ्खना जनताको बलले मात्र विश्व सामु उभ्याउन सक्ने थियो । वर्तमानमा पनि जनता उपेक्षित महशुस गर्दैछ । यस्तोमा पूर्व बनाईएका राजाले नियमित जनतासंग भलाकुसारी शुरु गरे भने अवस्था के होला ? यसो गर्न नेपालको कुन कानुनले उनलाई छेकावार लगाउन सक्ला ? यो वर्तमानले अर्को नायक पाउने लक्षण भने पक्कै हुनेछ । तर के यस्तो होला त ? यो प्रश्न अहिलेलाई अनुत्तरित नै छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper