banner
banner

भोलि ३५ जिल्लामा निर्वाचन

धर्मरत्न श्रेष्ठ- 

मधेसवादी राजपा पछि हट्यो, सुरक्षाकर्मीले कडाइ गरिदिए । जसका कारण निर्वाचन रुपमा उमेदवारी दर्ता भयो । भोलि दोश्रो चरणको निर्वाचन ।

क्षेत्र नम्बर १, ५ र ७ नम्बर क्षेत्रका ३५ जिल्ला, जसमा ३ सय ३३४ स्थानीय तहहरु रहेका छन् । सबै क्षेत्रमा भोलि निर्वाचन हुनेछ । उमेदवारी दर्ता, निर्वाचन प्रचारप्रसार जुन शान्तिपूर्ण तरिकाले भइरहेको छ । यसबाट के देखिन्छ भने जनता निर्वाचन चाहिरहेका छन् र निर्वाचन शान्तिपूर्ण तरिकाले नै हुनेछ ।

दोश्रो चरणको निर्वाचनमा केही रमाइला र आश्चर्यलाग्दा दृश्यहरु पनि देखिएका छन् । कांग्रेस–माओवादीमात्र होइन, संविधान विरोधी विप्लव र संघीयता विरोधी राजमोले समेत केही ठाउ“मा ठूला दलहरुस“ग तालमेल गरेका छन् ।

                र, चुनाव बहिष्कार गर्ने भनेर अड्डी लिएर बसेको राजमोले समेत आफ्ना स्वतन्त्र उमेदवारहरु खडा गरेका छन् । बाहिर संविधान संशोधन नभए भाग लिन्नौं भन्ने, भित्र भित्र आफ्ना उमेदवार उठाएर राजमोले निर्वाचनमा सहभागिता जनाएका छन् । खुलेरै चुनावमा भाग लिएर चुनावपछि राजनीतिक बिबाद र बिबादको निकास खोजी गरेको भए राजमो लाभमा हुने थियो । यस्तो चालाले राजमो कमजोरमात्र हुनेछैन, उसको बर्चस्वमा व्यापक कमीसमेत आउने देखिन्छ ।

यद्यपि क्षेत्र नम्बर २ को निर्वाचन असोज २ गते गर्ने तय भएको छ । यो नगरेको भए पनि निर्वाचन शान्तिपूर्ण रुपमै हुनेथियो । राजमोलाई मनाउनकै लागि निर्वाचन सारिएको भन्ने देखिन्छ । यथार्थमा त्यसो नभएर सम्पूर्ण शक्ति लगाउन पाइने र सत्ताधारी कांग्रेस, माओवादी मिलेर एमालेलाई एक्ल्याउनका लागि यसो गरिएको हो । त्यसैगरी मधेसी समुदायको समर्थन लिन र एमालेप्रति मधेसी जनताको घृणाभाव बढाउने चलाखी पनि सत्तँधारीले गरेका हुन् । तर बुझ्नै पर्ने कुरा के पनि छ भने एमालेको संगठन मधेसमा पनि कमजोर छैन । मधेसमा एमालेले कुनै दलभन्दा कमजोर प्रदर्शन गर्नेछ भन्ने ठान्नु गलत हुनेछ ।

                नेपाली सेनाले समेत कुनै पनि बिखण्डनवाद सह्य नहुने चेतावनी बारम्बार दिइरहेको छ । यसको प्रभावले पनि मधेसमा नया“ देश बनाउने, नेपाल बिखण्डन गराउने र पहाड र मधेस अलग पार्ने जुन साजिस भइरहेको देखिएको छ, एकाएक त्यसमा ब्रेक लागेको अनुभूति सबैले गरेका छन् । हुन पनि नेपाली सेनाले मधेसमा पृतना थप गर्ने निर्णय गरेर निरन्तर देशव्यापी सूचना संकलन गरिरहेको छ । सेना चुप लागेर बसेजस्तो देखिए पनि यथार्थ त्यस्तो होइन । राष्ट्रलाई परिआयो भने सेनाले तत्परताका साथ कुनै पनि प्रकारको बिखण्डनका साजिसलाई चिर्ने रणनीतिका साथ सतर्क र सचेत रहेको प्रधानसेनापतिको भाषणबाट बुझ्न सकिन्छ । जेहोस्, भोलि दोश्रो चरणको निर्वाचन । शान्तिपूर्ण सम्पन्न हुने विश्वास गर्न सकिने आधारहरु बनेका छन् । यो प्रजातन्त्रका लागि शुभ लक्ष्यण मान्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper