banner
banner

अविश्वासिला मधेसी नेताहरु

शाश्वत शर्मा -

हिजोसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अविश्वासिला र भर पर्नै नहुने नेता भनेर चित्रित गरिन्थ्यो, अव त्यो स्थान मधेसी नेताहरु खासगरी राजपाका शीर्ष नेताहरुले लिन थालेका छन् । मधेसी समुदायमै मधेसी नेताहरुको इज्जत धुलिसात भएको छ ।

राजपा र यिसका नेताहरुमाथि पैसा र पहाडी स्त्रीका लागि मरिमेट्नेहरु भनेर आरोप नलागेको होइन । तर पछिल्ला दिनहरुमा यिनका भनाइ र गराइलाई विचार गर्दा यिनीहरु एकदमै अविश्वासिला रुपमा प्रमाणित हुन थालेका छन् । खासगरी मधेसी र मधेसका जनताको हकहितका लागि वर्तमान संविधानमा आमूल परिवर्तन गरिनुपर्छ भन्दै आन्दोलन छेडेकाहरु भित्रभित्रै स्वतन्त्र रुपमा उमेदवार उठाएको र जिताउन लागिपरेको दृश्यले मधेसी जनता रनभुल्लमा परेका छन् ।

राजपाका एकथरिका नेताहरु हुन गइरहेको दोश्रो चरणको स्थानीय तहको चुनाव जुन १, ५ र ७ प्रदेशमा हुनगइरहेकोछ, खारेज हुन्छ भनेर हुँकार गरिरहेका छन् भने अर्काथरिचैं यही चुनावमा प्रतिस्पर्र्धा गर्न स्वतन्त्र रुपमा उठेकालाई जिताउन जनताकै घरदैलोमा पुगेका छन् । पार्टीगत चुनाव चिन्ह लिन मिल्नेगरी नेपाल सरकारले रातारात ऐन संशोधन गरेर खुकुलो पारिदिएता पनि पार्टि दर्ता गरेर चुनाव चिन्ह नलिएको राजपा अहिले स्वतन्त्र रुपमा र कतिपय स्थानमा उपेन्द्र यादवको फोरमको व्यानका मुनी आफ्ना उमेदवारको प्रचारमा व्यस्त देखिन्छन् ।

राजपाका नेताहरुलाई कुनै नेपाली सुरक्षा निकायको जासुस, चिनिया“ दूतावासका हण्डीवाला भनेर पनि आरोप लागेको सुनिन्छ । वर्षातको मौसम र राजपाका नेताहरुको छिनछिनमा बदलिरहने गतिविधिले गर्दा यिनीहरुका माइवाप अरु नै छन् भनेर भन्न करैलाग्छ । यद्यपि मधेसका नेताहरुको ज्यादा बस उठ भारतीय दूतावास र दिनदिनै दिल्लीको आदेश पर्खने गरेको देख्दा यिनीहरु दिल्लीको रणनीतिमा नेपालको राजनीतिमा आफ्नो बर्चस्व स्थापित गर्र्ने परजीवीजस्ता प्यादा भन्दा पनि हुन्छ । फरक पर्दैन ।

मधेसी नेताहरुले गरेको घुर्कीवाला चरित्रलाई हेरेर कतिपयले पूर्वराजालाई समेत जोड्ने गरेका छन् । तर पूर्वराजा इमान्दार नागरिकको हैसियतमा बसेकाले यस्ता दोषमा भने कुनै तुक देखिन्न । जेहोस्, राजपा भन्ने पार्टी नेपालको एकटा र हितमा उभिन सक्ने पार्टीचाहिं पटक्कै होइन । राजपाका नेताहरुको चुनावमा भाग नलिने, चुनावै हुन नदिने धम्की र स्वतन्त्र रुपमा चुनावमा सहभागी हुने व्यवहार देखेर मधेसी जनतामा यिनीहरुप्रति सम्मानभाव भने घटेर गएको छ । त्यसमाथि कांग्रेस र एमालेको पनि मधेसमा राम्रै पकड भएकाले अव बिस्तारै राजपा भन्ने पार्टी पातलिदै जाने स्थितिको आ“कलन पनि गर्न थालिएको छ ।

राजपाका नेताहरुले उपेन्द्र यादवलाई ३५ करोड लिएर चुनावमा भाग लिएको आरोप लगाउ“दा उपेन्द्र यादवले प्रमाणित गर भनेर चुनौती नै दिए । अहिले राजपाका नेताहरु स्थानीय तहमा मत मा“ग्न हिडेको देखेपछि यादवले भनेका छन्– कति करोड लिएर चुनाव प्रचारमा जुटेको ? मधेसको आन्दोलन, ५ दर्जनभन्दा बढी सहिद घोषणा भइसकेको स्थितिमा राजपाका नेताहरुको यस्तो राजनीतिले मधेसलाई निराश पारेको छ, मधेसका बुद्धिजीवीहरुले राजपाका नेताहरुलाई बुद्धिहीन भनेका छन् ।

यो स्थितिले चुनाव रोकिन नसक्ने, वचुना बिथोल्ने ताकत पनि राजपास“ग नभएको स्पष्ट भइसकेको छ । यहीकारणले गर्दा चुनावमा राजपाको परफरमेन्स पनि दयनीय हुने देखिन्छ र आममधेसी जनताको दृष्टिमा राजपा नेताहरु खस्कन पुगेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper