banner
banner

केन्यामा रेल गुड्यो, काठमाडौंमा कहिले ?

रोशन कार्की - 
    चीन जे बोल्छ, गरेर देखाउँछ भन्ने उदाहरण केन्यामा देखिएको छ । ३.२ अर्व डलर लगानी गरेर केन्यामा चिनियाँ रेल दगुर्न थालिसक्यो । काठमाडौंमा सन २०२० सम्ममा रसुवासम्म चाइनिज रेल ल्याएर काठमाडांै, पोखरा, लुम्बिनी पुर्‍याउने र भारतहुँदै बाँकी दक्षिण एसियामा चाइनिज रेल गुडाउने चीनको लक्ष्य छ ।
    चीनले वान बेल्ट वान रोड अर्थात सीजिन पिङको आधुनिक सिल्करोड योजना यही हो । नेपालले दीर्घकालीन सोच राखेर सन्तुलित सम्बन्ध विकास गर्ने हो भने चीनको यो योजनाबाट नेपाललाई सम्पन्न गराउन सक्ने आँकलन हुनथालेको छ ।
    त्यसो त चीनले पाकिस्तानको ग्वादर बन्दरगाह र बर्मा, श्रीलंका, बंगलादेशमा समेत व्यापक लगानी गरिरहेको छ । जलविद्युतमा सबैभन्दा ठूलो लगानी गरेर चीन नेपालमा पनि प्रवेश गरेको छ । ओवर अर्थात वान बेल्ट वान रोड नीतिमा नेपालले सही गरेजस्तै नैतिक रुपमा आफूलाई संलग्न गराउने हो भने नेपालको उन्नति र प्रगतिलाई कसैले पनि रोक्न सक्ने देखिदैन । तर भारतपरस्त नेताहरुका कारण नेपाल ओवरमा सहमत त भयो तर भारत बाधकका रुपमा उभिएकाले नेपालको इमान्दार सहकार्यका लागि अझै पनि चीनलाई आशंका हुनसक्छ, त्यस्तो आधार देखिन्छ ।
    चीनका प्राविधिकहरु केन्य पुगेर रेल, प्रविधि, प्राविधिज्ञ सबै ज्ञान सिकाइरहेका छन् । नेपालमा पनि चीनले त्यसै गर्न सक्छ, जुन भारतका लागि पाच्य हुनेछैन । चीन यतिखेर नेपाल भएर बाँकी विश्वमा जोडिनेमात्र होइन, केन्याबाट सुडान, रुवान्डा, बुरुन्डी, इथिओपिया र कंगोसम्मको योजना लिएर लगानी गरिरहेको छ । यति ठूलो लगानी लिएर चीन अग्रसर भएको देखेर युरोप, अमेरिकासमेत छक्क परेका छन् । भारत छक्क पर्नु स्वभाविक हो । नेपालका सन्दर्भमा केही जलविद्युत योजनामात्र होइन, राजधानीको रिङ्रोड युद्धस्तरमा बनाउन थालेको दृश्यले नै धेरैलाई आश्चर्यमा पारेको हुनसक्छ । यद्यपि आफ्नो प्रविधि हेर्न आउनेलाई चीनले हेर्न दिइरहेको छैन । खासगरी कलंकी चारदोवाटोमा अन्डरग्राउण्ड, सतह र फ्लाइओभर निर्माण गरिरहेको छ । यो प्रविधि जान्न भारत र अन्य मुलुकका व्यक्तिहरु जान्छन् तर चिनियाँ कामदारले घेराभित्र पस्नै दिदैनन् । चीनको प्रविधि गजबकै मानिएको छ ।
    चीन नेपाल पस्यो, विकास लिएर पस्यो, भारत तस्र्यो, भारतको सातो गएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper