banner
banner

बाफियाको बाफले बबाल परेकाहरु

रोशन कार्की - 
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कार्यान्वयमा आएपछि सांसद र बैंक सञ्चालक बन्ने बाटो छेकिनेमा परेकाहरुले धमाधम राजीनामा दिन थालेका छन् । पहिलो राजीनामा माछापुच्छ्रे वैंकका अध्यक्ष वीरेन्द्र महतो, दोश्रो राजीनामा सिभिल वैंकका अध्यक्ष इच्छाराज तामाङ र तेश्रो राजीनामा उमेश श्रेष्ठले प्राइम वैंकबाट र उदय नेपालीले जनतावैंकबाट राजीनामा दिइसकेका छन् । एनसीसीका सञ्चालक मोहन बस्नेतले पनि राजीनामा दिन तैयार भएको खबर छ । बाफियाअनुसार संवैधानिक पद ओगटेका व्यक्तिहरुले वैंक सञ्चालक बन्न पाउने छैनन् । त्यही बन्देजमा परेर यिनीहरुले पद छाडेका हुन् ।
बाफिया कानुन निर्माणका क्रममा आफ्नो स्वार्थका लागि चलखेल गर्ने यिनै व्यक्तिहरु थिए । अनेक उपाय गर्दा पनि यिनको केही चलने र बाफिया विधेयकमा लालमोहर लाग्यो । यिनीहरुको चल्तीफिर्तीमा पूर्णविराम देखियो ।
यद्यपि यिनले सिधा नभएर घुमाएर कान समाउने उपाय गरिरहेका छन् । आफूले भनेको मान्ने व्यक्तिलाई आफ्नो होल्ड भएका वैंकहरुमा कार्यकारी बनाइरहेका छन् । त्यसैले केही बैंकको लगाम यिनैको हातमा कायमै देखिन्छ ।
यद्यपि यी सबै व्यक्तिहरु करोडीमल सांसद हुन् । अर्थात ५ करोडसम्म दिएर यिनीहरु विभिन्न दलहरुबाट सांसद मनोनित हुन सफल भएका थिए । यसको खुलासा पटक पटक पत्रपत्रिकाहरुमार्फत भइसकेको हो । दलहरुले पनि मनोनित गर्दा चलखेल भएको कुरा स्वीकारीसकेका हुन् । नेपालको लोकतन्त्रमा यसरी सांसद पद बिक्री हुने, आफन्तलाई पोषित गर्ने र दाइजो दिनेसम्मको कूसंस्कार पनि बसेको छ । आफै बोक्सी आफै झाँक्रीका रुपमा केही सांसदहरु सांसद पनि बन्ने र पार्टीको काम पनि गर्ने तथा आफ्नो अन्य उद्यम पनि चलाउने गरिरहेका छन् । यसमा भने बाफिया कानुनले केही सुधार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper