banner
banner

तेश्रो विश्वयुद्धको खतरा बढ्यो

रोशन कार्की -
    अमेरिकाले युद्धपोतहरु दक्षिण कोरियामा तैनाथ गर्न थालेको छ भने राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई युद्ध गर्नपरे पनि साइजमा ल्याउने बडा अभिव्यक्ति दिएपछि उत्तर कोरियाले कुनै पनि बेला हमला हुनसक्ने भनी आफ्नो सैनिक क्षमतालाई अलर्ट पारेको छ र थप व्यालेस्टिक मिसाइलहरु परीक्षण गरिरहेको छ । झन कडा नाकावन्दी गर्न तम्सिएको अमेरिकालाई चीनले ज्यादा क्रोधित नहुन सुझाए पनि अमेरिका मानिरहेको देखिदैन । युद्धको खतरा बढेर गएको छ ।
    अमेरिकाले आधुनिक बेडा उतारेर जबरजस्त सैनिक उपस्थिति दक्षिण कोरियामा गरेपछि तनाव तनाव झन झन बढ्दै गएको छ ।
    र, चीनले संयमित हुन गरेको आग्रहलाई अमेरिकाले अटेर गरेपछि खतरा झन गहिरिएको हो । स्थिति यस्तो छ कि उत्तर अमेरिका र दक्षिण कोरियाको आक्रमण हुनसक्ने भनिरहेको छ भने अमेरिका र दक्षिण कोरिया सम्भाबित उत्तर कोरियाको आक्रमण विरुद्ध प्रतिआक्रमणमा जुटेको अवस्था छ ।
    उत्तर कोरियाका शासक किम जोङ उन मर्ता क्या नही कर्ता, अमेरिकासँग नडराउने र लड्ने भए लड्ने भनेर सैनिक तैयारीका साथ तैनाथ भएका छन् । उत्तर कोरियाका विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्– लड्ने भए लड्ने । उत्तर कोरिया तैयार छ । कुनै पनि साम्राज्यवादीसँग उत्तर कोरिया डराउँदैन ।
    उत्तर कोरिया अमेरिकाभन्दा ८ हजार किलोमिटर पर छ र अमेरिकाले उत्तरकोरियामाथि आक्रमण गर्न कै लागि १४ हजार ५ सय परसम्म मार हान्न सक्ने बेलिस्टिक मिसाइल परीक्षण गरेर तैयारीमा बसेको छ । उत्तर कोरिया पनि बेलिस्टिक मिसाइलका साथ तैनाथ छ । उत्तर कोरियाले त परिआए आणविक अस्त्र नै प्रयोग गर्नसक्ने भनेर विश्वलाई थर्कमान पारिदिएको छ ।
    के तेश्रो विश्वयुद्ध ट्रम्पकै पालमा हुनेछ त ? र, त्यो विश्वयुद्ध उत्तर र दक्षिण कोरियाको विवादकै कारण अमेरिकाले सुरु गर्नेछ त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper