banner
banner

रञ्जु दर्शना : मेयरको युवा उमेदवार

धर्मरत्न श्रेष्ठ -

    नेपाली राजनीतिमा यो पहिलो अवसर हो, २१ वर्षकी रञ्जना दर्शना काठमाडौं महानगरपालिकाको मेयरको उमेदवार बनेकी छिन् । उनलाई ठूला दलले होइन विवेकशील नेपाली संस्थाले उमेदवार बनाएको हो । यो संस्थामा अध्यक्ष उज्वल थापा छन् र उनका अनुसार अव राजधानीवासीले विवेक देखाउने बेला आएको छ । हेरौं, राजनीतिक दलहरुको पिछलग्गु बनिसकेका राजधानीबासीले विवेकको प्रयोग कुन हदसम्म गर्न सफल होलान् । विवेक अव देखिनेछ ।
    रञ्जना दर्शना भन्छिन्– बिग्रेको बनाउँछु । मनमा अठोट छ, गर्न सकिन्छ । उद्देश्य, यथार्थ र आकांक्षावीचको दूरी कम गर्छु । मनमा डर छ, यही डरले अगाडी बढ्न प्रेरित गरिरहेको छ । सहरमा समस्या छन्, समस्या नै आविस्कारको जननी हो भनिन्छ, समस्याहरुको पहाडबाट निस्कन आविस्कार हुन् त रञ्जना ?
    रञ्जना भन्छिन्– दैनिक झेलिरहेका समस्याले मलाई परिपक्व बनाएको छ । भीडमभीडको सार्वजनिक सवारी साधन, घरघरमा पानीको हाहाकार, एक्लै हिड्न सुरक्षाको जोखिम, काठमाडौंमा जन्मेकी हुर्केकी हुँ, मलाई राजधानीको प्रत्येक समस्या थाहा छ । मेयर भनेको कुन पात्र हो म प्रमाणित गरेर देखाउन चाहन्छु ।
    विवेकशील नेपालीले राजधानीबासीको विवेक जाँच गर्न पनि रञ्जनाको उमेदवारी छनौट गरेको हुनसक्छ । तर राजधानी सधैं शक्तिको पछाडि लागेको देखिएकाले यसपटक पनि शक्तिशालीहरुकै जित हुन्छ, विवेक बन्दकीमा पर्न सक्ने आँकलन अहिले नै गर्न थालिएको छ । रञ्जना नयाँ हुन्, उनी पनि आमनागरिकजस्तै पीडावोध गरिरहेकी छिन् । यो चौतर्फी पीडाबाट, कूशासनबाट महानगरलाई व्यवस्थित पार्छु भन्ने अठोट त गरेकी छिन्, के उनको अठोटले मौका पाउला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper