banner
banner

दिनेश : जसले चुपचाप ५५ घर बनाए

धर्मरत्न श्रेष्ठ -
    एनजीओ, आइएनजीओहरुले पुनर्निर्माणका नाममा २८ अर्व खर्च गरेछन्, ४ सय २० घर पनि हेर्न लायक बन्न नसकेको समाचार आयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी डा. गोविन्द पोखरेल पैसा खेलाएर, भ्रष्टाचारमा भैंसी आहाल बसेझैं बसेका     छन्, तिनका सामु सिताराम कट्टेल र कुञ्जना घिमिरे धेरै माथि, धेरै अग्ला साबित हुनपुगे । सबैको सम्मान छ ती कलाकार जसले बस्तीपछि बस्ती बनाइरहेका छन् र सरकारसँग दुई पैसा लिएनन् ।
    यस्तै व्यक्ति हुन् दिनेश तामाङ । यिनको चर्चासम्म छैन तर धादिङमा यिनले यति लोमहर्षक ५५ घरको बस्ती नै बनाए । यो हो समाजसेवा, मानवीयता ज्वलनत दृष्टान्त भनेको । गुपचुप यिनी काम गर्दै गए, र अहिले धादिङमा यो बस्ती सम्पन्न भएको छ । हल्ला सरकारका सामु, काम व्यक्तिहरु श्रद्धाका पात्र हुन् ।
    अर्को खबर आयो, दातासम्मेलनमा दाताहरुले साँढे ४ खर्ब दिने वचन दिए । पैसा आइरहेको पनि छ तर ३७ प्रतिशत दातारकम कहाँ खर्च भयो, सरकारलाई नै थाहा रहेनछ । यस्ै हालत छ वैदेशिक दाताहरुको विकास दातव्य रकमको । सरकार वैदेशिक दाताहरुलाई राष्ट्रिय बजेट प्रणालीमार्फत खर्च गर्न लगाउन प्रतिवद्ध रहेको बताउँछ तर दाताहरको मोनोपालेली कायमै छ ।
    विदेशीले दिएका भन्दा स्वदेशी सीप, स्वदेशी जाँगर र स्वदेशी मनकारी व्यक्तिहरुले भूकम्पपीडितका लागि जे गरिरहेका छन्, त्यो स्तुत्य छ । यस्ता युवाहरुलाई परिचालन गर्न, उत्साह दिन सरकार असफल रह्यो । यस्ता युवाहरुलाई समाजको अपनत्व ग्रहण गर्न लगाउने हो भने विकास निर्माण छिटो सम्भव छ । किनभने कतिपय असम्भव कामहरु युवावर्गबाट सम्भव बनिसकेको देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper