banner
banner

राष्ट्रवाद, राजावाद र देशवाद

स्वयम्भुनाथ कार्की -
नेपाली कांग्रेसबाट कारवाहीमा परेको झ्वाँकमा भंग गरिएको प्रतिनिधि सभाको निर्वाचन निर्धायरित मितिमा गराउन नसक्ने भएकाले शेरबहादुर देउवालाई कामचलाउ प्रधानमन्त्रीबाट ‘अक्षम’ भनेर हटाईएको थियो । ‘जननिर्वाचित’ सरकारको प्रधानमन्त्री हटाईएको थिएन, आफु अल्पमतमा परेको जानेर प्रतिनिधिसभा भङ्ग गरेर आफैलाई काम चलाउ सरकारको प्रमुख बनाउने शेरबहादुर देउवा उनैको सिफारिस अनुसार हटाईएका थिए । प्रतिनिधिसभा विहिन अवस्था ६ महिना भन्दा ज्यादा हुन नहुने र पुनस्र्थापनाको बाटो सर्वोच्च अदालतले बन्द गरिदिएको अवस्थामा तात्कालिन संविधान अनुसार संरक्षकले अर्को निर्वाचन गराउने तर्फ नै काम गर्नु पर्दथ्यो । 
यस्तो बाधा परेको वेला ‘कामचलाउ’ नै भए पनि निवर्तमान जननिर्वाचितको सरकार प्रमुखकै सिफारिसमा देउवा हटाईएका थिए । त्यो मितिदेखि ६३ साल बैसाखमा आन्दोलनकारी दलहरुलाई मुलुक सुम्पिउन्जेल तात्कलिन राजाले निर्वाचन र निर्वाचित प्रतिको आफ्नो आस्था र समर्पण कायम राखे । ७४ सालको नयाँ बर्षको शुभकामनामा राजाले आफुले सहमति अनुसार आन्दोलनरत दलहरुलाई कार्यभार सुम्पेको र उनीहरुको मागको वलमा सर्वोच्च अदालतले हुन्न भनेको प्रतिनिधिसभा पुनस्र्थापना गरेको कुरा प्रकट गरेका छन् । यो मनोनित धन्दा समाप्त नै भएको भए पनि निर्वाचित निकाय खडा गर्ने कदम उनले सोचेको छनक पाईन्छ ।
अब राजा र आन्दोलनकारी बीच कुनै सम्झौता थियो वा थिएन । कसले झुटो बोल्यो र को सही भन्ने कुरा पर्गेल्नु पर्ने कुनै आवश्यकता नै छैन । हाल पाखा लगाईएका श्री ५ ज्ञानेन्द्रको एउटै कमी, एउटै अपराध दोष देखिन्छ, त्यो हो उनी राजाको छोरा हुनु । त्यो वाहेक सुसुप्त र पाखा लगाईएको ११ बर्ष अनि त्यो भन्दा पहिलेको टिकेमार्फत  र प्रत्यक्ष गरि चलाएका करिव ५ बर्षहरुमा उनको भनाईमा अनि गराईमा हमेशा देशको र जनताको चिन्ता, परम्परा संस्कृतिको गौरवको चिन्ता मात्र देखियो । 
त्यही अवधीमा नेता, राजनीतिकर्मीहरुको भने भनाई र गराईमा फरक आफ्नो स्वाथ्र्यपूतिमा ध्यान मात्र देखियो । हालै त, भनाईमा पनि देशको, जनताको चिन्ता कम हुुदै गएको जनताले बुझेका छन्, परम्पराको त विरोध नै गर्ने गरेका छन्, क्रमभंगता र अग्रगमनको नाममा । आफ्नो पद, प्रतिष्ठा, अनि थप भए दलको हित बाहेकका कुरा विगत दशकमा जनताले देख्दै आएका छन् भोग्दै आएका छन् । त्यसैले राजाले ढाँटे कि भनेर सोच्न नै चाहन्न, नेताहरुले सही बोले होलान भनेर कल्पना नै गर्न चाहन्न जनता ।
हो, विगतमा नेताहरुको कुरा पत्याएर जनताले भुल गरेको थियो । तर करिव करिव तुरन्तैदेखि नै जनताले आफ्नो भुलसुधारको प्रयत्न गरेको हो । उपलब्ध सबै मौकाको प्रयोग गरेर, घामपानी आँधीहुरीको पर्वाह नगरी दर्शन र जयजयकारमा सामेल भएर । त्यो भन्दा धेरै गर्ने अवसर त जनतालाई पाखा लगाईएका राजाले पनि दिएका छैनन् । उनको दर्शन पहिले जस्तै दुर्लभ नै छ । प्रत्यक्ष पुकारा गर्ने अवसर पाउनेले आफुलाई भाग्यमानी नै सम्झने अवस्था छ । यो अवस्थाले राजा वा राजपरिवारको समिप रहेको फोटोले महत्व पाएको नै छ । निकटता देखाउन विभिन्न अवसरमा व्यक्तिगत रुपले प्राप्त हुने शुभकामना, निमन्त्रण आदिको प्रचार पनि बढदो छ ।
यस्तैेको सहाराले कसैले आफ्नो राजनीति चम्काए भने वा अरु केही फाईदा लिए भने त्यसमा अचम्मित हुन पर्ने अवस्था छैन । ‘कुनै समुह वा व्यक्तिको सिढीको रुपमा प्रयोग हुने हैन समग्र राष्ट्रको हुुँ’ भनिए पनि प्रयोग भईने क्रमले निरन्तरता पाउँदै आएको छ । सबै इमान्दार, वफादार नै होलान्, तै पनि अपवादको रुपमा नै सही यसबाट आफ्नो छुद्र फाइदा लिने नभएका हैनन् । यस्तो अवस्थामा राम्रो कामको जस आफुलाई र नराम्रो भएको कुराको अपजस भने राजसंस्थालाई लाग्छ नै । यो कुरा रोक्ने ‘राजा सबैको साझा’ उक्ति चरितार्थ हुनु नै एकमात्र उपाय हो ।
राष्ट्रवाद, राजावाद र देशवादलाई एउटै सम्झिने भुल धेरैबाट भएको छ । यसैले पनि केही सोचगत विकृतिहरु पैदा हुुदैछन् । ०२७ सालमा भाषण गरेर जेल परेवापत मौका मिल्ने वित्तिकै ‘गणतन्त्र’ स्विकार्नेहरुलाई पनि राजसंस्थाको नाम लिनु पर्ने आवश्यकता भएको छ । तर उनीहरु राणाहरुले १०४ बर्ष कार्यकारी र व्यवस्थापिकाको आफ्नो नियन्त्रणमा राखेको राजा सरह ‘संसद नियन्त्रित राजा’ भन्दैछन् । राष्ट्रको सही परिभाषा गर्ने हो भने राष्ट्रवाद बुझिन्छ, राष्ट्रवाद बुझिए सोच र बाटो प्रष्ट हुन्छ । त्यसैले राष्ट्र भनेको जनताहरुको त्यो समूह हो जो राजसंस्था सहितको परम्पराले एक सुत्रमा बाँधिएका हुन्छन् । अनि उनीहरुसँग यो सब रहने देशले परिभाषित भूगोल हुन्छ । अनि यो राष्ट्रलाई मान्ने माया गर्ने वाद राष्ट्रवाद हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper