banner
banner

हस्तक्षेपकारी भारत अरुणाचल हेर

रोशन कार्की -
भारत नेपालमा मधेस प्रदेशका लागि, संविधान संशोधन गरेर भारतीय नागरिकहरुका लागि, हिन्दी भाषाका लागि अनेक तिकडम गरिरहेको छ । संक्रमणको अन्त्य र शान्ति, स्थिरता र समुन्नतिका लागि भारतले टाङ अडाउँदै आएको छ । यहीकारणले गर्दा जारी भएको संविधानसमेत कार्यान्वयन हुनसकेको छैन ।
त्यो भारतको अरुणाचल प्रदेशका बासिन्दाले भारतमा रहन इन्कार गर्दै चीनमा गाभिन इच्छा जाहेर गरेका छन् । भारत चीनविरोधी दलाई लामालाई च्यापेर चीनसँग मोलमोलाई गरिरहेको छ भने चीन एक पाटो एक बाटो, दक्षिण दक्षिण नीति अन्तर्गत एसियामा छाउन थालेको छ । चीनको अति विकासले गर्दा चीनको प्रभाव विश्वमै बढ्दै गएको छ । सार्क मुलुकहरुमा चीनको प्रभाव बढ्नु स्वभाविकै हो । भारत व्यापक लगानी नीति बोकेर एसियामा प्रविष्ट भइरहेको छ । र, चीनको लगानीको मात्राले भारतलाई तर्साउन थालेको छ ।
यो स्थितिमा आफ्नै अरुणाचल प्रदेश चीनमा गाभिन खोजेको विषयले भारतलाई तनाव हुनु स्वभाविक हो । भारत महासंकटमा फस्दै गएको देखिन्छ ।
    अरुणाचलका वासिन्दाहरु भारतको अवैध हस्तक्षेपका कारण कठिन जीवनयापन गरिरहेका छन् । उनीहरु बेइजिङ फर्कन चाहन्छन् र चीनले पनि उनीहरुको मागप्रति गम्भीर भएर सोचिरहेको छ । तर, भारतको बढ्दो दमनका कारणले गर्दा अरुणाचलमा समस्या बढेको छ र अरुणाचलवासीको मागले भारतको सातोपुत्लो उडेको देखिदैछ । भनिन्छ, सिसाको घरमा बस्नेले अर्काको घरमा ढुंगा नहान्नु । छिमेकीलाई अस्थिर पारेर दु:ख दिने भारत आफ्नै प्रदेशमा दु:िखत भएको छ ।
    चीनले पहिलेदेखि नै अरुणाचल प्रदेशमा भारतले गैरकानुनी तरिकाले हस्तक्षेप गर्दै आएको भन्दै आएको छ । चीनलाई चिढाउनकै लागि भारतले धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई अरुणाचल प्रदेश जाने अनुमति दिएको छ र यसबारेमा चीनले कडा प्रतिक्रिया पनि जनाएको हो । चीनले अरुणाचलवासीमाथि भारतले हस्तक्षेप जारी राखेमा यसले दुवै देशको सीमा विवाद हल गर्ने प्रयासमा नकारात्मक असर पर्ने भनेर सचेत गराएको छ ।
    स्मरणीय छ, चीनले अरुणाचलको तवाङ क्षेत्रलाई तिब्बतको दक्षिणीभाग मान्दै आएको छ र त्यो भूभाग चीनलाई दिनुपर्ने चीनको दावी छ । यही सन्दर्भमा गत बुधवार चाइना डेलीले एक लेखमा भनेको छ, – भारतको गैरकानूनी उपस्थतिका कारण दक्षिणी तिब्बतका मानिस कष्टपूर्ण जीवन बिताइरहेका छन् । उनीहरुले कैयौा किसिमका भेदभावको सामना गरिरहनुपरेको छ । त्यहााका बासिन्दा अब चीनको आशमा बसेका छन् र उनीहरु बेइजिङ फर्कन चाहन्छन् । चीनले ती समुदायका बारेमा गम्भीर भएर सोच्नैपर्ने समय आइसकेको छ ।
    नेपाल सानो छ र यहाँका नेताहरु भारतवादी छन् । सत्ता र चुनाव जित्नकै लागि नेताहरु भारतवादी भए भन्दैमा नेपाल र नेपालीमाथि जुन प्रकारको हस्तक्षेपको निरन्तरता भारतले गरिरहेको छ, अरुणाचलमा चीनको दावीले भारतलाई झस्काएको हुनुपर्छ । भारत सचेत नहुने हो भने हस्तक्षेप भारतका लागि दुर्भाग्य हुनसक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper