banner
banner

पाइलैपिच्छे विभक्त मुलुक

शाश्वत शर्मा -
मुलुक आउँदो वैशाख ३१ गते हुने भनिएको स्थिानीय तहको चुनाव गराउने कि नगराउने भन्ने दुई कित्तामा बाँडिएको छ । त्यसो त, चुनाव भाँड्न उद्दत भनिएको मधेसी मोर्चा पनि चुनाव विरोधी चैं होइन । तर परिमार्जित गरिएको संविधान संशोधन विधेयक, जसमा प्रदेश सिमांकनलाई प्रमुख उपलव्धि बताइएको छ, लाई पारित नगराई स्थानीय तहको चुनाव गराउन नदिने भनाइ मात्र मधेसी मोर्चाको । गतहप्ता मात्र वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिएको मधेसी मोर्चाले अव संशोधनको आश मारेर तराई मधेसमा आन्दोलन चर्काउने भएको छ । यसैका लागि राजविराजबाट स्थानीय निकायमा तालावन्दीसमेत सुरु गरिसकेको छ । कसरी चुनाव विथोल्न सकिन्छ ? मधेसी मोर्चाको ध्यान त्यतातिर केन्द्रित भएको छ । बताइए अनुसार मोर्चाले चैत १५ सम्म निर्वाचन अवज्ञा आन्दोलन घोषणा गरेको छ भने चैत १५ पछि आन्दोलनका नयाँ कार्यक्रम दिने तैयारी गरेको छ । अझ आउँदो वैशाख १ गतेदेखि चुनाव विरोधी आन्दोलतको निकै कडा कार्यक्रम ल्याउने भएको छ मोर्चाले । थाहा भएअनुसार मधेसी मोर्चामा आवद्ध सातवटै मधेसीदलहरुले आन्दोलन चर्काउन आआफ्ना पार्टीभित्र समेत गृहकार्य गरिरहेका छन् । भन्नलाई सकेसम्म आमहड्ताल, चक्काजाम, धर्ना र नाकावन्दीजस्ता कार्यक्रम नदिने भनेर केही मोर्चाका नेताहरुले आश्वस्त पार्न खोता पनि सफल हुनका लागि त्यस्तै कार्यक्रम दिनुपर्ने भनेर पनि आवाजउठाइरहेका छन् । सरकारसँग अव वार्ता हुन्न, सप्तरीमा गोली हानेर सरकारले युद्धको घोषणा गरेको छ, युद्धको जवाफ युद्धबाटै दिइनेछ भन्छन् उपेन्द्र यादव ।
यति भए पनि राजधानीमा केन्द्रित रहेका मधेसी मोर्चाका नेताहरुले सत्ताधारी दलहरुसँग अनौपचारिक वार्ता भने टुटाएका छैनन् । लाग्छ, सुखसयलमा बस्ने बानी परिसकेका मधेसी नेताहरुका लागि आन्दोलन निल्नु न ओकल्नु भइसकेको छ । संविधान जारी भएपछि मधेसी नेताहरु सत्तामा जान पाएका छैनन्, त्यो छटपटीले तिनीहरुलाई निकै पिरोल्न थालेको देखिदैछ । पद, पैसा र मोजमस्तीका भोका मधेसी नेताहरु आफूले खनेको खाल्डोमा आफै खस्न पुगेका छन् ।
गतवर्षको नाकावन्दीका बेलामा जुन चरित्र मधेसी नेताहरुले देखाए, त्यसबाट मधेसी नेताहरु मधेसविरोधी र आलोचनाका पात्र बनेका छन् । मधेसका जनताहरु भन्न थालेका छन्– हाम्रा नेताहरु सिंहदरवार, होटल र रिसोर्टहरुमा संविधान संशोधनका बारेमा सत्ताधारीसँग वार्ता गर्छन्, संसद परित्याग गरेर मधेस हिड्न सक्दैनन् । अव पनि मधेस झर्दैनन् भने मधेसमा मधेसी नेताहरुको पुतला दहन भएको देख्न सकिने स्थिति छ । यिनको भोक सत्ता र पैसा हो, मधेसको हक र अधिकारसँग मधेसी नेताहरु कोसौं टाढा रहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper