banner
banner

बुद्धधर्ममा श्रीलंकाको सहयोग

नेपालका लागि श्रीलंकन राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुादै आएका विभेद्लाई अन्त्य गर्नैपर्ने र समान र सम्मानभाव विकसित गर्नैपर्ने बताएकी छिन् । राजधानीको किमडोल पुगेर निर्वाणमूर्ति बिहारले १०७ औा अन्तर्रािष्ट्रय नारी दिवसको उपलक्ष्यमा  आयोजित ‘बुद्ध र नारी मुक्ति’ विषयक गोष्ठीमा सहभागी भएर राजदूत परेराले बुद्वकालीन समयमा नारीप्रति रहेको विभेद्लाई न्युनीकरण गर्न प्रजापति गौतमीको नेतृत्वमा ५०० नारीलाई बुद्ध शिक्षाको दिक्षा दिइएको बताइन् ।
बुद्धको जन्मथलो नेपालमा बुद्ध धर्मको पुनरुत्थानमा श्रीलङ्काको ठूलो सहयोग रहेको जानकारी गराउादै राजदूत परेराले नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई बौद्ध धर्म, साहित्य तथा दर्शनको माध्यमबाट बलियो र सद्भावयुक्त बनाउन सकिने र यो सम्बन्ध विश्वका लागि अनुकरणीय हुने विश्वासयुक्त अभिव्यक्ति दिइन् ।
कार्यक्रममा आनन्दकुटी बिहारका प्रमुख भिक्षु धम्ममुर्ति पनि सहभागी थिए, उनले नेपाल र श्रीलङ्बीचको सम्बन्ध जनस्तरमा प्रवद्र्धन गर्न बुद्धधर्म सबैभन्दा उचित माध्यम हुने विषयमा विश्वास व्यक्त गरे । धम्मावती भिक्षुणी कुसुमले ‘भिक्षुणी महाप्रजापति गौतमीको ऋद्धि प्रतिहार्य’ भिक्षुणी वीर्यावतीले ‘नारी जातिको उत्थानका लागि महाप्रजापति गौतमीको योगदान’ र उर्मिला ताम्राकारले ‘बुद्व, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयमा गहकिलो कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper