banner
banner

प्रधानमन्त्री किन लाचार छायाँ ?

D.Ratna Shrestha -     गोविन्द गौतम : यी युवालाई कैलालीमा भारतीय सीमा सुरक्षा बलले गोली ठोकेर मारिदियो । यी र यस्तै सामान्य नागरिकका घरघरमा पसेर एसएसवीले धुस्नु बनाएर कुट्यो, हातपात गर्‍यो र घरका श्रीसम्पत्ति लुट्यो पनि ।
    यति ठूलो अन्याय भारतले गर्दा पनि प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग कुरा गर्ने हिम्मत राखेनन् । नेपाली युवाको ज्यानै लिएकोमा आपत्तिसम्म प्रकट गर्न सकेनन् । पुष्पकमल दाहालजस्ता कमजोर प्रधानमन्त्रीले देशको रक्षा गर्न नसक्ने प्रष्ट भयो ।
    भारतीय दूतावास, काठमाडौंले वक्तव्य निकालेर भन्यो– सीमा सुरक्षा बलले गोली चलाएको छैन, कसैलाई मारेको पनि छैन । प्रमाण साक्षी छन्, तर दूतावासले झूठ बोलेको सुनेर जनता आक्रोसित भए । त्यो आक्रोस शान्त पार्न बल्ल परराष्ट्रमन्त्रीले भारतका परराष्ट्रमन्त्रीलाई कैलाली घटना जाहेर गर्‍यो । तैपनि यो अन्याय र अत्याचार आइन्दा नहोस् भनेर क्षतिपूर्ति माँग्न सकेनन् ।
    भारतका सरक्षा सल्लाहकार अजित डोभलले चिन्ता व्यक्त गरेपछि भारतका प्रधानमन्त्री संवेदनशील बनेको कुरो सार्वजनिक भयो । दोवलले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी कञ्चनपुरमा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेका हुन् । उनले कञ्चनपुर घटना दु:खद् भएको बताउादै भारत सरकारले घटनाको छानबिन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले छानविन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव जानकारी उपलब्ध गराउन समेत अनुरोध गरेका छन् । डोभलले यसपछि भारतीय दूतावासले झूठ बोलेको शिद्ध भयो । तैपनि नेपालका प्रधानमन्त्रीले मोदीसँग कुरा गर्न सकेनन् । डोभल मार्फत आपत्ति प्रकट गर्न पनि सकेनन् । बरु उल्टै गोविन्द गौतमलाई सहिद घोषणा गरियो, १० लाख आर्थिक सहायता दिने र उनका दुई बच्चालाई पढ्ने व्यवस्था मिलाइदिने निर्णय गरे । निर्णय ठिक छ, तर नेपालमा विदेशी दबदबा, हतियारसहितको हस्तक्षेप, ज्यानमारा चरित्रको विरोध हुनुपथ्र्यो, लम्पसार प्रधानमन्त्रीले सार्वभौम चरित्र देखाउन सकेनन् ।
    स्मरणीय छ, १९६० मा उत्तरको सीमामा चिनियाँ सेनाद्वारा एक नेपालीको मृत्यु भयो । तत्कालै चीनले नेपालसँग माफी माग्यो, आइन्दा यस्तो गल्ती नहुने विश्वास दिलायो र क्षतिपूर्ति तिर्न तैयार रहेको जनाउ दियो । देश आकारले होइन, मनले ठूलो हुने हो भन्ने त्यो घटना भारतलाई सम्झाउन सकेको भए, खुला सिमानामा हुने दैनिकी भारतीय ज्यादति आधा कम हुनसक्ने थियो । जनताको मत लिएर जितेको लोकतान्त्रिक हुँ भन्ने नेताहरु किन यति लाचार छायाँजस्ता भएका होलान् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper