banner
banner

२२ लाख सहित कर्मचारी फरार

काठमाडौं । पछिल्लो समय हरेक क्षेत्रमा लुट्ने र लुटिनेको सङ्ख्या बढ्दै गएको छ । सर्वसाधारण जनतामाथी कहिले सहकारी संस्था त कहिले स्वास्थ्य संस्थाले लुटेर फरार हुने गरेका छन् । 

यस्तै सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी २२ लाख रुपैयाँ सहित फरार भएका छन् । फरारलाई स्वास्थ्य बीमा बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि सम्पर्कमा नआएको घटना धेरै देखिएको छ । सर्वसाधारण यो भ्रममा कहिले सम्म ? 

बोर्डले २९ असारमा सार्वजनिक सूचना निकाल्दै तोकिएको समय भित्र रकम दाखिल गरेर स्पष्टीकरण पेश नगरेमा अपचलन गरेको रकम व्याज सहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper