
अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्नु भएका दुई जना नेपाली महिला भूमिका श्रेष्ठ र मुस्कान खातुनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्वाइट हाउसमा आयोजना गरिएको कार्यक्रममा अमेरिकाकी प्रथम महिला जिल बाइडेन र अमेरिकी विदेशमन्त्री एन्टोनीब्लिङ्केनसँग भेट गर्नुभएको छ ।अमेरिकी विदेश मन्त्रालयले सन् २००७ मा विश्वभरका महिलाहरूको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउने महिलाहरूलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरेको थियो । यसअघि कोभिड-१९ सँग सम्बन्धित प्रतिबन्धका कारण उहाँहरू दुई जनाले वाशिङ्गटनमा भौतिक रूपमा कार्यक्रममा भाग लिन पाउनुभएको थिएन । तर उहाँहरूलाई त्यो अवसर अब प्राप्त भएको छ ।