banner
banner

राजासँग पनि गठबन्धन हुनसक्छ

काठमाडौं । राष्ट्रिय सभा माओवादी सांसद सुरेश आले मगरले ‘ आवश्यक प¥यो भने राजा’सँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ’ भनेर बताउँदै  ‘निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको’ बताएपछि राजनीतिमा तरङ्ग आएको छ । संसदमै बोल्ने क्रममा उनले ‘नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण ग¥यो भने कम्युनिस्ट त छोडिदिनुस्, राजतन्त्रसँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ ।’ भनेका थिए । मंसिर ४ को चुनाव नजिकिदै र चुनावी सिटमा सहमति नबनेको सन्दर्भलाई विश्लेषण गर्नेहरूले आलेको अभिव्यक्तिलाई अर्थपूर्ण लिएका छन् ।
उनका अभिव्यक्तिलाई आपत्ति प्रकट गर्दै एमाले दल नेता खिमलाल भट्टराईले आलेको अभिव्यक्ति गम्भीर भएको बताए । नेपालमा यतिबेला राजतन्त्र र राजा दुबै नभएको कारण आलेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper