banner
banner

प्रधानसेनापतिको निर्देशन -
काठमाडौं । नेपाली सेनाका सकल दर्जालाई प्रधानसेनापति प्रभुराम शार्माले सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिनुभएको छ ।
वैशाख २२ गते, प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि यस्तो निर्देशन दिनुभएको हो । स्थानीय चुनावका सन्दर्भमा नेपाल प्रहरी, सशस्त्रले सुरक्षा दिनेछन् । यी दुबै सुरक्षालाई थप मजबुत पार्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । यही सन्दर्भमा प्रधानसेनापतिको यस्तो निर्देशन आएको हो । यद्यपि उहाँले तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ (सिओवी) को निरीक्षण भ्रमणका क्रममा यस्तो निर्देशन दिएको भए पनि यो सकल दर्जाका लागि निर्देशन हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत् जनाए अनुसार प्रधानसेनापति शर्माले सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्र्रिया समेत गर्नुभएको थियो । प्रधानसेनापतिको तुफानी भ्रमण देशका विभिन्न भागमा भइरहेको छ । भ्रमणका क्रममा ब्याटल स्कुलको वर्तमान अवस्था, स्थानीय तहको निर्वाचन सुरक्षालगायत विविध पक्षबारे जानकारी लिने गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper