banner
banner

कमैयाको घर जलिरह्यो, पार्टी हेरिरहे

कैलाली । मुक्त कमैयाको कैलारी विपतपुर शिविरमा आगलागी भयो, ७३ घर जलिरह्यो, चुनाव लागेका पार्टीहरूले सघाएनन् । सशस्त्र र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरे, चुनाव लागेका, भोट माग्नेहरूले सघाएनन् ।
पार्टीहरूले घोषणापत्र जारी गरेका छन्, अनेक आश्वासन देखाएका छन् । विपत पर्नेलाई प¥यो, तिनको गाँसबासका लागि पार्टीहरूले चुनाव अघि त हेर्दैनन् भने चुनावपछि तिनले कमैया, श्रमिक बर्गको हितमा काम गर्लान् ? यता चितवनमा पनि आगलागी भएको छ । गर्मी मौसममा आगलागीको जोखिम बढेको छ । ठूला साना दल र उमेदवारहरूले मासु भात खुवाउने, भोट किन्ने, अनावश्यक प्रचार गर्नुभन्दा यस्ता विपतमा परेकालाई सघाए जनतामा ठूलै प्रभाव पर्ने थिएन र ?.

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper