banner
banner

नो भोट सिस्टम आवश्यक भयो

बुद्धिनारायण श्रेष्ठ - - 
बुद्धिनारायण श्रेष्ठ– आफ्नो भोट सिस्टम आवश्यक भयो । नो भोट भनेको निर्वाचन मतपत्रमा उल्लिखित उम्मेदवारमध्ये लायक छैनन् भन्ने ठानेमा मतदाताले कसैलाई भोट नदिई मतपत्रको नो भोट कोठामा चिन्ह लगाउने प्रथा हो । 
मतदाताले ती उल्लिखितमध्ये कोही नेतिक आचरण ठिक नभएको, बलत्कारी, भ्रष्टाचारी, अनैतिक, सरकारी रकम हिनामिना, घोटाला गर्ने ठानी कसैलाई पनि मत नदिने अधिकार सदुपयोग गर्न सक्छन् । 
सर्वाेच्च अदालतले संवत् २०७० सालमा नै नो भोट प्रथा लागू गर्न सरकारलाई परमादेश दिएको     थियो । तर राजनीतिक पार्टीका नेताहरूले नो भोट पद्धतिमा जान आवश्यक पर्ने नियम, कानुन निर्माण गर्ने प्रस्ताव संसदमा लगेकै छैनन् । नो भोट पद्धतिमा जाने हो भने ती नेताले चुनावमा उमेदवार मनोनयन गर्दा पैसाको चलखेल गर्न पाउने छैनन् । उमेदवारले मतदाता खरिदविक्री गर्न पनि सक्ने छैनन् । मतदाताले अरूचिकर उमेदवारलाई मतदान गर्न नगरी नो भोटमा चिन्ह लगाउने भएकाले नेताहरूले यो पद्धतिलाई लागू गर्न बेवास्ता गरिरहेका छन् ।
यसैले अब नो भोट सिस्टम लागू गर्न विधेयक बनाउ भनेर हामी सर्वसाधारण जनताले सरकारलाई दबाब सिर्जना गर्नुपर्छ । जनदबाब बिना सरकारले नो भोट सिस्टम लागू गर्ने सम्भाबना छैन । अदालतको आदेश अटेर गरेर बसेको छ । भारत, पािकस्तान, बंगलादेश, इण्डोनेसिया, स्पेन, युक्रेनमा नो भोट लागू छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper