banner
banner

देशमा न्याय मरेको छैन, मर्नु पनि हुदैन

खेमराज पौडेल : अध्यक्ष- नेपाल स्वयंसेवक संघ _--
हेटौंडा मकवानपुरमा क्रुर सुष्मिता हत्याकाण्ड भएको थियो सबै देशवासी संग साथै सम्मानित न्यायालयलाई सम्मानगर्दै पुर्ण विश्वास छ न्यायको जित र अन्याय गर्नेलाई सजाय हुनुपर्छ भन्दै हाम्रो देशमा अझै न्याय मरेको छैन यस्तो जघन्य अपराध गर्नेलाई सजाय हुनुपर्छ । सबैले हातेमालो गरि साथ दिदै डेढवर्ष करिब भयो न्यायालयमा प्रक्रिया चलिरहेको छ अब पनि न्यायको लागि सबैले साथ दिनुहुन्छ भन्ने विश्वस्त हुदै साथै अनुरोध गर्दै हाम्रो चेली सुष्मिता हत्याकाण्डको कुनैपनि शक्तिको आडमा हत्यारालाई बचाउन खोजे नेपाल स्वयंसेवक संघ मात्रै हैन सयौं संस्था तथा सम्पूर्ण देशका जनता, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी सडकमा आउने छन कुनैपनि हिसाबले क्रुर हत्यागर्ने लाई सजाय हुनुपर्छ र यसको लागि देशका जनता संग हातेमालो गरि साथमा उभ्भिन आग्रह छ ।
सुस्मिता र रूपेन्द्र थापाको मिति २०७६ साल वैशाख १८ गते धार्मिक परम्पराअनुसार हेटौडा वडा नं. ४ कर्रास्थित प्रकाश थापाको छोरा रूपेन्द्र थापासँग बिबाह भएको थियो । बिबाहको केही महिनापछि श्रीमान् रूपेन्द्र थापाको मोटरसाइकल दुर्घटनामा परि २०७६ असोज २३ गते ससुराल घर कपिलवस्तुबाट आफ्नो घर हेटौंडा फर्कने क्रममा नवलपरासीको दाउन्नेको एस मोडमा मृत्यु भएको थियो ।
स्वर्गीय थापा हेटौंडास्थित क्लोजर सिस्टम इन्टरनेश्नल कम्पनी प्रालिमा इन्जिनियर पदमा काम गर्दै आएका थिए । त्यसपछि आफ्नो घरपरिवार माइती, इष्टमित्रमा हुनुपर्ने कामकाज अगाडि बढिरहेको थियो । माइती घर आउने जाने क्रम कागजपत्र लिनेदिने र बुझाउने कार्य चलिरहेको थियो । सो समयभित्र छोराको छ महिनाको तिथि चलाउन छ भनी अध्ययनका लागि भारतमा गएकी सुष्मिता का घरपक्षका परिवारले तिमी जसरी भए पनि कार्यको लागि घरमा आउनुपर्छ भनेपछि २०७६ चैत्र २३ गतेको तिथिमा बुबाआमाले दिएको भन्दा बुहारीले दिएको तर्पण हाम्रो छोराले पाउँछ भन्ने जस्ता धार्मिक आस्था देखाएर घर परिवारका मूली ब्यक्ति सुस्मिताका ससुरा प्रकाश थापाले बोलाएका थिए ।
२०७६ चैत २१ गते कोभिड–१९ को महामारीमा पनि माइती पक्षले छोरीलाई कपिलवस्तुदेखि हेटांैडास्थित आफ्नो घरमा छोडेर आएका थिए । त्यो दिन माइतीका लागि छोरीसँगको लागि अन्तिम भेट नै थियो ।
समय बित्दै गयो, कोरोना भाइरस संक्रमणको पनि उस्तै त्रास थियो अनुमतिबिना एक जिल्लादेखि अर्को जिल्लामा प्रबेश गर्न पनि पाइँदैनथ्यो । अन्ततः २०७७ साल असार १ गते राति करिब ९ः३० बजे अर्को बज्रपात भएको खबर असार २ गते बिहान ६ः३० बजेको समयमा हेटौंडाको बाहिरी स्रोतबाट एक्कासी सुस्मिताले आत्महत्या गरिन् भन्ने खबरले स्तब्ध बनायो ।
बिवाह भएको बाह्र, पन्ध्र महिनाभित्रमा माइतीका लागि ज्वाइ र छोरी दुबैलाई गुमाउनु त्यसमा पनि ठुलो षड्यन्त्रको रूपमा क्रुर यातनासहितको हत्याबाट एउटा छोरी मुटुको टुक्रा गुमाउन बाध्य भएका माइतीपक्ष सुस्मिताको हत्यापश्चात ०७७ असार २ गतेदेखि हालसम्म सुस्मिताको न्यायको लागि लडि रहेको छ । बिभिन्न बहानामा झुक्काएर क्रुर हत्या गरी आफैँ आत्महत्या गरेकी हो भनेर जोगिन खोज्ने ती प्रकाश, तुल्सा, सिता र दुर्गा थापालाई २०७७ असार ३१ गते हेटौंडा जिल्ला अदालतको थुनछेकको आदेशले हाल पुर्पक्षका लागि थुनामा छन् भने उक्त घटनाका योजनाकार भनिने अरूण कार्की फरार थिए भने उनी आफँै २०७८ साल भदौ २८ गते जिल्ला अदालत हेटौंडामा आत्मसमपर्ण गरेका थिए । आश्चर्य लाग्छ पीडकका आफन्तहरूले भनिसकेका छन्, सम्बन्धित सरोकारवालाहरूको सल्लाहले नै बाहिर राखेका थियौं भन्दै सकिन्छ भने अरूण बचाउ भन्ने अभियानमा समेत लागेका छन् । अब हामी जनता विभिन्न संघसंस्थाहरू, मानव अधिकारकर्मीहरू, महिला अधिकारकर्मीहरूले फेरि एकपटक सोंच्न पर्ने बेला आएको छ । किनभने अपराध पनि सल्लाह सुझावबाट गरिनु र सल्लाह सुझावबाट नै आरोपीतलाई छिपाएर लुकाएर राखिनु न्यायालयमाथि अमानवीय व्यवहार गरिनु कत्तिको उचित होला त ? हामी न्यायालयको गरिमालाई कुनै पनि शब्दबाट अपमानित गर्न चाहन्नौं, मुद्दा डेढ बर्षदेखि सम्मानित न्यायालयमा बिचाराधीन छ ।
जिम्मेवार निकायको सल्लाहबाट नै पीडकलाई संरक्षण गरेको भन्ने पीडकको आफन्तहरूबाट नै सार्वजनिक भैसकेको हुँदा पीडित पक्षको मनमा कस्तो पीडा भए होला ? पीडित परिवारले अदालतको बिचराधीन मुद्दा प्रक्रियाबाट बाहिर रहेर नितान्त जनताले सोध्न र भन्न पाउने मौलिक हकको प्रयोग गर्दै सम्पत्तीको प्रलोभनमा थिच्चिएका, मारिएका छोरी चेलीका परिवारले सोंच्न बाध्य हुने दिन आएकै हो त ?
अभियुक्तहरूले अभियुक्तका आफन्त सहयोगीहरूले, जिम्मेवार निकायले हत्या अभियोगमाथि गर्ने व्यवहार यही हो त ? के पीडकका सहयोगी आफन्तहरूले पीडित परिवारको चरित्र हत्या हुनेगरी बिज्ञप्ती सार्वजनिक गर्न मिल्ला र ? छोरीको क्रुर हत्या त्यसपछि बुवाआमा, ठुलोबुवा, ठूलीआमाहरूको विभिन्न सामाजिक सञ्जालहरूमा चरित्र हत्या हुँदै आएको हुँदा यस बिषयमा कस्तो कारबाही हुन्छ होला भन्दै देशविदेशमा रहनुहुने बुवाआमा, दाजुभाइ, दिदीबहीनी, संघसंस्थामा आबद्ध प्रतिनिधिहरू, महिला–मानव अधिकारकर्मीहरू, पीडित पक्षको साथमा हुनुहुने छ भन्ने विश्वास गर्दछौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper