banner
banner

बाबुरामको छटपटी

राजनीतिक सिद्धान्त र अडानमा बिचलन हुँदै र हैसियत गुमाउँदै गुमाउँदै मधेश दलमा पाहुना नेता बन्न पुगेका डा.बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रलाई सुझाव दिने हिम्मत गरेका छन् । उनले पूर्वराजालाई भनेका छन्– भ्रमको खेती नगरौं, चुपचाप गणतन्त्रलाई स्विकारेर बस्नु वेश । पूर्व राजा ज्ञानेन्द्र शाहले दशैंको अवसरमा शुभकामना व्यक्त गर्दै राजतन्त्र बिनाको प्रजातन्त्र सान्दार्भिक नहुने बताएपछि बाबुराम भट्टराईले देशलाई पुनः द्वन्द्वमा धकेल्ने काम नगरौं । राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुनःद्वन्दमा धकेल्नु मात्रै हो ।’
०६३ साल पछि जे भयोराष्ट्रघातमात्र भयो । प्रधानमन्त्री भइसकेका बाबुरामले पदमा हुँदा चीनबाट फर्कने क्रममा नेपाल उत्तर वा दक्षिणतिर मर्ज हुनसक्छ भनेका थिए । यस्ता अभिव्यक्ति दिनेले पूर्वराजाप्रति टिप्पणी गर्न सुहाउला र ? 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper