banner
banner

देउवाले कांग्रेस कमजोर बनाए

मोरङ । नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीश मिलेर लोकतन्त्रलाई मास्ने काममात्र गरेनन्, सभापति देउवाले कांग्रेसलाई कमजोर पारेको आरोप लगाएका छन् ।
सभापति देउवा प्रधानमन्त्री बनेपछि कांग्रेस कमजोर बन्दै गएको र प्रधानमन्त्री र प्रधानन्यायाधीशको गठबन्धनबाट मन्त्री नियुक्त गर्नु नै लोकतन्त्र मास्न र कांग्रेस कमजोर बनाउने काम भएको छ । कोइरालाले अगाडी भनेका छन्– मन्त्री बनेका हमालले नैतिकता देखाएर राजीनामा दिए, सभापति कोइरालाले नैतिकता देखाउन सकेनन् । सत्ताको बागडोर प्रधानमन्त्रीमा छ कि अन्तै ? उनको कटु प्रश्न थियो ।
कोइरालाले सुझाव दिएका छन्– कांग्रेसलाई सशक्त बनाउन बागमती प्रदेशमा एकीकृत समाजवादीलाई सत्ता बाँडिए पनि प्रदेश १ मा कांग्रेसको पकड बनाउन सक्नुपर्छ । प्रधानमन्त्री अन्य दललाई प्रदेश सरकार दिन खोजिरहनु भएको छ । राजनीतिमा संस्कारको अभाव हुनु दुःखको कुरा हुनथालेको छ ।
नेपाली कांग्रेस महाधिवेशनमा लागेको छ । सभापति देउवा पुनः सभापति बन्नका लागि गुटबाजी गरिरहेका छन् । सत्ताको दुरूपयोग पनि सभापति जित्नकै लागि उपयोग भइरहेको छ । गत अधिवेशनमा अबको सभापति विमलेन्द्र निधि भने पनि निधिलाई नदिने र आफै उठ्ने मनस्थिति बनाएका देउवाले कोइराला परिवारलाई पनि छिन्नभिन्न पारिसकेका छन् । यतिमात्र होइन, सुजाता कोइरालालाई मन्त्रीको अफर गरेको चर्चा पनि बाहिरिएको छ । सुजाता, सशांक र शेखरलाई विभाजित गरेपछि सभापतिका उमेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई कमजोर पार्ने अनेक दाउपेच खेलिरहेका छन् । पार्टीभित्र देउवा गुट बलियो भएकाले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समेत कमजोर हुँदै गएका छन् । यसपल्ट पनि कांग्रेसले नयाँ नेतृत्व नपाउने देखिदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper