banner
banner

बुढानीलकण्ठको अपूर्व दर्शन

रमेश खनाल - - 
किम्वदन्ती अनुसार अति प्राचीन समयमा नेपालका कुनै एक राजा नियमित रुपमा भगवान बद्रिनाथ र केदारनाथको दर्शन गर्न उत्तराखण्ड जानेगर्थे । त्यसबेला यातायातको कठिनाई थियो । त्यहा आवत–जावत गर्न महिनौ लाग्दथ्यो । भगवानले राजाको अनन्य भक्तिनिष्ठाबाट प्रसन्न भएर “अब उप्रान्त तिमी यहाँ आइरहनु पर्दैन, मेरो समन्नित रुप त्यही नेपालमा नै दर्शन गर्न पाउने छौं भनेकाले बुढानीलकण्ठ प्रादुभाव भएका हुन भन्ने जनश्रुती रहेको पाइन्छ । 
भगवान वुढानीलकण्ठको मूर्ति अनादि हो । यो कुन समयमा, कसले बनाएका हुन सो कुरा कसलाई ज्ञात छैन । किम्बदन्ती अनुसार एक जना किसानले आफ्नो खेत खन्दा उक्त मूर्तिको खुट्टाको औलामा चोट लाग्न गई रगत समेत देखिएकाले पछि सो स्थानमा उत्खनन् गरि हेर्दा उक्त विशाल मूर्ति भेटिएको हो । खेत खन्ने किसानको नाम नीलकण्ठ रहेको हुँदा उसैका नामबाट प्रस्तुत मूर्तिको नाम नीलकण्ठ रहन गएको हो भन्ने पनि कथन छ । 
त्यसैगरी देवमाला वंशावलीमा राजा श्रृषभदेवले बुढानीलकण्ठको स्थापना गरेको हुन भन्ने कुरा पनि उल्लेख छ । र उनले उत्खनन गरी जमीनमुनिबाट पाएको वा कुनै शिल्पीद्वारा बनाउन लगाई प्रतिष्ठित गरेको हो भन्ने कुरा स्पष्ट संग लेखिएको छैन । विक्रम संवत् ३९८ मा राजा मानदेव प्रथमले धेरै शिवलिङ्गहरुको स्थापना गरे भन्ने त छ तर नीलकण्ठ वारे केही उल्लेख छैन । 
टोलीलाई बासमती चामलको बासी भात
प्रधानमन्त्री शेरबहादुर देउवाले डा.प्रकाशशरण महतको नेतृत्वमा उदयशमशेर राणा र अजय चौरसियाको टोली दिल्ली पठाएर कालापानी, लिपुलेक, लिम्पियाधुरा तथा महाकालीको तुइन प्रकरणबाट चिस्सिएको सम्बन्ध सुधार्न पठाएको टोलीले दिल्लीको बासमती चामलको बासीभात खाएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको दर्शन मात्र गरेको छ । यो टोलीले भाजपाका अध्यक्ष जयप्रकाश नड्डालाई भेटेको छ, मोदीले टोलीलाई दर्शन दिएनन् ।
नड्डाले नेपाल आउन चाहेको बताए, योगीले वीपी नीतिमा कांग्रेस अड्नुपर्छ, चल्नुपर्छ भन्ने सुझाव दिएको बताइन्छ । तिहारपछि प्रम देउवाले दिल्ली भ्रमण गर्ने निवेदन भने अध्यक्ष नड्डामार्फत मोदीलाई दिएका छन् ।
प्रम देउवाले पठाएको टोलीले महाकालीको तुइन प्रकरणको कुरा उठाएको प्रचार भए पनि त्यस्तो आपत्ति प्रकट गर्न नसकेको समाचार छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper