banner
banner

चीनको ७२औं वार्षिकोत्सव, बधाई

प्रेम सागर पौडेल- नेपाल–चीन पारस्परिक सहयोग समाज - - - - 
यो वर्ष चीनको ७२औं वार्षिकोत्सव । ३० सेप्टेम्बरमा बेइजिङमा भव्य समारोहको आयोजना गरियो । यो समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ्लगायत ६ सय देसी विदेशी विशिष्ट व्यक्तिहरूले भाग लिएको जनाइएको छ ।
प्रधानमन्त्री ली खछ्याङले भाषण समेत गरे । उनका अनुसार यो वर्ष सीपीसी अर्थात चिनिया कम्युनिष्ट पार्टीको स्थापनाको सयौं वार्षिक उत्सव हो । सीपीसीको नेतृत्वमा चीनले ठूलो शानदार प्रगति उपलव्धि हासिल गरेको छ । खासगरी यो समयमा चिनियाँ मसाजको निर्माण र खुशहाली ल्याउन सफलता प्राप्त गरेको छ । पहिलो शताब्दीको लक्ष्य हासिल भयो, अब देशमा व्यापक समाजवादी आधुनिकरण निर्माणको नयाँ यात्रा सुरू भएको छ । हामी यही यात्रा सफल पार्न लाग्नुपर्ने छ ।
प्रधानमन्त्री खछ्याङले भन्नुभयो– सुधार र खुलापन चीनको जग हो, राष्ट्रिय नीति हो । भविष्यमा देशलार्य विकासको नयाँ गतिमा लान प्रेरित शक्ति पनि हो । चीनले खुलापनलाई प्रोत्साहन दिंदै आपसी लाभ र उभय जीतको बिस्तार गर्नेछ ।  देशभित्र अवसरको निष्पक्षतालाई महत्व दिइनेछ । 
लोककल्याण र जनजिविकालाई सहज बनाउन व्यापक सुधार गरिनेछ ।
उपप्रधानमंत्री हान चङ्ले यो कार्यक्रमको अध्यक्षता गरेका थिए ।
चीनका प्रधानमन्त्रीले स्पष्ट पारेका छन्– ‘एक देश दुई व्यवस्था’ ‘हङकङ्मा त्यहीका बासिन्दाको शासन’ ‘मकाओमा मकाओ बासीकै शासन’ र उच्चस्तरको स्वायत्तता, राष्ट्रिय सम्प्रभूता, सुरक्षा, संयुक्त विकास, लोककल्याण तथा हितलाई बढावा दिइनेछ । एक चीन नीति सिद्धान्त र आमसहमतिको पालना गर्दै वैदेशिक सम्बन्धलाई शान्तिपूर्ण विकासमा बढावा दिने छ । चीन बिखण्डन र आतङ्कवादी हस्तक्षेपको दृढता पूर्वक विरोध गर्नेछ ।  अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण तथा मानव सभ्यता स्थापनामा जोड दिनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper